पर्यटन प्रवर्द्धन गर्न पदमार्ग
सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर पदमार्ग निर्माणको योजना अघि सारेको हो । सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा अवलोकनका लागि जानेहरूका लागि पदमार्ग निर्माण गर्न लागिएको छ ।
निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागिएको हो ।
निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाईला क्षेत्रलाई हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागिएको हो ।
निजी क्षेत्रको सहयोगमा पदमार्ग निर्माण योजना बनाइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । करेखोलादेखि सिद्धपाईलासम्म पदमार्ग निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनले भने, ‘निजी क्षेत्रसँगको सहकार्यमा पदमार्ग निर्माणको योजना बनाइएको छ, करेखोलादेखि सिद्धपाईलासम्म १५ लाख बजेट विनियोजन गरिएको छ, अन्य स्थानमा निजी क्षेत्रसँगको साझेदारीमा निर्माण गर्ने योजना छ ।’ उपत्यकाका उत्तरी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागेको छ ।
वीरेन्द्रनगरबाट दैनिक रूपमा नागरिकहरू उक्त स्थानमा हाइकिङ्गमा जाने गरेका छन् । उपयुक्त पदमार्ग नहुँदा नागरिकले सास्ती पाइरहेका छन् । सोही कुरालाई मध्यनजर गरेर सरकारले पदमार्ग निर्माण गर्न लागेको हो । स्थानीयस्तरमा उपलब्ध वस्तुको प्रचार–प्रचार गर्ने उद्देश्य राखिएको छ । कर्णाली प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतासँगै पर्यटन प्रवद्र्धनका विषय उठान गरेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महŒवका पर्यटकीय स्थलको पहिचानमा जोड दिइएको छ । पहिचान गरिएका पर्यटकीय स्थलको संरक्षण तथा पुननिर्माण गर्न लागिएको हो ।
पर्यटकीय स्थलको संरक्षण गरिँदै
यो वर्ष प्रदेश सरकारले पर्यटकीय स्थलको पहिचान, संरक्षण तथा पुनःनिर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना ल्याएको हो । प्रदेशकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलसम्म पुग्न पूर्वाधार निर्माण गर्न लागिएको हो । पर्यटकीय स्थलको संरक्षण गर्ने उद्देश्यले मुगुको राराताल, सुर्खेतको काक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रूकुमपश्चिमको स्यार्पु तालको संरक्षण विकास गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवर्द्धनमा जोड
कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष धेरै कार्यक्रम राखेको छ । जिल्ला–जिल्लाबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रदेश सरकारले पर्यटन नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढेको हो । पर्यटकीय स्थलको पहिचानदेखि पूर्वाधार निर्माणसम्मका योजना प्रदेश सरकारले राखेको छ । चालु आर्थिक वर्षमा नयाँ पर्यटकीय स्थानको पहिचान गर्ने र पहिचान भएका पर्यटकीय स्थलको संरक्षण गर्ने लक्ष्य प्रदेश सरकारको छ ।
प्रकाशित मितिः २१ मंसिर २०८१, शुक्रबार ०६:०६
साझा बिसौनी ।