‘अध्यादेश पारित हुन्छ’
सुर्खेत: नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसद्मा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले अध्यादेश पारित गर्न संघीय संसद्मा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे ।
सचिव भट्टराईले सबै अध्यादेश पारित हुने बताए । उनले भने, ‘राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरूको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौं र पारित हुने उपाय हामीसँग छ, यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न ।’
यसैगरी सामाजिक सञ्जालसम्बन्धी विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’
प्रकाशित मितिः ९ फाल्गुन २०८१, शुक्रबार ०६:०३
साझा बिसौनी ।