मातातीर्थ औंशी र आमाको महिमा

माता भन्नेबित्तिकै हामी सम्झन्छौं, हामीलाई जन्म दिने आमा । पालनपोषण गरेर हाम्रो जीवन बनाउने र सामाजिक संस्कारमा हुर्काएर शिक्षा–दिक्षा दिएर राम्रो बाटो देखाउने पहिलो गुरु हुन आमा । एक संस्कृत ग्रन्थमा लेखिएको छ, ‘प्राणीहरूको लागि दुध–पानसम्म माता भनिएको छ, एक माता सौ शिक्षक समान हुन्छ’ भनिएको छ ।

मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो । यो दिवस विश्वका विभिन्न देशहरूमा अलग–अलग दिनमा आ–आफ्नो परम्परा अनुसार मनाउने चलन चल्दै आएको छ । नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा आज मनाइदैंछ ।

हाम्रो देश नेपालमा हिन्दु संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार यस पर्वको छुट्टाछुट्टै किम्वदन्तीहरू रहेता पनि यो दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न सन्तानहरू आमा भएको ठाउ“मा गएर आफ्नो खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउ“छन् । आमा जीवित हुनेहरूले आमालाई मीठा–मीठा परिकार बनाएर खुवाउ“छन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भइ दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउ“छन् भन्ने विश्वास छ । मातातीर्थ कुण्ड पौराणिक एवम् धार्मिक तीर्थस्थल हो ।

जन्मदेखि मरणसम्म मातातीर्थ समान मानिन्छ । माता जननीकी शक्ति समान हुनुहुन्छ किनकी, उहा“ त्यागकी मूर्ति र हृदयमा कोमलता आकाशको जत्रो विशालता, धर्ती जस्तो सहनशीलता, पवित्रता–निर्मल हुनुहुन्छ । विश्वमा कोही पनि शास्त्र यस्तो छैन कि, माताको हृदय बराबर गर्न सक्दछ । मातृत्व यो जगतको सर्वश्रेष्ठ साधना हो, तप हो र माता मानवताकी महान् मूर्ति हुनुहुन्छ । माताको दया र क्षमताको भाव सधैं बगिरहेको हुन्छ । आफ्ना सन्तानलाई माताको प्रेरणा हरपल मिलिरहन्छ । जगतमा त्यो प्रेरणा कहिल्यै पनि पछि पर्दैन । कोही काम असम्भव हु“दैन किनकी, आमाको आशीर्वाद साथमा रही रहन्छ । मानव जातको उत्पत्तिको आधार आमा (माता) हो । आमा नभएको भए सायद हामी यसरी यो धर्तीमा देखापर्ने थिएनौं होला ।

मातृत्वको सागर सधैं हामीमा छल्किरहन्छ । हाम्रा वरिपरि चारैतर्फ हामी देख्छौं, प्रकृति हो या भूमिनभ हो, हरेकमा मातृत्व झल्किरहेको हुन्छ, हामी देख्नसक्छौं । जगतको आधार माताको हथेलीमा र हृदयमा भरिरहेको हुन्छ । मातृत्व वेदना हृदय चिरेर आत्मालाई बोलाएर शान्तिको सन्देश दिइरहेको हुन्छ । कारण माता सत्यको सन्देश हो, सत्यको अन्त्य कहिल्यै पनि हु“दैन ।

माताको छाया प्रतिविम्व समग्र विश्वमा परेको हुन्छ । प्रकृतिको हर वस्तुमा मातृत्व झल्किएको हुन्छ । सूर्य पृथ्वीको माता हो, अनि त्यसको गर्मीले पृथ्वीलाई पोषण दिएको हुन्छ । सागरको संगीत र पन्छी, अनि झरनाको गीतले पृथ्वीलाई हँसाइ दिइएको हुन्छ । भुलाएर यताउता बसाइँ दिएको हुन्छ । धर्ती, वृक्ष र पूmलको माता हो, किनकि त्यसलाई जन्म दिन्छ, हुर्काउँछ र फूल त्यसको फलको बीजको माता हो, जो सबै अस्तित्वको प्रारम्भिक रूप हो, अनन्त आत्मा हो, सौन्दर्य हो र ईश्वर हो । ईश्वरलाई जो अत्यन्त प्रिय हुन्छ, त्यो ईश्वरको पूर्णत्व मातृत्व हो ।

