एबीसीको विजयी सुरुवात

 जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा शनिवारदेखि वीरेन्द्रनगरमा सुरु भएको एन्फा जिल्ला लिग फुटबल प्रतियोगितामा एबीसी स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा एबीसीले साथी खोर्के युवा (स्काई) क्लबलाई ५–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको १२ औं मिनेटमा गोल गर्दै रोशन सारुले स्काईलाई अग्रता दिलाएका थिए । तर त्यसपछि भने एबीसीका खेलाडीले लगातार ५ गोल गर्दै फराकिलो जित हासिल गरे । एबीसीका लागि महेन्द्र शाहीले २३ र ४६ औं मिनेटमा, खगेन्द्र खत्रीले ३९ औं मिनेटमा, सुदीप विकले ४४ औं र भूपेन्द्र शाहीले ६८ औं मिनेटमा गोल गरे ।

प्रकाशित मितिः   १७ बैशाख २०७४, आईतवार १४:००