महिला अग्रसरताविरुद्ध लुकाइएको यौन

रण्डी/वेश्या, पुरानो शैली । सभ्य भाषामा महिला यौनकर्मी । पुरुषप्रधान समाज यो पेसालाई धिकार्छ, होच्याउँछ तर नकार्न सक्दैन÷खोज्दैन । देखाउन नसके पनि सामाजिक पुरुषहरू अन्जानताको खोल ओढेर महिला यौनकर्मी स्वीकारिरहेका छन् । चाहे छिमेकीसँगको यौन प्रसंग होस् या यौनलाई पेसा बनाएका महिलासँगको संगत होस्, समाज हामी सामाजिक व्यक्ति देखाउँदैछौं स्वतन्त्रता । के यो स्वतन्त्रता हो ? के हामी स्वतन्त्र बन्न चाहन्छौं । कुन बाटोमा गइरहेका छौं हामी ? भनिन्छ नि मानिस तथा मानिसको सोचलाई कसैले पनि दबाउँदै बाँधेर राख्न
सक्दैन । के यौन विषय हाम्रो समाजले दबाउन चाहेकै कारण यसो भएको हो ?
कुरा गरौं कलाको, नेपाली कला संस्कृति तथा परम्परा । विभिन्न मन्दिर तथा मठहरूका कलाकृतिका बारेमा । यौनसँग जोडिएका कलाकृति । नेपालको विभिन्न भेगहरूमा अवस्थित यस्ता मठमन्दिरमा फरक–फरक आसनमा यौनमा रमेका जोडीहरू प्रस्तुत भएका छन् । घोरिएर हेर्नुहोस् जहाँ समलिङ्गीको विषय पनि जोडिएको छ । विगत केही वर्ष पहिले अमेरिकामा समलिङ्गी विवाहलाई वैधानिकता पनि दिइयो । यौनसँग जोडिएका कलाकृतिहरू हाम्रा पुर्खाहरूका सोच थिए । ती यौनसँग जोडिएका भविष्यवाणीहरू थिए । हाम्रा पुर्खाका आंकलन गर्नसक्ने सोच तथा क्षमता यस्ता कलाकृतिहरूमा प्रस्तुत भएका छन् । मठमन्दिर भ्रमणका समयमा हामी ती कलाकृतिहरूमा घोरिएर हेर्न समेत लजाउँछौं । यही नै हो वास्तविकता । तर के हाम्रो मन लजाएकै छ ? कलाकृतिको रूपमा यौन तथा यौनका आसनहरूलाई प्रचार गर्न आट्ने हाम्रा पुस्ताले यौनलाई हाम्रो समाजमा किन दबाउन चाहे ? किन महिलालाई यौनसँग जोड्दै काँचको शिशा भनी वर्गीकरण गरियो । यदि यौनलाई लुकाउन अथवा दबाउन नै थियो भने ती कलाकृतिहरू त्यो पनि मठमन्दिर जस्तो पवित्र स्थानमा किन स्थापित गरियो ? यी प्रश्नहरूको गहिराइमा सायदै औंलामा गन्न सकिने व्यक्तिहरू पुगेका छन् ।
विभिन्न चलचित्र तथा लेखिएका कथा कविताले नेपालको पनि प्रतिनिधित्व गरेका छन् । जहाँ यौन तथा यौन व्यवसायमा लागेका महिलालाई गरिबीसँग जोडिएको छ । हामी तथा हाम्राको वर्तमान मानसिकता पनि त्यही नै छ, यौनकर्मी महिलाहरू आर्थिक अभावकै कारण यौनपेसा अंगाल्न बाध्य भइरहेका छन् । यो पंक्तिकार सुर्खेत तथा नेपालको पश्चिमी समाजका यौनसँग जोडिएका केही घटनाहरूको चर्चा गर्न चाहन्छ जसले समाजमा यौन तथा यौनसँग जोडिएका अवस्था, समाजको सोचाइ र भविष्य चित्रण गर्ने गर्दछन् । प्रस्तुत उदाहरणहरू समाजका अर्थात् घटनाहरू हुन् । प्रस्तुत ६ वटा घटनाहरूका स्थान तथा पात्रहरू मात्रै परिवर्तन गरिएको छ । हाम्रो कथा, भोगाइ, व्यथा, अवस्था र सोचाइ उही हो परिवर्तित त नाम मात्र । यदि कही कतै कोहीसँग नाम मात्र मिल्न गएका त्यो संयोग हो ।
