लखागिन थारु साहित्य श्रृंखला सम्पन्न

सुर्खेत: लखागिन थारु साहित्यको छैठौँ श्रृंखला सम्पन्न भएको छ । लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष एवम् वरिष्ठ थारु साहित्यकार मानबहादुर चौधरी ‘पन्ना’को सभाध्यक्षता तथा थारु युवा सभाका केन्द्रीय अध्यक्ष पवनकुमार थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पुरानो विवाहमा गाइने माँगर गीत (मंगल गीत) र माघीमा गाइने ढुमरु गीत पनि प्रस्तुत गरिएको थियो । कविमानबहादुर चौधरी पन्ना, लक्ष्मण चौधरी, गितु चौधरी, जेबि डेमनडौरा, सलिन चौधरीलगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा माघम गाजिना ढुमरु गित क्रिमलाल चौधरी रमाँगर गित मानविर थारुले गाएर यसको महŒवको बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रमका सभाध्यक्ष पन्नाले भाषा–साहित्य जीवनको अभिन्न पाटो भएको भन्दै यसलाई संरक्षण गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि पवनकुमार थारुले थारु भाषा साहित्य श्रृंखलाले नयाँ र पुराना पुस्ता जोडिने भएकोले आफ्नो कला संस्कृति बुझने सुन्दर मञ्च तयार भएको बताए ।

प्रकाशित मितिः   ३० मंसिर २०८१, आईतवार ११:०३