एउटा देश

एउटा देश थियो, त्यहाँ विभिन्न किसिमका राम्रा–राम्रा व्यक्तिहरू र राष्ट्रप्रति माया भएका अथवा राष्ट्रभक्तिहरूको कमी थिएन । उक्त देशको वरपर चारैतिरबाट जंगलले नै घेरिएकोले उक्त देश अझै सुन्दर देखिन्थ्यो । जंगलको चारैतिरबाट विभिन्न किसिमका फूलहरू पनि ढकमक्क परेर आनन्दमय रूपमा बसिरहेका र भमराहरूले पनि उक्त फूलको रस चुस्दै पेट भर्न र बासनाबाट आनन्दमय लिइरहेका थिए । त्यसैगरी जंगलमा विभिन्न किसिमका फलफूल तथा काँडाहरूका बिरुवाहरू पनि पत्र–पत्र रहेका थिए उक्त जंगलको वातावरणलाई मन पराएर, डाँफे, मयुर, कालीज, मुनाल, ढुकुर, कोइली आदि चराहरू र जनावरहरूमा मृग, हरिण, बँदेल, स्याल, खरायो, बाभ, सिंह तथा अन्य स–साना जीवहरू पनि आनन्दमय तरिकाले बसोबास गर्थे तर त्यस जंगलका राजा सिंह तथा अन्य मांशाहारी जनावरको नेतृत्व थियो र तिनीहरूको खराब आचरणबाट बच्नलाई प्रत्येक जनावरले आफ्नो–आफ्नो तरिका वा कवाज बनाएका थिए, त्यहाँका जनावर चलाख वा वुद्धिजिवी भएकाले त्यहाँका बाघ, भालु, स्याल र सिंह जस्ता जनावरहरू अतिनै दुव्ला तथा चाउरी परेका देखिन्थे ।
उक्त जंगलको छेउमा नै राजाले बसाएको एउटा सुन्दर गाउँ थियो र उक्त गाउँमा पनि सबै व्यक्तिहरू शिक्षित थिएनन्। बढी व्यक्तिहरू दिनभर मेलापर्व खेतिपाती वनजंगल र खेतिपाती गरेर जीपिकोपार्जन गर्थे तर हिउँदको पुस माघदेखि जेठसम्म परदेश अथवा इण्डीया गएर तेलतोरीको जोरजाम गर्थे उक्त गाउँमा विभिन्न किसिमका व्यक्ति रहेको थिए र त्यहाँ एउटा लाटो बस्दथ्यो जसका कारणले ऊ एक्लै थियो र उसको नाम कमाने थियो ऊ एक्लै रहने भएकाले जग्गा जमिन नभएको र भएको जग्गा जमिन आफन्तहरूलाई हडपेको अथवा सुम्पेको र पहिलेको घरवारी संकटकालमा माओवादी र आर्मीबीचको द्वन्द्वमा उसको घर बम परेर भत्किएको हो । ऊ अहिले सामान्यतः टहरो झुपडी वा कटेजमा बसोबास गरिरहेको छ, उसले जीविको पार्जनका लागि लगभग १०० भन्दा बढी बाख्रापालन गरेको छ, बिहान र बेलुका बाख्राको स्याहार सुसार गर्दै उसले आफ्नो जीवन चलाएको छ ।
एक दिन यो कुरा हो कमानेले घरमा बाख्रो चराएर घरमा ल्याएर ढुलेको थियो र खाना खाएर सुतिरहेको थियो त्यहीबेला अचानक हावाले गर्दा बाख्राको ढोका खोल्न थालियो र सबै बाख्राहरू बाहिर आउन थाले तर स–साना पाठाहरू थिचिएर पनि धेरै अंगभंग भए उक्त ढोका खोले पश्चात् बाख्राको बगाल तीन तहमा विभाजन हुन गयो जस अनुसार बगालका प्रत्येक बगालमा ३०–३० वटा थिए र बाँकी रहेका पाठा पाठी बिचल्लीमा परी वा कतातिर जाने भनि थाहा नपाएर गोठमा नै केह िबेरसम्म बेसतर अन्तमा तिनीहरू पनि एकतर्फ वा अर्को बगाल बनाएर हिँडे अँध्यारोको कारणले गर्दा बाटो कुनै अत्तोपत्तो थिएन उक्त बगालको नेतृत्व बनाइ अघि बढ्यो र एक पछि अर्को बदलिदै उक्त बगाल एउटा सानो गाउँको बगालमा गएर बाँच्न सफल भए ।
