भेरीगंगा-१ मा माओवादी केन्द्र विजयी

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेद्धवार नवराज कार्कीको प्यानल महिला सदस्य रजना बुढा, दलित महिला सदस्य दुर्गा सार्की र खुला सदस्यहरु नर बहादुर बुढा र हरीबहादुर थापा विजयी भएका छन् ।