लुकाउने÷बचाउने समाजः स्थानीय थारु समुदायले भरिएको गाउँ । छेउछाउका गाउँबाट थारु समुदाय भन्दा फरक धारणा लिएका व्यक्तिहरूको पनि जमघट भएको छ । सबै शान्त अवस्थामा । सधैं आफ्ना धारणा व्यक्त गर्न खोज्ने व्यक्तिहरू पनि आज मौन छन् । बेलाबेलामा चर्को आवाजहरूले भिडलाई जिस्काउँछ । त्यो आवाज हो छउमा खेलिरहेका बालबालिकाहरूको । उनीहरू कोही चप्पलको गाडी वरिपरि कुदाइरहेका छन् भने कोही शिशाको गुच्चा जमिनमा पारिएको प्वालमा छिराउँदै निकालिरहेका छन् । चप्पलको गाडी चलाउनेले गुच्चा किचिदिन्छ र थारु भाषामा नै अर्को बालक चिच्याउँदै कराउँछ । भीडका केही व्यक्ति उनीहरूलाई हर्काछन् पनि । अनि चप्पलको गाडी चलाउने बालक गुच्चा खेल्नेलाई मुख कस्दै हात ताक्छ ।
मानिसहरू एउटा सानी बालिका र युवकलाई घेरेर बसेका छन् । दुवै थारु समुदायका हुन् । गाउँमा सामान्य खाद्यान्न पसल चलाइरहेका व्यक्तिहरू वकालत गर्दैछन् । १८–१९ वर्षे ठिटोलाई वकालत गर्ने व्यक्ति सोध्छन्, ‘हो, तैले गरिस् ?’ निहुरिएको शिर निहुराइ राख्न बाध्य छ । फेरि एकछिनको मौनतापछि अर्का व्यक्ति जो त्यो गाउँमा अवैध काठको धन्दा गर्दै बसेका छन्, उनी १३–१४ वर्षकी वर्षकी बालिकालाई नम्र हुँदै सोध्छन्, ‘के–के ग¥यो नानी यसले ?’ भीड उत्तर जान्न चाहन्छ । भीड चाहन्छ, बलात्कार माथीको संज्ञामा उत्तर । भीडको अगाडि बालिकाको पनि शब्द नफुटेपछि उनकै आमा लजाउँदै, अड्किदै बालिकाले भनेको कुरा सुनाउँछिन् । उनको लवजमा थारु र नेपाली भाषा दुवैको समीश्रण छ ।
मौनताको परिधीभित्रै रहेर पनि आखिर भीड तथा वकालत गरिरहेका व्यक्तिहरूले घटनालाई बलात्कारको रूप दिएरै छाडे । अन्नतः केटा पक्षलाई केही जरिवाना तिराइयो । केटाको भन्दा आर्थिक अवस्था कमजोर रहेको केटी परिवारले पनि त्यो जरिवाना स्वीकार्दै अन्तः कतै उजुर नगर्ने वाचा गर्दै आफ्ना चित्त बुझाए ।
देखाउने/भाँड्ने समाजः उही स्थानीय थारु समुदाय । जहाँ बलात्कार जस्तो घटनालाई गाउँमै केही आर्थिक रकममा मिलाइयो । न त्यो आर्थिक रकमले पीडित पक्षलाई कुनै राहत नै मिलेको थियो । अर्को घरमा एकजना व्यक्ति आर्थिक विपन्नता कारण विदेशिए । उनको कमाइले घरवार पनि पहिलेको भन्दा राम्रै चल्न थालेको छ । समाज पनि त्यो परिवारको ख्वाइ, पियाइ तथा लगाइ देखेर झन् सम्मान दिन थालिसकेको छ । गाउँमा खशी काट्दा उनीहरूको घरमा पनि ‘मासु खानुहुन्छ’ भन्दै सोध्न गइन्छ । गाउँमा सामान्य खाद्यान्न पसल गरिरहेका साहुँहरू पनि विदेशिएका व्यक्तिको परिवार अथवा बुढीलाई भने जति उधारो दिन्छन् । उनी उधारोलाई समयमा तिर्छिन् पनि । घरवार हेरेकी छिन्, गाउँसँग पनि सामाजिक सम्बन्ध राम्रै बनाएकी छिन् । कसैलाई समस्या परे आर्थिक सहयोग गर्न पनि पछि हट्दिनन् । अब विदेशिएको युवा स्वदेश फर्कने तयारीमा छ । उनी, तीन वर्ष पुग्नका लागि बचेका केही महिना विदेशमा बिताउन पनि धौ–धौ मान्ने गरेका छन् ।
