समृद्ध प्रदेश निर्माणका प्रमुख ६ पक्ष
नेपाली कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत योगदान दिँदै आएको भनिएको पर्यटन विकास बारेमा सुर्खेतमा पनि कार्यक्रम, छलफल, बहस, संगठन निर्माण, संस्था स्थापनाका प्रयासहरू हुँदै आएका छन् । नेपालको संविधान २०७२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग, पर्यटन एजेन्सी, पर्यटन संस्थाहरूले पर्यटन विकासका सन्दर्भमा व्यवहारिक प्रयोग गर्दै आएका छन् । आजभन्दा चवालिस वर्ष अगाडि पोखरामा स्थापित जेठो स्नोल्याण्ड होटेलले मात्रै अंग्रेजी नयाँ वर्ष र जाडो समयलाई ध्यानमा राखेर टुर प्याकेज घोषणा गरी पर्यटन विकासका लागि कार्यक्रम तय गरेको पृष्ठभूमिमा भारतीय पर्यटकहरूको भ्रमण सबैभन्दा बढी भइरहेको वातावरणमा सुर्खेतको पर्यटन विकासले दिशा लिन सक्छ । ताप्लेजुङको पर्यटन विकासको अनुभवले दार्चुलाको विकासमा आधार, आकार र स्थिति दिनसक्छ । यसर्थ सबैभन्दा सुर्खेतले आफ्नो पर्यटन विकासका लागि अनुभव, अनुभूति, तथ्य, आभास, परिणाम एक पक्ष हो ।
दुई, सुर्खेतमा सञ्चालित या सञ्चालन हुने ठूला र वृहत परियोजनाहरू जस्तै भेरी–बई ड्राइभर्सन, चौकुने सिमेन्ट उद्योग, लखरपाटाको अध्ययन, लोअर कर्णाली, अपरकर्णाली, नलसिंहगाड, करिडोरहरू, लोकमार्ग, औद्योगिक क्षेत्र तथा पाँचतारे होटल, अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलहरूको अध्ययन, भ्रमण, अवलोकन अनुसन्धान गर्न उच्चस्तरीय टोलीहरू आएका छन्, आउँदैछन् र आउनेछन् । यस्ता समूहका सबै सदस्यहरूलाई चाहिने खाना, बास, मनोरञ्जन यातायात, सहयोगी, दोभासे जनशक्ति तथा साधनस्रोत जति बढी सस्तो, सुलभ र विश्वसनीय रूपमा उपलब्ध गराउन सकिनेछ सुर्खेतको पर्यटन विकास त्यति बढी फस्टाउनेछ । तिनीहरूको मनोरञ्जनका लागि सुर्खेती मौलिक थारु, मगर, तमु, राजी, माझी, राउटे, सिम्ताली, चिङ्गारी, डाँडारी संस्कृतिहरू प्रस्तु गर्न सक्यौं भने सुर्खेती पर्यटनले प्रत्यक्ष–अप्रत्यक्ष लाभ लिन समान वितरण पाउनेछ । घरमै बसेर आयआर्जन गरी समृद्धितिर लाग्नेछन् । तिनीहरूको घरको चुल्हो, शिक्षा, मनोरञ्जन औषधिका बजारको बोटा खुल्नेछ । डाला ठक्को दुनाटपरी, खार, आँसी, चुलेसी, मादल आयस्रोत सम्पन्न प्रकृतिका त्यस्ता पर्यटकहरूले किनिदिएमा सुर्खेतको हास्तकाल, सिल्पकला, कला, कला अन्तर्राष्ट्रियकरण हुनेछ । अन्यथा जतिपर्यटकको महोत्सव गरे पनि लक्षत वर्गमा पर्यटनको वितरण पुग्नेछैन । तीन पर्यटन विकासको पहिलो, अनिवार्य र आधारभूत साधन हो यातायात । सुर्खेत भएर उत्तरतिर लागेको करिडोरहरूको स्तरोन्नति तिनीसँग सम्बन्धित र विकसित खासगरी सल्यानको कुपिण्डेदह सिम्ताको दह, बुलबुले, जाजुराताल, मोक्तडी र बराह ताल, भेरी कर्णाली र बबईको जलयातायातले सुर्खेतको पर्यटन विकासलाई लोभ्याउन सक्छन् ।