हामीलाई कुनै देवी–देवता, तीर्थस्थान चाहिदैंन, आमाको न्यानो काख भए पुग्छ, त्यही काख मलाई स्वर्ग समान छ, मैले भगवान्लाई देखेको छैन, भगवान् समान मैले मेरी आमालाई पाएको छु, म त्यही आमाको न्यानो काखमा रमाउँछु, खेल्छु र बन्धनमा बा“धिएर सुखी दिन बिताइरहेको छु । जब मानिस सत्यलाई छोडेर असत्यमा जान्छ, तब ऊ दुःखी हुन्छ, संसारमा जो सर्वोत्तम छ, सर्वश्रेष्ठ छ, उत्तोत्तम छ, त्यो हो मातृत्व ! जसले आफ्नी आमाको मान, सम्मानका साथ पूजा गर्छ, त्यो कहिल्यै दुःखी रहदैंन ।

‘मा’ शब्दको उच्चारण नलिने सायद मानिस कमै होलान्, जसको आ“खा नरसाएको होला, मानिसको ओठको सबैभन्दा सुन्दर शब्द हो ‘मा’, माता ! मेरी मा भन्ने शब्दले आ“खा रसाएर आउ“छ, हृदय पग्लिन्छ । आमाको सम्झना आउँछ तर संसारको लिला अस्ताएको सूर्य कहा“ देख्नु, कहा“ बोल्नु र रुन मन लाग्छ । हाम्रो स्वर्गको कल्पना, त्यो कल्पना मात्र हु“दोरहेछ, सा“चो कल्पना त माताको चरणमा हुन्छ, हामीले स्वर्ग देखेका छैनौं तर हाम्रो स्वर्ग माताको चरणमा लिप्त
छ । गुरुको चरण छुनु भन्दा आमाको चरण छुनु चारधाम तीर्थ गर्नु समान हुन्छ । मान्छे धेरै जसो नास्तिक हुन्छन् । उनीहरू ईश्वरको अस्तित्व स्वीकार गर्दैनन् । उनीहरूका लागि माता अस्तित्व श्रद्धाको केन्द्र हुनुहुन्छ । माताको रगत त्यो आफ्नो रगत हो, माता त्यो आफ्ना नशा–नशामा बगेको रगतको लय हो, धर्ती माथिको उत्तोत्तम कविता हो, जो तारल आकाशी कविता हो भने ‘मा’ पृथ्वीको कविता हो । यो कविताको गीत आफ्नो रगतमा बगेको संगीत हो । जस्तो माता, उस्तो बालक ।

बालकको पहिलो इट माता हो । आफ्ना बालकलाई जस्तो संस्कार दिइन्छ, व्यवहार सिकाइन्छ, बालक त्यस्तै बन्छ, यो सत्य हो । बालक का“चो माटो हो, त्यसलाई जस्तो बनायो, त्यो त्यस्तै बन्छ । माता जगतको सर्वश्रेष्ठ पहिलो शिक्षक हो, नेपोलियन बोनापार्टले भनेका छन्, ‘माताको संस्कारबाट बालकको भाग्य बन्दछ, माताको हृदय बालकको पहिलो स्कूल हो ।’

माताको हृदय सागर भन्दा गहिरो, आकाश भन्दा पनि उचो हुन्छ । जबसम्म चन्द्रसूर्य रहन्छन्, तबसम्म माताको न्यानो काख र न्यानो माया रही रहनेछ । मातृत्वमा नारीको नारित्वको पूर्णता झल्किएको हामी पाउ“छौं, पाइरहेका छौं । भनिन्छ, ‘मह विना खल्लो कसार, मा विना शून्य संसार ।’
(भेरीगंगा नगरपालिका–१३, सुर्खेत)