राष्ट्रपतिको सम्मानमा राज्यमन्त्री किन ?

सत्ययुग भनिने पौराणिक कालमा समाज राज्यको उत्पत्ति अहिलेको दक्षिण एसिया त्यो समयमा जम्भुदीप भनिन्थ्यो । प्रकृतिले यो जम्मुदीपमा खाना बस्न अति नै सुविधा भएकोले मानव उत्पादनसँगै अनेकौं समूह हुँदै साना ठूला राज्यहरू स्थापना भएको पौराणिक कथा, धार्मिक विभिन्न ग्रन्थहरूमा उल्लेख इतिहासिक दस्तावेज पाइन्छ । राज्य समाज उत्पत्तिसँगै समाजलाई सञ्चालन गर्न भाषा धर्म उत्पादन भएको पाइन्छ । मानव विकाससँगै समाजलाई एउटा नियममा चलाउन राज्यको उत्पत्ति हुँदै ती समूहबीच सत्ता शक्तिको लागि भाइभाइको युद्ध हुँदा महाभारत, रामयण युद्ध ग्रन्थ लेख्नेसम्म युद्ध भएको थियो । यो दक्षिण एसियामा सिन्धु घाँटीबाट उत्पादन सभ्यतापछि हिन्दु सभ्यता भएको पाइन्छ । यो धार्मिक सभ्यता लामो समय पहिले हिन्दु पछि फरक धर्म प्रतिपादन गरी मुस्लिमका केही राजाहरूले राज्य गरेको इतिहास रहेको छ ।

आजको समयसम्म आउँदा यो भूमिमा अनेकौं संस्कार संस्कृति प्रतिपादनदेखि दासयुग, सामन्तवादी युग अनेकौं प्रकारका अन्याय अत्याचार राज्य विस्तार गरेका थिए । युरोपबाट साम्राज्यवादी अंग्रेज मेसिनबाट उत्पादित माल बजार बनाउन राइफल लिएर जम्भुदीपमा इ.सं. १८ औं शताब्दीमा उपस्थित हुँदै असिहलेका पकिस्तान, बंगलादेश, हिन्दुस्तानमा ६८० राज्य गर्ने रगौटाहरू थिए । उनीहरू राज्यशक्ति लिएर एक अर्कोको सम्पत्ति हदपुन लादिरहन्थ्यो । त्यो समयमा नेपाल साम्राज्य ती सबै राज्यभन्दा धेरै ठूलो भू–भाग जनसंख्यामा स्थापित थियो । नेपाली भू–भागका जनता सबै आत्मनिर्भर थिए । अंग्रेजको राइफलसँग त्यो समयका हिन्दु, मुस्लिम राज्यहरू केही हरण कोह िआत्मा समर्पण गरी ६८० राज्य एकीकरण गरेर विशाल हिन्दुस्तान (भारत वर्ष) निर्माण गरेको थियो । त्यो समयको नेपाल शरदपूर्वको टिष्टा दक्षिणको तराइको समथल भू–भाग लखनऊ लुहापुर, सीतापुर हुँदै पश्चितम सतलज, कमार, काँगडा, छिल्ला कैयौं स्थानमा साम्राज्यवादी आधुनिक हतियार लैस अंग्रेजसँग बहादुरीका साथ लडेर हायक कायल पारे पनि दरबारले पश्चिम कुमाडगवाल हिमाञ्चल प्रदेशदेखि पूर्व दार्जलिङ सिक्किम, तराई अवध प्रदेश सबै अंग्रेजलाई दिएर इ.