समाजमा एकाएक हल्ला चल्यो, विदेशिएको युवाको घरमा छोरी जन्मियो । उनकै बुढीले छोरी जन्माएकी छन् । समाज अब आंकलन गर्दैछ । हरेक पुरुषसँग उनको सम्बन्धका बारेमा अनुसन्धान गर्दैछ । के उधारो दिने साहुँको बच्चा हो ? के बजार जाँदा मोटरसाइकलमा छोड्दिने छिमेकीको बच्चा हो त्यो ? के घाँस काट्नसँगै जाने अधवैशे दाइको हो ? समाज आंकलन पनि गर्दैछ र सँगै ती महिला लगायत उनको परिवार विशेषत श्रीमान्लाई मानसिक तनाव पनि दिइरहेको छ ।
सिकाउने समाजः दैलेखबाट सुर्खेत शिक्षाको शिलशिलामा आएकी रमा सुर्खेतमा राम्रै जीवन बाँचिरहेकी छिन् । उनको संगत दैलेखका भन्दा सुर्खेतका स्थानीयसँग गहिरो छ । कलेज तथा भाडामा बसिएको कोठामा पर्ने समस्याहरूसँग जुध्न उनी सर्वप्रथम सुर्खेतका महिला तथा पुरुष साथीहरूसँग सहयोग माग्ने गर्छिन् । यसरी सहयोग माग्दा चाँडो र प्रभावकारी सहयोग पाउने उनको धारणा छ । हावाको वेगझै दौडिरहने सुर्खेती युवायुवतीसँगको उनी लगायत अन्य साथीहरूको संगतले जीवनमा नशा आउन वेर नै लगाएन । त्यो पनि ब्राउनसुगर । विद्यार्थीको व्यवहारिक जीवन विस्तारै ओझेरमा प¥यो । नसा प्रयोग गर्दैगर्दा करकाप, स्वइच्छा तथा रहर सबै कारण भएका यौनसम्पर्कका साथ आएको सोचाइले आफूलाई नयाँ जमानाको केटी महसुस गराइरह्यो, रमालाई ।
हल्का मोटो जिउँडाल, नदेखिने भागमा हानिएको ट्याटु र हातमा छिनछिनमा आइरहने चुरोटको उनलाई कुनै संकोच छैन । उनी भन्छिन्, ‘नयाँ जमाना यस्तै हो, तपाईं परिवार तथा समाजको अधिनमा रहेर के पाउनुभएको छ ?’
उनलाई चिन्ने व्यक्ति अथवा भनौं सामाजिक पुरुषहरूको धारणामा रमासँग यौनसम्पर्कका लागि एक ग्राम ब्राउनसुगर नै काफी छ । उनीहरू रमालाई वेश्याको रूप दिइरहेका छन् । साथै, रमालाई नशा सिकाउने पनि त्यही पुरुष हो र उसलाई वेश्याको संज्ञा दिँदै हिँड्ने पनि त्यही पुरुष नै ।
धोकेवाज समाजः कुनैदिन एकक्षणको भेट गहिरो साथित्वमा बदल्ला भन्ने उनीहरूले सोचेका थिएनन् । साटिएका व्यवहारिक कुराहरू, सहयोग, घण्टौ लम्बिन सक्ने च्याटिङ्ग तथा फोनले उनीहरू नजिकिएको पत्तै पाएका थिएनन् । फुर्सदको समयमा घर तथा समाजदेखि लुक्दै घुम्नु उनीहरूको लागि कुनै नौलो विषय थिएन अब । गोठीकाँडाको चिसो हावा र विपरित लिङ्गीप्रति आकर्षणको महसुसले राम र सीतालाई बेग्दै अनुभूति दिने गथ्र्यो । यसै क्रममा उनीहरू बीच यौनसम्बन्धहरू पनि कति पटक भए, भए । यसमा दुवै जना सकारात्मक नै छन् । उनीहरूको व्यवहार एकअर्काका लागि नै बनेको झै छ ।
तर राम समाजमा आफ्नो साथीहरू माझ सीताको प्रसंग निकालिरहन्छ । शिशा जस्तो अवस्था रहेको नेपाली नारीको धारणा व्यक्त गर्दै साथीहरूको माझ सीतामाथि सामाजिक कलंकको रूपमा रहेको वेश्या जस्तो शब्दले परिभाषित गरिरहेको छ । राम पश्चात् सीताको कुनै पुरुषसँग यौनसम्बन्ध भएको नै छैन र ऊ बिहे अगाडि अब त्यो सबै चाहँदैन पनि तर वर्तमान समयमा राम र सीताबीच सम्बन्ध नभएता पनि समाजको धारणा अनुरूप सीतासँग जोडिएको वेश्या शब्द उनकै पछाडि उनीलाई पत्तो नदिइ पछ्याइरहेको छ ।