तीन, पछिल्लो समयमा पर्यटनको जीवन्त सम्भावना बोकेको खेलकुद पर्यटनबाट सुर्खेतले पनि सिक्नुपर्छ । त्यसका लागि फुटबल र क्रिकेट दीर्घकालका लागि सम्पूर्ण इनडोर र आउटडोर खेलकुदहरूका लागि वैज्ञानिक, उपयुक्त, व्यवस्थित, आधुनिक, आकर्षक खेलमैदान, खेलसम्बद्ध सामग्री, तिनका लागि सुविधाजन्य होटेल, रिसार्ट, लज, होमस्टे, यातायात र मानवजन्य व्यवहारको सुर्खेती पर्यटनको आधारहरू हुन् । मध्यपश्चिम मनोवैज्ञानिक जगबाट पछौटे समाज हो । पछौटे समाज हो । पछौटे समाजको मूलभूत विशेषता भनेको न त आफूले गर्ने न अर्काले गरेको मन पराउने आवश्यक र निरर्थक हिनताबोध गर्ने परिवारिक अत्यवना हर विकासका प्रयासहरू असम्भव प्रायः छन् । समाजका राजनैतिक शैक्षिक आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन विकासमा समाजको प्रतिविम्बन पाइन्छ । हामी व्यवसायिक र व्यापारिक हुन सकिरहेका छैनौ । विश्व पूँजीवादको यात्राी बन्दा समेत हामी सामन्तवादी स्थितिमा नै छौं । पर्यटनसम्बन्धी सोच, चिन्तन, विकास, व्यवहार पर्यटनका भावनासँग मिल्न नसक्दा पथार्थमा पर्यटन व्यवसायीको पर्यटक स्रोत काठमाडौं लगायतका थुप्रै सहरलाई मात्र मान्ने गरिएको छ तर उत्तरतिरबाट आउने जो धेरै दिन बस्दछन्, ठण्डी र चिसो समयमा पनि आन्तरिक पर्यटनलाई जीवन दिन्छन्, जुम्ला, हुम्ला, मुगु जस्ता हिमाली जिल्लाकालाई मात्र पनि हामीले विश्वस्त वातावरण दिन सक्यौं भने पर्यटन व्यवसाय विकसित भइ जनताको जीवनस्तरमा रूपान्तरण र उन्ततरण हुनसक्छ ।
चार, सुर्खेत जिल्ला कर्णालीप्रदेशको जिल्लाहरूमध्ये खाद्य अन्तनिभएर जिल्ला हो । अदुवा र बेसामा धेरै अगाडिदेखि आत्मनिर्भर बन्दैछ । टिम्मुर, लसुन, प्याज, रायो साथ, बन्दा, च्याऊ, मह, खसीपाठा, दुध तथा दुग्धजन्य उत्पादन जस्ता जनतासँग प्रत्येक्ष जोडिएका कृषिपैदावारले जबसम्म निश्चित र आकर्षक मूल्य पाउँदैनन् दूरदराजका मानिसको आर्थिकस्तर विकसित हुनेछैन, यसले पर्यटनको विकास गर्नेछैन । यसले जनताको जीवन पद्दतिसँग जोडिएका ज्ञानविज्ञान, प्रविधि, सीप, कला, उपार्जित सामग्रीहरूको व्यावसायिकरण, व्यापारीकरण, बजारीकरण सुरक्षण, उचित मूल्य, नियमन नगर्दासम्म लगान, बेतान, घाटगाउँ, घारेटा र काफलकोटका जनताको घरमा मुस्कान आउनेछैन । मुस्कान विनाको आन्तरिक पर्यटन केवल हल्लाहरू मात्र हुन्छन् ।
पाँच, प्लाष्टिक व्यवस्थापन विना सुर्खेती पर्यटन विकास असम्भव प्रायः छ । फोहोर कुनै पनि मानिसलाई त के जनावरलाई पनि मन पर्दैन । मन नपर्ने ठाउँले कसरी पर्यटनलार्य लोभ्याउँछ । सुर्खेतको मुटु मानिने घण्टाघर, सामन्यको कुहिनेपानी, जिविसको खुल्ला मैदान, खेल मैदान, क्याम्पसको हातावरपर बुलबुलेको ताल वरपर स्कुलका परिसरहरू, जिविस र नगरपालिकाका बगैंचाहरू एक पटक गहिरिएर हेरौं त । चाउचाउ, बिस्कुट, कुट्खा, पुकार, सूर्ती, चकलेटको बगैंचा छ । पान पराग खाएर नछुकेका कुनै पनि सरकारी कार्यालयका भित्रि शौचालय, प्रतिक्षलय, वाथरुम छैनन् । शौचालय भित्रको प्वालमा समेत पुकारका खोस्टाहरू माछा जस्तै तैरिएका छन् । सार्वजनिक भवनका पुनः भित्ता बरण्डा, कतै पनि गुट्खाको रंग नबसेको ठाउँ छैन । दुर्भाग्यमाथि मानवबस्ती यस्ता कु–क्रियाकलापहरूका प्लाष्टिकका बगैंचा र, फूलहरू र बेर्ना छन् । तर