सं. १८१६ मा सुगौली सन्धी ग¥यो । अंग्रेजले त्यही समयमा पश्चिमका किल्लामा लड्ने बहादुर सेनाहरू ३००० देहरादुनमा नै आफ्नो फौजमा राखेको थियो भने पनि कहिंकतै भन्दै र त्यहाँ गैरनेपाली भारतीयहरू बस्तीमा हाम्रो पुर्खा नेपाली थियो भन्ने यो पन्तिकारले भेटेको पनि छ । इतिहासमा प्रमाणित रूपमा राणा जंगबहादुरले भारतमा सिपाही विद्रोह दबाउन अंग्रेजले नेपाली सेना लिएर दबाएपछि बहादुर नामाकरण गरेर नेपाली युवा गोर्खा भर्ती खोलेर भाडामा लिएको थियो ।) नेपाल राज्य अलग राज गरे पनि अंग्रेजको निर्देशनमा राज्य सञ्चालन गरेका हुन् जंगबहादुरहरूले १०४ वर्षसम्म अन्धकारमय शासनको कालरात्री ।

भारतीय जनताले साम्राज्यवादी अंग्रेजी शासन विरुद्ध लडेर इ.सं. १९४७ मा स्वतन्त्र भएपछि अंग्रेजी भरमा अडिएको राणा शासन नेपालमा पनि ढल्न पुग्यो । सधैं दलाली गरेर बसेको नेपालको दरबारिया शक्ति स्वतन्त्र भारतको नेहरू सरकार छेउ लम्पसार भएर ढल्यो । १०४ वर्षसम्म भारतीय रजौराहरूसँग वैवाहिक सम्बन्ध जोडेका घोटे राजाहरू भारत स्वतन्त्र भएपछि भारतीय कांग्रेस पार्टीमा परिणत हुँदै गए । नेहरू सरकारले अंग्रेजलाई धपाएपछि तिनै ददाल रगौटासँग मिलेर बहुदलीय नामको सामन्तवादी प्रजातन्त्र सञ्चालन गर्दै स्वतन्त्र नेपाल पुनः अंग्रेजले सञ्चालन गरे जस्तै गर्ने नीति लिएर १०४ वर्षसम्म नेपाली जनतालाई अन्धकारमय कालकोठरीमा राखेर निरुन्कुश अंग्रेजका दलाल राणा, नेपाली कांग्रेस र राजाबीचमा १९५० को दिल्ली सम्झौता गराएर पुनः नयाँ क्षेत्रीय विस्तारवादी नीति अपनाएर उही गोर्खाबहादुर रेजिमेन्ट राखी बहुदलीय प्रजातन्त्रीक नेपा नाम फेरियो । देश अलग भए पनि सीमाना खुल्ला गरेर नेपाली जनताको शारीरिक, प्राकृतिक श्रमशोषण राज्य सञ्चालनमा समेत भारतीय सल्लाहकार, संसदमा र सुरक्षाको लागि रहेनासमेत राखिएको थियो । हाम्रो नेपाल अंग्रेज निर्देशन छोडेर भातीय निर्देशनमा चल्नुपर्ने इ.सं. १९५० को दिल्ली सम्झौताले बनायो । अंग्रेज भारतबाट गएपपछि भारतीयहरूले सामन्तवादी पूँजीवादी शासनले औद्योगिक क्रान्ति गर्नतिर लाग्दा नेपाली युवा जनशक्ति अब भारतीय गोर्खा सैनिक मात्र होइन रिटाएर भएर वित्तीय कम्पनीहरूमा भएर चौकीदार तोरीलाहुरेहरू बजार चौकीदार होटलका कान्छा, कालापहाड खन्ने भवन निर्माण गर्ने मजदुर हुँदै खुला सीमानाले महिलाहरू मुम्बइको कोठीमा वेश्यामा बेचिन थालिन् भने बालबच्चाहरू कोठीहरूमा पेन्टी धुने पोछा लगाउने परिणत हुन गए । वि.