दुर्व्यसनीविरुद्ध सचेतना

 

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतले आफ्नो २६औँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । जसअन्तर्गत संस्थाको युवा परिचालन उपसमितिको आयोजनामा आयतवार लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

उपसमिति संयोजक हेमन्तप्रसाद कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर–४ का वडाअध्यक्ष शेरबहादुर के.सी, संस्थाका अध्यक्ष नवराज कँडेल, उपाध्यक्ष राधा कार्की, भैरव युवा क्लवका अध्यक्ष प्रविण पन्तलगातको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष केसीले लागू औषधको दूव्र्यसनीलाई नियनत्रण गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष कँडेलले युवाहरूलाई दुव्र्यसनीबाट जोगाउनु सबैको दायित्व हुने बताए ।

सचेतना कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक विनोद कार्की र प्रहरी सहायक सर्जन श्रीसले गरेका थिए । जसमा वीरेन्द्रनगरका चार वटा विद्यालयका विद्यार्थी र युवाहरूको सहभागिता रहेको कार्यक्रमका फोकल पर्सन भोजप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   १५ पुष २०८१, सोमबार १३:०९