कृषि क्षेत्र छ । पानीले बगाएर सुर्खेती उर्वरशील खेतमा प्लाष्टिक लगेर थिगार्दैछ । र कृषि उत्पादन, उत्पादकत्व घटेर जनसंख्या परनिर्भर कुपोषण गरीब र बिरामी पर्दै छ । हिजो आज त्रिशुलीमा विदेशले ¥याफ्टिङ गर्न यसकारणले छाडेका छन् कि फोहोर पानीमा उनी रुचाउँदैनन् । भोलिका भेरी कर्णाली र बबईले यही नियति भोग्नुपरेमा घर, आगन, बाटा, खेलमैदान, सार्वजनिक स्थल, फोहोरै फोहोरले भरिनेछ भने सुर्खेती पर्यटनका सहायताले हुने विकास नकारात्मक हुने निश्चित हो । आज मितिदेखि नै लेखेर राखौं । सुन्दरता मान्छेको अकर्षण हो ।
कुरूपता कहीं कतै पनि छैन । हाप्तै पिच्छे लाग्ने विभिन्न नामका महोत्सव यही रफ्तारमा लाग्नेजाने फोहोर भरी सुर्खेतलाई छोड्ने हो । सरकार त छैन छैन हे देउतीबज्यै यदी शक्तिशाली छौ भने सुर्खेतीलाई छोडिदिने गु–गाजल, खगार सिंजान, ¥याल, पिप, दिशा, पिसाब, प्लाष्टिकका पोका जम्मा हुन नदेउ । आजको पापी लोभी अपराधी र स्वार्थी दुनियाँसँग नसकिने भयो । सबै–सबै डन, धन, भन र गनले शासन गरेपछि पुकारा बाहेक के गर्न सकिन्छ । ठूला–ठूला आफूलाई बिग्रिएका ज्यापुलाई भन्ने उखानले राज गरेको सहरमा राज्यमा ज्यापुहरूले हार्छन् । अर्थात् श्रमजीविले सक्दैनन् ।
छ, सुर्खेतको भूगोल पहाड, फाँट, खोच र उपत्यकाले बनेको छ । सुर्खेत जैविक विविधताले तुलनात्मक रूपमा सिम्ता बाहेक सम्पन्न जिल्ला हैन । तर यहाँ चुरे श्रंखलाकै सबैभन्दा अग्लो पहाड छ । त्यो कुने हो । सुर्खेतमै नेपालको चुरे पहाडबाट उम्रिएर उत्तरी बहावका सबैभन्दा बढी ठूला–ठूला खोला भएको जिल्ला हो । कर्णाली, भेरी, बबई नेपालकै ठूला नदीहरू सुर्खेतमै छन् । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी भू–भाग सुर्खेतमै रहेकाले गैंडा, बाघ, भालु, हात्ति, घोरेल, मृग, बाँदर, लागुर, खरायो, हुडार लगायत थुप्रै पशुपंक्षी स्तनपानी डल्फिन, सहर माछा उपलब्घ छ । भेरी कर्णालीका संगमस्थल उत्पन्न चित्राकर्षक स्थल हो पनि सम्भवत? विश्वकै ठूला सिमसार पनि हो । चेपाङतल कर्णालीसम्म पूरा जमिन सिमसार भएकाले जैविक विविधतामा सुर्खेत सम्पन्न छ । सुर्खेतको पूरानो नाम बार बण्डाल ९च्बलनभ इा ँयचभकत० र अडार खण्डार ९ख्बििभन० हो । नरहरीनाथले यहाँ तीन सय ६३ प्रजातिका बोटबिरुवा पाइन्छन् भनेका छन् । उपत्यका वनस्पतिको अध्ययन हुने ठाउँहरू धेरै छन् । बासपानी, जर्बुटा, करैखोला, दमार, रातानाग्ला, गुराँसे, काफलकोट, बावियाचौरले पनि सुर्खेती विशिष्टतालाई झल्काउँछन् । बाह्रघरे, आठघरे, काल्पानी, गुर्भाकोट, मालारानी, रानीमत्ता, रानीघाटका स्थान नामहरूले अध्ययनलाई आकर्षण गर्नसक्ने सम्भावना छ । हर्रेदेखि तेलपानीसम्मको जंगली यात्रा तथा हर्रे वरपरको रक प्लेट नेपालकै अद्वितीय प्राकृतिक वरदानहरू हुन् । दोस्रो लुम्बिनी मानिएको छ । देतीबज्यै, लाटीकोइली, गणेशमन्दिर, गढी, मंगलगढी, सिद्धपाइला, हर्रे, राम्रीकाँडा, गोठीकाँडा, दर्नकोट, सालकोटले पनि सुर्खेती पर्यटनको विकासलाई भरथेग गर्न सक्छन् ।
साझा बिसौनी संवाददाता ।