सुनबाख्री अर्को बगालको नेतृत्वले गरेको थियो उसलाई बाटो थाहा भएको हुँदा उसले सम्पूर्ण बगाललाई जताजता घाँस छ उतै लग्दालग्दै जंगलको बीचमा गएको उक्त बाख्रालाई पत्तो भएन त्यसैले उक्त ठाउँको वरपर सिंहको क्षेत्र भएकाले सिंहले थाहा पाइ आक्रमण गर्न सफल भयो जस अनुसार सबै बाख्राले आफ्नो ज्यान जोगाउन भागाभागदौड मच्चियो तर सिंहले २९ वटै बाख्राको रगत पिउन सफल भयो तर एउटा माउ बाख्रो घाइते भएर पनि ऊ भागर बाँच्न सफल भयो । त्यसैगरी अर्को बगालको नेतृत्व लम्कानेले गरेको थियो । उक्त बगाल जंगलमा रहेको विभिन्न किसिमका डाले घाँस खाँदा–खाँदै कोणधारी जंगलमा पस्न सफल भए उक्त बगालको विचार रुखकै घाँस बढी डालेघाँस बढी मन पराउँथे तर ऊ बगालको बीचमा पनि भागदौड मच्चियो किन भने उक्त बगार बाघको पञ्जाबीचको थियो र उक्त बगाल चारैतिर लुग्दा माउ बाख्राका साथै अरु तीन वटा बाख्रा बाँच्न सफल भए र तिनीहरू रातभरी पटक्कै न नहल्लेकोले बाँच्न सफल भए उक्त बगाल भीर पाखा हुँदै एउटा ओडारमा पुग्न आए र त्यहाँ स्यालको बगाल मात्र रहेको थियो ।
त्यस घटनापछि भेट भएका बाख्राहरू कराउँदै वा अत्तालिएर एउटा ठाउँमा जम्म भए र तीन वटा बाख्राहरूले एक अर्काले आफूले भोगेका घटनाहरू साटासाट गरे आफ्ना बाँकी रहेका घाइते तथा स–साना जीवित रहेको साथीहरूलाई एक साथ गरेर घरतर्फ लागे ती बाख्रा भेटाउँदा कमाने अत्याधिक खुशी हुन्छ । किनभने उसको जीवन जीउने साहारा आशा टुटेको थियो तर बाँकी बाख्रो देख्दा उसको मन उत्साहा भएको छ त्यसपछि बाँकी रहेका बाख्रालाई खोरमा राखी ढोका राम्ररी अड्याइ मरेका बाख्राको खोजीमा अगाडि जान्छ जंगलको चारैतिर हान्छु भनेर उसले बाघले मारेको ठाउँमा जान्छ रगत चुसिएर मारेका बाख्रा भेटाउँछ त्यसपछि भालुले मारेका ठाउँमा उसले बाख्राको छाला लछारी बसबै बाख्राको मासु चारैतिर फालेको देख्छ र उक्त घटनापछि उसले स्यालले मारेको बाख्रा हेर्दा पेट च्यातेको बाख्रा पनि भेटाउँछ तिनी बाख्राहरूलाई घरमा ओसार्छ र सारा गाउँभरीका मान्छे जम्मा हुन्छन् मरेको बाख्राहरूको खात देखेर केही के भयो कि भयो कसरी भयो भन्ने प्रश्नहरू खोज्दछन् र कोह िमान्छेहरू मुस्कुराउँछन्, कोही नाक मुख छोपी उतातिर जान्छन् तिनी बाख्राहरूलाई कमानेले गाउँलेहरूलाई सस्तो मूल्यमा बेच्न बाध्य हुन्छ र कोहीलाई बल गरेर मात्र लग्छन् भने कोही खुशी भएर मासु लिन तयार हुन्छन् यसरी कमानेले आफ्नो दुःखका कुराहरू सुनाउँदै ऊ आफ्नो दिन हप्ता र महिना गन्दै गाउँमा रहेका एक अर्को गर्दै समय बिताएर आफ्नो जीवन बिताउन बाध्य भइरहेको अवस्था देखिन्छ ।
(लेखक मप विश्वविद्यालयमा एम एड प्रथम सेमेस्टरका विद्यार्थी हुन् ।)