सुर्खेतमा माओवादी केन्द्रले टुङ्ग्यायो उम्मेदवार

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी (केन्द्र) सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले वीरेन्द्रनगर नगरपालिकामा यसअघि नै मेयरमा रत्नबहादुर गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवार घोषणा गरिसकेको थियो ।

यसैगरी भेरीगंगा नगरपालिकाको मेयरमा कृष्णप्रसाद गिरी र उपमेयरमा डिलसरा थापा उम्मेदवार बन्ने भएका छन् ।
पञ्चपुरी नगरपालिकामा मेयरमा धनबहादुर विक र उपमेयरमा सीता पाण्डे, गुर्भाकोट नगरपालिकाको मेयरमा हिरा बहादुर थापा र उपमेयरमा नन्दकली वि.क., चिङगाड गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा तेज कुमारी राना, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत र उपाध्यक्षमा गोमा गुरुङ, चौकुने गाउँपालिकाको अध्यक्षमा खड्क बिवस बासपाने र उपाध्यक्षमा बिमला जिसी, लेकबेसी नगरपालिकाको मेयरमा खड्क घर्ती र उपमेयरमा आरति वि.क. तथा सीम्ता गाउँपालिकाको अध्यक्षमा झुपबहादुरबहादुर बुढा मगर र उपाध्यक्षमा चन्द्रकला खत्रीलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।