महासंघको अधिवेशन आज

सुर्खेत, ६ वैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको १० औं अधिवेशन बिहीवार आज हुँदैछ । गत फागुन १२ गते स्थगित भएको अधिवेशन आज हुने भएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । महासंघको आगामी तीन वर्षको कार्यकालका लागि दुईवटा प्यानल निर्वाचनमा जाने भएका छन् । प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार समाज, नेपाल पत्रकार समाज र क्रान्तिकारी पत्रकार संघको संयुक्त वाम प्यानल गठन भएको छ ।
यस्तै अर्को प्यानलतर्फ नेपाल प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपालको रहेका छन् । संयुक्त वाम प्यानलको तर्फबाट अध्यक्षका लागि प्रेस चौतारीका लक्ष्मण भण्डारी, खुला उपाध्यक्षमा दिपक बुढा, सचिवमा विनोद शाही, समावेशी सह–सचिवमा क्रान्तिकारी पत्रकार संघका सरस्वती गौतम र खुलातर्फ प्रगतिशीलका जीवन शाही रहेका छन् । यस्तै कोषाध्यक्षमा चौतारीकै कृष्ण आचार्य रहेका छन् ।
यस्तै अर्को प्यानलतर्फ अध्यक्षका लागि प्रेस सेन्टरबाट वर्तमान महासंघ शाखाका अध्यक्ष समेत रहेका गणेशकञ्चन भारती, खुल्ला उपाध्यक्षमा प्रेस युनियनका ललित बसेल, महिला उपाध्यक्षमा माया थापा, सचिवमा सुदिप पुरी र कोषाध्यक्षमा प्रेस सेन्टरकै टेकेन्द्र विश्वकर्मा लगायत उम्मेदवारहरू रहेको बताइएको छ ।