सं. २०१७ मा राजा महेन्द्रले दलमा प्रतिबन्ध लगाएर एकदलीय पञ्चायती शासन सुरु गर्दा भारतीय शासनहरूले पार्टीहरू चलाउनु भन्दा निरन्कुश दलाल सामन्तवाद राजाको नेतृत्व नै सजिलो हुने मूल्यांकन गरेर मौन समर्थन गरेको थियो । साम्राज्यवादी अंग्रेजका दलाल आत्मसमर्पण गर्ने भारतीय हिन्दु रजौटाहरूसँग राणा शाह परिवारले वैवाहिक लगन गाँठो समेत जोडेकाले गणतन्त्र भारतको उदयपछि अंग्रेजका दलाल रजौटाहरू कांंग्रेसको पोल्टा पुगी दलाल भएकोले पञ्चायत व्यवस्था लागू गर्दा मौन समर्थन भारतीय शासकहरूको थियो । विपी कोइरालाले आठ वर्ष जेल बसर दिल्ली पुगी पुनः बहुदलीय व्यवस्थाको लागि याचना गर्दा नेहरूले सत्तामा जो आउँछ त्यहीलाई हाम्रो मसर्थन हुन्छ तपाईं आए पनि हाम्रो रहन्छ भन्दा सशस्त्र विद्रोहमा भारतीय शासकको सहयोग नपाएको आफ्नो आकार वृतान्तमा गुनासो व्यक्त गरेका छन् । पञ्चायतका प्र.म. मरिचमान सिंहले आकाशमा मार गर्ने छोटो दूरीका हतियार चीनबाट किन ल्याइयो भनि नाकाबन्दी गर्दा पञ्चायत ढलेर बहुदल व्यवस्था आजका ठूला नेकपा एमाले पार्टीको नेतृत्व २०४६ आएको हो । २०४७ सालमा अन्तरिम प्र.म. बनेका कृष्णप्रसाद भट्टराई दिल्ली पुग्दा तीन वटा हेलिकप्टर उपहार दिएर पठायो । २०४८ निर्वाचनमा आफ्नो असल दलाल लठैत गिरिजाप्रसाद कोइराला नै उपयुक्त देखेकोले विजयीमा ‘रअ’ सहयोग समेत गराएर प्र.म. बन्न सफल भएका थिए । २०५२ मा नयाँ जनवादी क्रान्ति गर्ने माओवादी नेताहरू क्रान्ति सञ्चालन गर्न भारतमा नै बसे । के भारतले चाहेमा नेपालमा सशस्त्र विद्रोह गर्ने नेता पक्राउन गर्न सक्दैनथ्यो ? यो पनि सोधरपोज गरे यथार्थ एक पठक खुला ? शान्ति क्षेत्र घोषणा प्रस्ताव स्व. राजा वीरेन्द्रले ल्याउँदा विश्वराष्ट्रवाद आदिग हुँदा देशलाई जातीय विभिन्न वर्ग क्षेत्रको द्वन्द्वमा फसाउन सकिदैन भनि दरबार हत्याकाण्डमा समेत भारतीय ‘रअ’ को हात हुनसक्ने प्रवल सम्भावना हुनसक्छ ? घटनाको पहिलो सूचना भारतीय सञ्चारमाध्यमलाई दिनुले पनि प्रशस्त्र शंका रहेको देखिन्छ । नेपालमा विभिन्न इतिहासिक घटना हुँदा भारतीय शासकहरू निर्देशन गर्न उपस्थित हुनेको पछिल्लो कडी २०६२÷०६३ को संयुक्त जनआन्दोलन हुँदा राजा ज्ञानेन्द्रलाई सम्झाउन दरबारका नातेदार जम्भुकाश्मिका राजाकरण सिंह विशेष दुतको रूपमा पठाएको थियो । माओवादी पहिलो पटक आतंकवादी भन्ने दिल्लीले माओवादी संसदवादीसँग शान्ति सम्झौता २०६२ मा गरायो । यो पन्तिकार भारतीय भूमिमा घुम्दा भारतीयहरूको नजरमा नेपाली भनेका कामदार छुन भने सोच पालेको पाएको छ । अर्को नेपाल देश भनेको अलग राष्ट्र होइन भारतको उपनिवेश हो भन्ने हरेक भारतीयहरूमासोच रहेको छ । २०६४ मा प्र.