पत्रकारले दिए उजुरी

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
सुर्खेतका पत्रकारहरूले आफूहरूमाथि दुव्र्यवहार गरेको भन्दै सुर्खेतमा रहेको कोपिला भ्याली समाजविरुद्ध उजरी दिएका छन् । समाचार  सङ्कलनका क्रममा समाजका प्रतिनिधिहरूले दुव्र्यवहार गरेको भन्दै उक्त घटनाको छानविन गर्न माग गर्दै पत्रकारहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।
गत पुष २६ गते समाचार सङ्कलनको लागि कोपिला भ्याली विद्यालयमा पुगेको बेलामा आफूहरूमाथि दुव्र्यवहार भएको भन्दै पत्रकारहरूले सो घटनाको न्यायिक छानविन गर्न आयोग समक्ष माग गरेका छन् । कोपिला भ्यालीका प्रतिनिधिहरूले पहिला आफूहरूलाई बोलाएको र पछि दुव्र्यवहार गरेको आरोप पत्रकारहरूले लगाएका छन् । आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जको टोली सुर्खेत आएको मौकामा पत्रकारहरूले आफूहरूमाथि अन्याय भएको भन्दै उजुरी दिएका हुन् । 
विद्यालयमा पुग्दा म्यागी डोयन, जेव डेलोलो लगायतले बाहिर जान भन्दै अभद्र व्यवहार गरेको र नगए प्रहरी बोलाएर थुनाउने धम्की दिएको भन्दै आयोगमा उजुरी दिएका छन् । यस्तै पत्रकारहरूले आफूहरूमाथि भएको दुव्र्यवहार र समग्र विद्यालयमा भएको बेथितिको विषयमा छानविन गरिदिन आयोगलाई अनुरोध गरेका छन् । समाजका अध्यक्ष मल्लले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै त्यहाँ कार्यरत पूर्वमहिला कर्मचारीहरूले केही साता पहिला पत्रकार सम्मेलन गरेका थिए । सोही घटनाको बारेमा वास्तविकता बुझ्न विद्यालयमा गएका पत्रकारहरूले आफूहरूमाथि दुव्र्यवहार भएको बताएका छन् । 
सो घटनाको बारेमा प्रेस काउन्सिल नेपालको मिसन टोलीले यसअघि नै सुर्खेत आएर छानविन गरिसकेको छ । यता मानवअधिकार आयोगका अधिकृत रमेश थापाले आफूहरूले घटनाको बारेमा अध्ययन गरेर वास्तविकता बाहिर ल्याउने बताए । पछिल्लो समय पत्रकारमाथि भएको दुव्र्यवहारको वास्तविकता बुझ्न आयोगको टोली सुर्खेतमा आएको छ । 
प्रकाशित मितिः   १४ माघ २०७२, बिहीबार १०:५४