चुनावी घोषणापत्रका रूपरेखा र विश्लेषण

यही वैशाख ३१ गते स्थानीय निर्वाचनले प्रदेश नम्बर ६ को वीरेन्द्रनगर नगरपालिकाको चुनावलाई पनि प्रत्यक्ष प्रभावित पार्दैछ । स्वतन्त्र उम्मेदवारसहित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेमकिपा, जनमोर्चा लगायतले वीरेन्द्रनगर नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारी दिएर आ–आफ्नो साख जोगाउन कसरत गरिरहेका छन् । सबै पार्टीले आफ्ना उम्मेदवारले विजय प्राप्त गरेपछि गर्ने संकल्प प्रतिबद्धतापत्रमार्फत् प्रस्तुत गरिरहेका छन् भने वीरेन्द्रनगरलाई प्रदेशकै राजधानी बनाउने टार्गेट बुन्दैछन् । नेपाली कांग्रसले आफ्नो उम्मेदवारलाई युवाको विशेषता दिएको छ भने एमालेले आफ्नो पार्टीको नगरप्रमुखलाई त्यागी समर्पितको रूपमा देखाउँदैछ । स्वतन्त्र उम्मेदवार गेहेन्द्र दहालले नगरको कायाकल्प बदल्न सक्ने हैसियत भएको व्यक्तित्वका रूपमा प्रस्तुत गरिरहेका छन् भने माओवादीले आफ्नै किसिमको जनजातिको विशिष्टता देखाउँदैछ । स्थानीय पत्रपत्रिका तथा एफएमहरूले तिनीहरूको भावी योेजनाबारे अन्तर्वार्ता लिइ प्रस्तुत गर्दै आएका छन् । गाउ“गाउँ टोलटोलमा चुनावीसभाहरू भइरहेका छन् र जनताको उत्साहपूर्ण सहभागिता बन्दैछ ।
२०२९ सालमा सहरी नापी समेत भएको सहरको विकासमा प्रतिबद्धताहरू के–के होलान् ? नेकपा एमालेका उम्मेदवार बालाराम शर्माले अधुरा काम पूरा गर्छु भन्दै छन् भने नेपाली कांग्रसका उम्मेदवार देवकुमार सुवेदीले दीर्घकालीन गुरु योजना बनाउँछु भन्दैछन् । माओवादी मेयरका उम्मेदवार रत्नबहादुर गाहा मगरले उज्यालो सहर बनाउने घोषणा गरेका छन् । नेपालको संविधान २०७२ को पहिलो आधारभूत प्रयोगको स्वरूप पाएको वीरेन्द्रनगर नगरपालिकाको विकास, शान्ति, समृद्धि र प्रगतिका लागि बुलबुले, काँक्रेविहार, सडक, पर्यटन, संस्कृति, पिउनेपानी, वन, वातावरण, शिक्षा, स्वराजगारी क्षेत्रको विकास पहिलो पाइलो हो । आशा गरिएभन्दा बेसी विकासका परिकल्पनाहरू पस्किएका पार्टीहरूका प्रतिबद्धतापत्रमा यो तथ्यांकलाई कसरी राखिएका छन् । यिनै प्रस्तुतिका आधारमा प्रतिबद्धतापत्रहरूमा उल्लेख गरी मतदाताहरूले योग्य उम्मेदवार छुट्याउनु पर्नेछ । नगरका विगतका प्रतिनिधिहरूले जनतालाई झुटा आश्वासन बा“डेर आफ्नो दुनो सोझ्याएको आरोप माओवादी प्रतिबद्धतापत्रमा उल्लेख छ । माओवादीको प्रतिबद्धता अनुसार स्कुल खानेपानी, पूर्वाधार विकास, विद्युत, ढल, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, एयरपोर्ट, बसपार्क, सामाजिक सुरक्षा, मानवअधिकार जस्ता आश्वास बाँडेर यसअघिका पार्टीका जनप्रतिनिधिहरूले भ्रम छर्ने काम गरेका छन् । त्यस कारण माओवादी प्रतिबद्धतापत्रले भ्रम सिर्जना गर्नेदेखि सावधान रहन मतदाताहरूलाई अपिल गरेको छ । यसो भए विगत १० वर्ष यतादेखि नै के माओवादीले राज्यको वागडोर समाउँदा कहा“ पु¥यायो ? के माओवादी पार्टी आफ्नो शरीरमा भैंसी हिँडेको नदेख्ने अर्काको शरीरमा जुम्रो टासिंएको देख्ने पार्टी हो ?
वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको संभावित राजधानी बनाउने सम्बन्धको विषयमा भने माओवादी पहिलो नम्बरमा रहेको छ भने एमालेले पूर्वाधारको विकास गरी वीरेन्द्रनगरलाई छैठौं प्रदेशको राजधानीका रूपमा विकास गरिनेछ भनेको छ । राष्ट्रिय जनमोर्चाको प्रतिबद्धतापत्र राजधानीका बारेमा मौन छ र नेपाली कांग्रेसको संकल्पपत्रले प्रदेशको राजधानी उपशीर्षकमा संलग्न गरेको छ । समृद्ध वीरेन्द्रनगरः नयाँ सोच र परिकल्पना शीर्षकको स्वतन्त्र र चर्चित उम्मेदवार गेहेन्द्र दहालले आफ्नो घोषणपत्रमा प्रदेशस्तरीय सभाहल र चिडिया घरको निर्माणलाई उठाए पनि राजधानीलाई छुटाएका छन् । कांग्रेसले प्रविधियुक्त शैक्षिक नगर, एमालेले शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्र, माओवादीले चीन–भारत जोड्ने व्यापारिक हब र राप्रपाले जातजातिको खाडल अन्त्यको नगर र दहालहरूले समृद्ध वीरेन्द्रनगरको मूल नारा बनाएर भिन्न–भिन्न विशेषतायुक्त नगर निर्माणको संकल्पहरू पोखेका छन् । यी नाराहरूले पृथक पार्टीका भिन्न अनुभवहरूलाई देखाएका छन् । अचम्म र आश्चर्यको कुरा त के छ भने राप्रपाले वर्गीय समस्या समाधान गर्ने पदावधि प्रयोग गरिरहँदा कम्युनिष्ट पार्टीका प्रतिबद्धताहरूमा कतै पनि यस्तो शब्दावली प्रयोग छैन र कम्युनिष्ट पार्टीलाई राप्रपाले वर्गीय भावनाको पाठ पढाएको छ ।
पर्यटनका सन्दर्भमा कांग्रेस र माओवादीले नगरलाई हब बनाउने प्रतिबद्धता देखाएका छन् र एमालेले मूल नारा नै बनाएको छ । जबकी राप्रपाले पर्यटकीय नगरमार्फत् आर्थिक विकासको साधनका रूपमा ग्रहण गरेको छ । मेयरका स्वतन्त्र उम्मेदवार दहालले हवाइजहाज सेवा विस्तार गर्दै नगरका बुलबुले, काँक्रेविहार, घण्टाघर लगायत विभिन्न धार्मिक, संस्कृतिकतŒवलाई गर्न सकिने तथ्य पेश गरेका
छन् । दहालले उत्तरका नाका, विहार, ¥याफ्टिङ, ग्रामीण पर्यटकीकरण, होमस्टे, पर्यापर्यटन विषयलाई माओवादी, कांग्रेस, राप्रपाले पनि सम्बोधन गरेका छन् । कांग्रेसले बुलबुले, बराह, जाजुर टू अपरकर्णाली प्याकेज थपेको छ भने एमालेले भ्यू टावर, क्षेत्रीय संग्राहलय क्षमता विस्तार, प्याराग्लाइडिङ, केवलकारको सम्भाव्यता अध्ययन र विस्तार तथा काँक्रेविहारलाई प्राकृतिक चिडियाखानामा
विकास गरिने प्रतिवद्धता भिन्न रूपमा थपेर सिर्जनशीलता देखाएको छ ।
एमाले प्रतिबद्धतापत्रले भौतिक पूर्वाधार क्षेत्रतर्फ सडकलाई समाहित गरेर सबै पार्टीसँग सहमत देखिएका पूर्वाधार निर्माण भन्दा ट्राफिक समस्या समाधान, आधुनिक बसपार्कको निर्माण, सहिद स्मारक निर्माण, अत्याधुनिक सपिङ कम्प्लेक्स, नगरपालिका भवन निर्माण तथा बहुउद्देश्यीय सीटी हलको निर्माणमा नयाँ मौलिकता थपेको छ । जबकी कांग्रेसले योजना अनुकूल सडक खोल्ने कुरा गरेको छ । कांग्रेस रिजर्भ बसेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिबद्धताले सडक वरपरमा वृक्षारोपण गर्ने वाचा गरेको छ । त्यसो त राजमोले पूर्वाधार विकासमा मौनता