म. बनेर गिरिजाप्रसाद कोइराला भारतीय शासकको निमन्त्रणमा दिल्ली पुग्दा भने भारतीय प्र.म. मनमोहन सिंहले अंगालो हालेर सम्मान गरेका थिए । यो सम्मान आफ्नो इमान्दार दलाल सत्तामा पु¥याउन सझक भएको संकेत थियो । एमाले पार्टीको सरकार हुँदा सधैं इ.सं. १९५० सन्धी पुनरावलोकन आत्मनिर्भर बढी नै कुरा हटाउने भएकोले पनि दिल्लीको इमान्दार दलाल नभएकोले सम्मान दिन कञ्जुस्याइ गर्दै आएको छ ।

संघीय गणतन्त्र नेपालको संविधान घोषणा गर्दा यो संविधानले भारतको उपनिवेश नबन्ने उल्लेखित धाराहरू मधेशी दलाल उठाएर ती दलिल धाराहरू राख्न एमाले सरकारलाई झुकाउन चार महिना नाकाबन्दी युद्ध चलाएर नसकेपछि अहिले प्रचण्ड कठपुतली सरकार गठबन्धन सफल भएको हो भारत । तर यो सरकार कति नालायक छ भने भारतीय राष्ट्रपति आउँदा दुई दिन राष्ट्रिय बिदा ग¥यो । राष्ट्रपति विद्या भण्डारी भारत उठाउँदा १ दिन राष्ट्रिय बिदा ग¥यो । कहीं नभएको जात्रा नेपाल हुन्छ । दलालीको पनि छत हुन्छ राष्ट्राध्यक्ष आउँछन् जान्छन् किन देश ठप्प पार्नुप¥यो । स्वामी भक्ति देखाउन राष्ट्रपति विद्या भण्डारी पठाउँदा राज्यमन्त्री स्वागतमा मोबाइल हल्लाउँदै जानुले हाम्रो देशको इज्जत कहाँसम्म तल झ¥यो भारतीय शसकहरूले । संयुक्त राष्ट्रसंघमा के नेपाल सानो भए पनि त्यसको प्रतिनिधित्व हुँदैन र ? हाम्रा दलाल शासकहरूसँग लाज छैन । स्वाभिमान छैन । हुन त दलालहरू आफ्नो निजी स्वार्थ पूरा गर्न जुनसुकै तल हर्कत गर्न तत्पर हुन्छन् । एमालेबाट विजयी राष्ट्रपति विद्या भण्डारीलाई भक्तिको सोझो गर्न पाठाएर प्रचण्डले शाख गिराउन लगाएका हुन् । स्वाभिमानी नेपाली अब जाग्नुपर्छ ‘बहादुर’ साम्राज्यवादी र भारतीय प्रभुत्व १ दिन लागि हुने होइन आफ्नो लागि हुने हो । मेरो देश बनाउँछु मेरो देशमा पसिना बगाएर बाँच्छु भन्ने अठोट भए भूपरिवेष्टित देश स्वीजरल्याण्ड कति विकास गरयो, हामी पनि भूपरिवेष्टित होइन भारत पेष्टित हुन दिल दिमागले छोड्छु पछि हाम्रो राष्ट्रपतिको यति अपमान गरयो नेपाली युवा रगतमा भारतीय अपमान कति होला सोचौं जागौं संघीय गणतन्त्र लोकतान्त्रिक नेपालको पहिलो महिना सम्मानित राष्ट्रपतिको सम्मानमा राज्यमन्त्री किन ? सबै राष्ट्रभक्त नेपाली जनमा चेतना भया । तब हामी गाउने छौं ।
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ ।
वीरको छोरा बहादुर हिमालमा चम्किन्छ ।

प्रकाशित मितिः   १४ बैशाख २०७४, बिहीबार ११:१२