प्राथमिकतामा पुल
कर्णाली प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकहरूमा मोटरेवल पुल गर्न लागेको छ । आवश्यक बजेट विनियोजन गरेर सडक पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक पुल निर्माण गर्न लागेको प्रदेश सरकारले जनाएको छ । कार्यान्वयन भइरहेका प्रदेशस्तरीय सडकहरूमा आवयकता अनुसार सडक पुल निर्माण गर्न लागिएको जनाइएको छ । पुल निर्माणका लागि यो वर्ष ६८ करोड ९८ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । आवश्यकताका आधारमा मोटरेवल पुल निर्माण गरिनेछ । कतिपय सडक बनिसकेपनि पुल निर्माण नहुँदा आउँजाउँ गर्न समस्या हुनेगरेको छ ।
आवश्यकताका आधारमा प्रदेश सरकारले पुल निर्माण गरिदिन लागेको हो । आवश्यक देखिएका स्थानहरूमा पुल निर्माण गरिने भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष १३ वटा मोटरेवल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । आवश्कयताका आधारमा छनोट भएर आएका १३ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा सम्झौता भएका पुल निर्माण भइरहेका छन् । यो वर्ष माग भएर आएका नयाँ १३ वटा पुल निर्माण गर्न लागिएको हो । यसैगरी चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
यो वर्ष ४२ वटा नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको अवस्था देखिन्छ । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्न लागिएको हो । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।
प्रकाशित मितिः ५ फाल्गुन २०८१, सोमबार ०६:०३
सम्पादकीय ।