आमा हिरासतमा छोरी बालगृहमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ । 
माइत आएको बेला भाइबुहारीको हत्या गरेकी लगाम–४ बाँसपानीका जैकली चर्ती अहिले प्रहरीको हिरासतमा छिन् । चर्ती हिरासतमा पुगेपछि उनको डेढ वर्षको छोरी मनकलीलाई संरक्षणको लागि जिल्ला बालकल्याण समिति सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्र, सुर्खेतमा पठाएको छ । 
चर्तीले माइत आएको बेला गत सोमवार आफ्नै भाइबुहारी २८ वर्षीया पुष्पा पुनको हत्या गरेकी थिइन् । हत्यापछि प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको छ । आमा हिरासतमा परेपछि उनकी डेढ वर्षीया छोरी विचल्लीमा परेकी थिइन् । जिल्ला बालकल्याण समितिले उनको उद्धार गरी बाल संरक्षण केन्द्रमा पु¥याएको हो । 
समस्यामा परेका बालबालिकाको नवजीवन बाल संरक्षण केन्द्रमा संरक्षण दिइएको सञ्चालक सलोमन गुरुङ्गले बताए । आफ्नो मोटरसाइकल बेचेर बालबालिकाको सेवामा जुटेका सलोमनसँग अहिले ५० बालबालिका छन् । जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत रमा भण्डारीले  बालश्रम शोषणमा परेर उद्धार गरेका, बेवारिसे भेटिएका, अनाधिकृत तवरले एक जिल्लाबाट अर्को जिल्ला लैजान लागेका तथा अन्य कारणले जोखिममा परेका बालबालिकाहरूलाई यस गृहले संरक्षण गरी बाल अधिकारको क्षेत्रमा योगदान पु¥याएको बताइन् । 
प्रकाशित मितिः   १४ माघ २०७२, बिहीबार १०:५८