निर्वाचनको तयारी पूरा

सुर्खेत, २९ वैशाख ।
आइतवार हुने हुने स्थानीय तह निर्वाचनको लागि सुर्खेत जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । चुनावको लागि सम्पूर्ण कर्मचारीहरू मतदान केन्द्रमा पुगी मतदाताहरूको परिचयपत्र वितरणको काम सुरु गरेका छन् ।
पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा दुई सय ४० वटा मतदान केन्द्र रहेका छन् । सबै मतदान केन्द्रबाट बिहीवारदेखि नै मतदाता परिचयपत्र वितरण भइरहेको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीहरू मतपत्र वितरणसँगै मतदातालाई निर्वाचन शिक्षा समेत दिइरहेका छन् ।
निर्वाचनको मिति नजिकिँदा जिल्ला सदरमुकाममा भने मानिसहरूको चहल–पहल घटेको छ । गाउँमा मतदान केन्द्र भएका नागरिकहरू गाउँ हिँडिसकेका छन् । बजारमा सवारीसाधनको चाप पनि घटेको छ ।