लोभ्याउने समाजः रमालाई फोन आयो । प्रायः मासिक रूपमा भेट्न चाहने दाईको फोन थियो त्यो । उनि फटाफट तयार पनि भइन् । अनुहार र शरीरलाई सज्जाइन् पनि । घर पर उनकै उमेरको केटा उनलाई पर्खिरहेको थियो । ‘दाईले ल्याउन पठाउनुभएको’ भन्दै केटाले मोटरसाइकलमा बस्न भन्यो । मोटरसाइकलमा चढ्दै उनी लगभग १० किलोमिटर टाढा वीरेन्द्रनगर बजार आइन् । केही क्षण उनीहरू बजारमै यसै घुमिरहे । र, झिसमिसेमा परिचित एक होटलमा रमा मात्र भित्र पसिन् । साहुँसँग कोठाको चाबी लिँदै उनी सरासर माथिल्लो तलामा भएको कोठामा परिचित झै छिरिन् । रमा भन्दा दोब्बर उमेर भएको व्यक्ति पनि होटलमा आयो, कोठामा छिर्यो । उनीहरूले त्यहाँ रक्सी पनि खाए । रक्सीको मातमा नाचे पनि । उनीहरूले खाना कोठामै मगाए । अन्ततः यौनसम्पर्क ।
भोलिपल्ट भालेको पहिलो स्वरभन्दा पहिले रमालाई छोड्नलाई पुनः उही केटा कोठामै आयो । तीन हजार रूपैयाँ समाउँदै रमा र केटा मुस्कुराउँदै हुइँकिए । रमालाई घरभन्दा अली वरै छाड्यो र केटाले आफ्नो बाध्यता सुनायो, ‘मोबाइलको डिस्प्ले बनाउनछ, पैसा देउन । कमाए भने तिरौला ।’ बिना हिच्किचाहट त्यो तीन हजार रमाले केटाको हातमा थमाइदिइन् ।
तान्ने समाजः एउटी महिला । समाज परिवर्तनका कुरा सुनाउँथिन् । सहयोगी मनशायकी उनलाई गाउँमा जो कोहीले पनि सम्मान दिन्छन् । विस्तारै राजनैतिक विभिन्न कार्यक्रमहरूमा उनि आफ्नो सहभागितालाई बढाउन थालिन् । बाढीपीडित परिवारका लागि गुमनाम भएका उनका कदमहरूलाई यो पंक्तिकारले नजिकबाट औंलाउने मौका पाएको थियो ।
समाज सेवाको क्षेत्र त्यो हो, जहाँ मानिसले हरेक दिन नयाँ अनुहार देख्ने तथा भेट्ने मौका पाउँछ । तर यही प्रसंगलाई हतियार बनाउँदै समाजले उनको पछाडि पनि चरित्रहीन महिलाको संज्ञाको पुच्छर लागाइदिएको छ । त्यो पुच्छर समाजको धारणा मात्र । मात्र आंकलन । उनी चरित्रहीन चाहीं होइनन् । के उनले भविष्यमा त्यो पुच्छर देख्छिन् ? आशा गरौं चरित्रहीन पुच्छर देख्दा समय समाजले उनलाई पूर्ण चरित्रहीन महिलाको रूपमा घोषित नगरेको होस् ।
पीठ पछाडि गरिने कुराले पनि धेरै फरक पार्छ समाजमा । पीठ पछाडिको कुराले कुनै व्यक्तिले प्राप्त गर्नसक्ने सम्भावना माथी कमी गर्नसक्छ । हाम्रो समाज यौनको विषयमा किन दोधारे महसुस गर्दै महिलालाई दबाउन चाहन्छ ? महिलाको स्वतन्त्रताको कुरालाई कनि आफ्नो अधिनमा राख्न चाहन्छ ? यौन तथा यस विषयमाका कारण पनि महिलाहरूको अग्रसरतामा कमी आएको पक्कै छ । र जानी नजानी हाम्रो समाजको सोच पनि त्यही नै हो । महिलाको इज्जतलाई शिशाको काँचमा राख्नु, आखिर किन ? यौनलाई यसरी दबाइदा पनि समाजमा माथि उल्लेखित घटनाहरूले महŒव पाइरहेका छन् । यो पंक्तिकारले सायदै यौन बुझेको छ तर समाजले बुझेको यौन यो पंक्तिकारले कहिल्यै बुझ्न सकेन ।

प्रकाशित मितिः   १७ बैशाख २०७४, आईतवार १५:४९