साल्ग परियोजनाको अनुगमन

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ मााघ । 
असल शासन क्लब जिल्ला समन्वय समितिद्वारा सञ्चालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाको स्वीस विकास नियोग (एसडीसी) ले अनुगमन तथा अवलोकन भ्रमण गरेको छ । एसडीसीको टोलीले बिहीवार भ्रमण गरेको हो । टोलीले भ्रमणका क्रममा वीरेन्द्रनगर वडा नम्बर ४ र ११ मा रहेको सचेतना केन्द्रका सदस्यहरूसँग छलफल गरेको छ । 
परियोजनाको सहयोगमा सञ्चालित नागरिक सचेतना केन्द्रले गरेका गतिविधि तथा रिफ्लेक्ट कक्षाको प्रभावकारिता र परिवर्तन बारेमा छलफल भएको थियो । परियोजनाको काम, प्रभावकारिता तथा समन्वयका विषयमा सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विजय गिरीसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ । 
टोलीले परियोजनाका काम कारबाहीका सम्बन्धमा संस्थाका पधादिकारी तथा परियोजकाका कर्मचारीसँग समेत छलफल गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा सुझाव दिएको छ ।