संगमको अध्यक्षमा भट्टराई

सुर्खेत: संगम बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–८, सुर्खेतको अध्यक्षमा डिलाकुमारी भट्टराई चयन भएकी छिन् । संस्थाको सत्रौँ वार्षिक चुनावी साधारणसभाले भट्टराईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विवेककुमार शाही, सचिवमा रचना कार्की, कोषाध्यक्षमा शेरबहादुर खड्का रहेका छन् भने सदस्यहरूमा थीरबहादुर शाही, युवराज खत्री र डिलाराम ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा विष्णुप्रसाद बास्कोटा तथा सदस्यमा निर्मला तण्डुकार र पशुपती रिजाललाई चयन गरिएको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तावित कार्यकमहरू पेस गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ६३ लाख ४५ हजार बराबरको कारोबार गरेकोमा आर्थिक वर्ष २०८१/०८२ को संशोधित आय–व्यय तीन करोड तीन लाख ५६ हजार रहेको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तावित आय–व्यय तीन करोड नौ लाख ६ हजार रहेको छ ।

संस्थाको वार्षिक कार्यक्रम अनुसार शैक्षिक सत्र २०८० सालको एसईईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये एक÷एक जना छात्र छात्रालाई पुरस्कृत गरिएको छ भने असल उद्यमी शेयर सदस्य, असल मासिक बचत शेयर सदस्य, असल बालबचतकर्तालगायतलाई पनि पुरस्कृत र सम्मान प्रदान गरिएको संस्थाका सस्थापक सल्लाहकार कांशीराम भट्टराईले जानकारी दिए ।

प्रकाशित मितिः   १५ पुष २०८१, सोमबार १३:०५