अभिलेख प्रणाली
कर्णाली प्रदेश सरकारले प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर प्रदेश कर्मचारी अभिलेखालय स्थापना गर्न लागिएको हो । प्रदेश र स्थानीय तहका कर्मचारीको अभिलेख प्रणालीलाई व्यवस्थित गर्न प्रदेश कर्मचारी अभिलेखालय स्थापना गरिने जनाएको छ । अभिलेखालय स्थापना गरेसँगै संघीय निजामति किताब खानाले गर्ने सम्पूर्ण काम प्रदेशबाटै हुनेछ । यो वर्ष प्रदेशमा कर्मचारी अभिलेखालय स्थापना गरेर काम सुरु गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अहिले मन्त्रालयले कर्मचारी अभिलेख शाखा स्थापना गरेर काम गरिरहेको छ । अभिलेखालय स्थापना गर्न कर्मचारीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारले कर्मचारीको तलबी प्रतिवेदन निर्माणको काम पनि अन्तिम पुगेको जनाएको छ । प्रदेश निजामती सेवामा रहेका कर्मचारीहरूको प्रतिवेदन निर्माण भइरहेको हो । तलबी प्रतिवेदनले नै कर्मचारीको सेवा सुविधाबारे बजेट तय गर्न सहज हुनेछ । हालसम्म संघीय सरकारले तोकेका कार्यालयबाहेक अरु नयाँ कार्यालय निजामती किताब कारखानामा दर्ता छैनन् । प्रदेश सरकारले कर्मचारी संगठन तथा व्यवस्थापन (ओएनएम) गर्दा निजामती किताब खानामा प्रदेशका नयाँ कार्यालयहरू अहिलेसम्म दर्ता भएका छैनन् । प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूले खाएको तलब बेरुजु निकाल्दै आएको छ । चालु आर्थिक वर्षमा प्रदेश अभिलेखालय स्थापना गरेर प्रदेशबाटै सबै काम गरिने जनाइएको छ । तर अभिलेखालय स्थापना हुन आवश्यक जनशक्ति छैन । अहिले ओएनएम गरेर अभिलेखालय स्थापना गर्न लागिएको छ । प्रतिवेदन पहिला संघीय निजामती किताबखानामा दर्ता हुनुपर्ने भएपनि हालसम्म भएको छैन । अब प्रदेशको अभिलेखालय बन्न सुरु भएको छ, प्रदेशको अभिलेखालयबाटै दर्ता हुनेछ ।
गत आर्थिक वर्षदेखि कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गर्न सुरु गरिसकेको छ । प्रदेश सरकारले गतवर्षदेखि वैयक्तिक विवरण फाराम प्रदान गर्न सुरु गरेको हो । प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरूको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान वितरण गर्न थालिएको हो । प्रदेश अभिलेख शाखा अद्यावधि रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधि कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट सुरु गरिसकेको छ । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न भनिएको छ । कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा–बढुवा भएपनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको हो । यो कार्यले सरुवा–बढुवा, पेन्सनलगायत कार्यमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २९ कार्तिक २०८१, बिहीबार ०६:०३
सम्पादकीय ।