एन्फा जिल्ला लिगमा शिरमोर विजयी

सुर्खेतको वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगमा नवप्रवेशी शिरमोर युवा क्लवले जीतसहित यात्रा शुरु गरेको छ । लिगको दोश्रो दिन आज(आइतबार) विहान भएको दोश्रो खेलमा पुरानो क्लव बुद्धपथलाई १ का विरुद्ध ३ गोलले हराउँदै चनौटेको टोलीले जीतसहित लिग यात्रा शुरु गरेको हो ।
पहिलो हाफको ११ औं मिनेटमा संगम शाहीले गरेको आकर्षक गोलबाट अग्रता लिएको शिरमोरका लागि दोश्रो हाफको ५५ औं मिनेटमा पुनः शाहीले दोश्रो गोल थपे ।
यसबीच गोल गर्ने उत्कृष्ट अवसर सिर्जना गरेपनि शिरमोरका लागि कहिले बुद्धपथका गोलरक्षक त कहिले क्रसबार वाधकका रुपमा देखिए ।
खेलको ६९ औं मिनेटमा बुद्धपथका लास्ट डिफेन्स दुर्गा सापकोटाले क्लियर गरेको बल शिरमोरका दिपेश थापासंग ठोक्किएर रिप्mलेक्ट भएर गोल पोष्टतिर हुत्तिएपछि दुर्भाग्यपूर्ण तेश्रो गोल खानपुग्यो ।
७० औं मिनेटमा भने बुद्धपथका हिक्मत के.सीले बुद्धपथका तर्फबाट सान्त्वना गोल फर्काए ।
लिगको दोश्रो दिन हुने तेश्रो खेलमा आज दिउँसो नवप्रवेशी काँक्रेविहार क्लव र बाबियाचौर युवा क्लवबीच खेल हुने आयोजक सुर्खेत जिल्ला पूmटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   १७ बैशाख २०७४, आईतवार १३:४३