गाडी दुर्घटनामा चार जनाको मृत्यु
सुर्खेत: दैलेखबाट सुर्खेततर्फ आइरहेको फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसोे वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै ०२००ख०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।
सुर्खेत प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन् । उनीहरूलाई प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरूले मृत घोषणा गरेका हुन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारका अनुसार फोर्स गाडीमा ३४ जना सवार रहेका थिए । १८ जनाको सिट क्षमता रहेको उक्त गाडीमा बालबालिकासहित ३४ जना सवार थिए । विपरीत दिशाबाट गएको स्कार्पियोले ठक्कर दिएपछि गाडी अनियन्त्रित भएर सडकबाट दुई मिटर तल भिरमा खसेको थियो ।
घाइते हुनेमा दैलेख नारायण नगरपालिका–४ का २८ वर्षीय चन्द्र मल्ल, भैरवी गाउँपालिका–३ का २८ वर्षीया जगतकुमारी विष्ट, उनको दुई वर्षीय छोरा स्माईल आचार्य, ६ वर्षीया छोरी स्मारिका आचार्य रहेका छन् । यस्तै १२ वर्षीय राजन थापा, २१ वर्षीय प्रकाश विष्ट, दुल्लू नगरपालिक–१२ का २६ वर्षीया चन्द्रा रावत, उनको सात वर्षीय छोरा सन्दिप रावत, भैरवी गाउँपालिका–१ का २२ वर्षीया सम्झना भण्डारी, उनको १८ महिनाको छोरा युनिक विष्ट घाइते भएका छन् ।
यस्तै १० वर्षीया चन्द्रा रावत, दुल्लू नगरपालिका– १९ वर्षीया सुजता रावत, सुजताकी नौ वर्षीया बिहानी, पहिचान नखुलेका १५ महिनाको बालिका पनि घाइते भएका छन् । त्यसैगरी यस्तै वीरेन्द्रनगर नगरपालिका–८ का ३४ वर्षीया कृष्णा थापा, उनको चार वर्षीय छोरा राजन थापा र ११ वर्षीया छोरी, दैलेख भैरवी गाउँपालिका–१ का १८ वर्षीया तुल्सी थापा, २३ वर्षीया लालकुमारी विष्ट, २२ वर्षीया पुष्पा खड्का, दैलेख नारायण नगरपालिका–४ का २५ वर्षीय बालाराम रेग्मी, महावु गाउँपालिका–३ का २५ वर्षीया सुवर्ण शाही, भैरवी गाउँपालिका–२ का १७ वर्षीय घनश्याम विष्ट, महावु गाउँपालिकाका २० वर्षीय प्रकाश बुढा र भैरवी गाउँपालिका–१ का ३१ वर्षीया रमा विष्ट रहेका छन् ।
यस्तै घाइते हुनेमा २० वर्षीया कमला विष्ट, महावु गाउँपालिका–३ का १६ वर्षीय हरी रावल, भैरवी गाउँपालिका–१ का २७ वर्षीया सुजता खत्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय सौगात मल्ल र दैलेख भैरवी गाउँपालिका–५ का ३० वर्षीय कमल नेपाली रहेका छन् ।
प्रकाशित मितिः २४ कार्तिक २०८१, शनिबार १०:४५
साझा बिसौनी ।