कर्णालीमा युवा महोत्सव
सुर्खेत: कर्णालीमा पहिलो पटक युवा महोत्सव गरिने भएको छ । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्स्व माघ ११ र १२ गते प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा हुनेछ । दुई दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जार्गित गर्नु रहेको कार्यक्रममा संयोजक हिमाल विष्टले बताए । कार्यक्रमका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवा सशक्तीकरणमा टेवा पु¥याउने बताए । कार्यक्रममा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवतन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न कुरामा केन्द्रित रहने छ ।
युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको सल्लाहकार शाहीले बताए । कार्यक्रममा तीनदेखि पाँच हजार युवा आउने बताइएको छ । कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति
रहने छन् ।
साझा बिसौनी ।