साँधेको छ । माओवादी प्रतिबद्धतापत्रले वीरेन्द्रनगरका सम्पूर्ण बस्तीहरूमा सडक सञ्जाल निर्माण गरी नगरलाई सम्पन्न समृद्ध र पहुँचमा ल्याउने घोषणा गरेको छ । दहालको प्रतिबद्धतापत्रको स्रष्टा आफै हुन् भने कांग्रेसका अनुसार तलकाले लेखेर माथिकालाई देखाइ परिसोधन गरिएको प्रतिबद्धतापत्र हो । जबकी एमालेले एक महिना अन्य सम्बन्धित विषयका विज्ञलाई भेला गराइ लेखकहरू छानेर प्रकाशित मितिको पनि एक हप्तापछि सञ्चारक्षेत्रमा पोलिट्ब्यूरोमार्फत् गरेको हो । नेमकिपाको घोषणापत्र केन्द्रले लेखेको छ । यसरी निर्माणमा विविधता बोकेका प्रतिबद्धतापत्र सबैभन्दा आकर्षक एमालेको हुनाले पनि प्रतिबद्धतापत्र कैयनपरक परिशोधित भयो कि भन्ने तर्क गर्न सकिन्छ ।
जनमोर्चाले उठाएका सुकुम्बासी, भूमिहीन, बाढीपीडित, गरीब जनताहरूको व्यवस्थापनलाई नेपाली कांग्रेस, एमाले, राप्रपा, नेमकिपाले पनि संबोधन गरेको
छ । एमालेले मात्र नगरको वन तथा वातावरण क्षेत्रको विकासका लागि प्रतिबद्धता देखाएको छैन प्रायः सबै पार्टीहरूले वन तथा वातावरणको स्तरोन्नतिका धारणाहरू राखेका छन् । एमालेले स्वास्थ्य, शान्ति, हराभरा र हरेक हरित नगर, सहर बनाउने विश्वास लिनुका साथै वनको सघनीकरण, वनजन्य पैदावारको प्रयोग गरी प्लाष्टिकमुक्त नगर बनाइ ल्याण्डफिल्ड, आधुनिक बधशाला, विद्युतीय शवदहनगृह निर्माण, अर्गानिक नगर निर्माण गरिने महोत्वाकांक्षी कार्यभारलाई सम्बोधन गरिरहँदा नेपाली कांग्रेसले प्राकृतिक स्रोत व्यवस्थापनलाई थप्दै नगरलाई कार्बन, सिंक सहर बनाउने नयाँ मौलिक अवधारणा ल्याइरहेको पृष्ठभूमि समानान्तरतामा माओवादीले ताररहित नगर बनाउने वाचा गरेको छ । जबकी स्वतन्त्र नगर मेयर उम्मेदवार दहालले नगरको उत्तरी जलाधार प्राणीको अधिकार बचाइराख्न सामुदायिक वनको संबद्र्धन गर्न भारोषा दिएका छन् । नेमकिपाले सहरको सडकको दायाँ बायाँ हरियाली विकास गर्ने भन्दा बढी व्याख्या गरेको छैन ।
सुर्खेत औद्योगिक क्षेत्रको क्षमता विस्तारमा एमाले बाहेक यी कुनै प्रतिबद्धता संवेदनशील नबनेका भए पनि कांग्रेस प्रतिबद्धतापत्र रूपसे सीमदमारको जग्गामा उद्योग स्थापना गर्न आवश्यक संयोजन गरिनेछ लेख्न पुगे पनि सीमदमार अर्कै लेखबेसी नगरमा पर्दछ । कांग्रेसका ट्रिटमेन्ट प्रान्तमार्फत् शुद्धीकरण सकारात्मक पक्ष हो र कृषिको आधुनिकीकरण सवल पक्ष हो । वीरेन्द्रनगरको वस्तु उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने संयन्त्र निर्माण कठिन तर वस्तुगत विषय पक्ष हो । एमालेले आर्थिक क्षेत्रतर्फ औद्योगिक क्षेत्रलाई राख्दै घरेलु कुटिर र साना उद्योगहरूको प्राथमिकता दिनुले परम्परा तथा व्यवहारलाई बुझेको आफूलाई देखाएको छ र शुलभ निर्यातमुखी उत्पादनलाई जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा फोकस दिएको छ । अनि यसभित्र युवास्वरोजगार वित्तीयकरण, सीप, तालिमलाई जोडेको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०७४, मंगलवार १५:१३