कस्तो माया ? (कथा)

विवेक पंगाली
फेसबुक लग इन गरें, सोलो इन्टरनेटको कारण फेसबुक लोडिङ हुने समयलाई प्रयोग गर्दै तातो पानी पिउनको लागी भान्सा कोठामा प्रवेश गरें । पानी पिएर कोठामा फर्कने वित्तिकै मेरो नजर ल्यापटपको स्क्रिनमा गयो । स्क्रिनमा फेसबुकको २३ वटा नोटिफिकेसन, ४ वटा म्यासेज र एउटा फ्रेन्ड रिक्वेष्टको सूचना रातो सर्कलमा देखियो । म म्यासेज प्रायः हत्तपत्त हेर्दैनथे । सुरुमा नोटिफिकेसनमा क्लिक गरें, सबैजसो अरूको लागि नै काम लाग्ने जस्ता थिए । स्क्रोल डाउन गरें । मेरो ‘बर्थ डे’ नामको पोस्टमा कमेन्ट आएको रहेछ । यो पोस्टमा निकै दिनपछिको कमेन्ट थियो । म कमेन्ट हेर्न आतुर भएँ । म तुरुन्त उक्त इन्फरमेसनमा क्लिक गरें । फोटोसहित कमेन्ट नि देखियो । कमेन्टमा लेखिएको थियोस ‘विवेक सर, हजुरको यो लेख मलाई असाध्यै मन प¥यो, मेरै निमित्त लेखेको जस्तो लाग्यो । लेखाइ राम्रो छ सर ।’
‘थ्याङ्कस विशाल सर’ टाइप गरें र उक्त कमेन्टको रिप्लाइ गरिदिएँ ।
अबको पालो भने म्यासेज हेर्ने थियो । म्यासेजको आइकानमा क्लिक गरें । मेरो सम्पूर्ण ध्यान जति इन बक्समा रहेका म्यासेजतर्फ केन्द्रित गरें । इन बक्समा तीनवटा म्यासेज प्राइभेट रहेछन् । एउटा भने विशाल सरको नै रहेछ । सायद, कमेन्टको नै कपी एण्ड पेस्ट गर्नु भएको हुँदो हो । म पनि अगाडिको मेरो रिप्लाई ‘थ्याङ्कस विशाल सर’ लाई कपी गरें र म्यासेजको जवाफ फर्काएँ । रिप्लाई गरिसकेर मेरा आँखा फ्रेन रिक्वेस्टको आइकनतर्फ मोडिए । एउटा पहिलेको सहकर्मी टिचर ‘विशाल शर्मा’ बाट फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । म परिचित व्यक्तिको रिक्वेस्ट देख्ने वित्तिकै एकपल पनि ढिलो नगररु ऐसेप्ट गरें । ऐसेप्ट गरेको २÷४ मिनेटमा नै ‘विशाल शर्मा नामबाट ‘के छ सर हजुरको अनि स्कुलको खबर ?’ लेखेर म्यासेज आयो । 
‘ठीकै छ सर तर एउटा ब्याड न्यूज छ’ रिप्लाई गरें ।
‘के भो र ?’
‘एउटा स्टुडेन्टले सु–साइड गरी सर’
‘कसले ?’
‘बिनाले, सो अस्ती स्कुल बिदा थियो ।’ 
सर पनि नर्भस बन्दै भन्नु भयो, ‘ओहो, के भन्दै हुनुहुन्छ के हजुर ?’
‘रिएल्ली सर, के हजुर लाई ठगें होला र मैले ?’ जवाफ गरेँ तर सरले रिप्लाई गर्नु भएन ।
भोलिपल्ट अफ लाइन म्यासेज गर्नु भएको रहेछ, ‘सर अबको कथा मेरो लेख्नुहोस ल !’ 
मलाई खिस्सी उडाएको जस्तो लाग्यो र हाँसेको इस्माइली ९स्म् स्म्० सेन्ड गरें । 
‘ल, किन हाँस्नु भएको ?’ 
‘सर, म कहाँ त्यस्तो राइटर हो र ? अरुको कथा लेख्न सक्ने ।
‘हजुरसँग लेखन कला रहेछ । एक पटक प्रयास त गर्नुहोस् ।’
‘हुन्छ, यदि हजुर भन्नु हुन्छ भने प्रयास गरौंला नि सर, हजुरलाई कति धेरै पटक कल गरें तर हजुरको मोबाइल स्वीच अफ छ ।’
‘सर, यसको कारण पनि कथामा नै खुल्नेछ’ सस्पेन्डिक जवाफ फर्काउनु भयो ।
यसपछि भने हामी फर्मल कुरातर्फ नै मोडियौं । हामी दुई बीच ‘फेस टु फेस’ भेट नभएको झण्डै ३÷४ महिना भएको थियो । त्यसैले दैनिक  कामकाज र आजभोलि टिचिङ गर्ने स्कुलको बारेमा जानकारी बाँड्यौ । यसबीचमा थप अन्य कुराहरू पनि शेर गर्न भ्याएछौं । कुराको क्रम रोकिएको थिएन । मलाई भने म्यासेज हेरिरहेका आँखाले निन्द्रा लाग्न थालेको सङ्केत गरे । सायद, उनीहरू पनि एक आपसमा भेट्न आतुर भएका हुँदा हुन् । मलाई कथा सुन्नमा झै । निन्द्राको अति नै चाप परेपछि म सरसँग भइरहेको कन्भरसेसन छोड्न बाध्य भएँ ।
शुक्रवारको दिन सरले मलाई फोनमार्फत् निमन्त्रणा गर्नुभयो । हामी घण्टाघर पार्कमा भेट्ने निर्णय गर्यौ । पार्कमा पुगेर एक आपसमा जोडिएर रहेका ओठलाई केही तन्काउँदै भेटलाई औपचारिकतामा बदल्यौं । गफको क्रम सुरु भयो । कथाको प्रकृतिबारे जान्नको लागि म पनि निकै उत्सुक थिएँ । गफको बीचमा नै सोधें,
‘सर ! कथा कस्तो खालको हो नि ?’ 
‘लभ स्टोरी’ उहाँले भन्नु भयो । 
‘लभ स्टोरी’ सुन्ने वित्तिकै पार्कको रमाइलोमा घुमेका मेरा नजर सर भएतर्फ मोडिए र म मुस्कुराएँ । 
भर्खर हाइअर एजुकेशन सकेर एउटा निजी विद्यालयमा पढाउनको निमित्त नियुक्ति पाएँ । सानोमा शिक्षक बनुला भनेर एक पटक पनि सोचेको थिइनँ । प्लस टु सकेर बसेको खाली टाइमलाई फुलफिल गर्नको लागि म शिक्षक बनेको थिएँ । टिचर भएकोमा म आफैलाई नौलो महसुस गर्दै थिएँ । जेठ महिना जताततै पारिलो घामले पोलिरहेको थियो । मलाई जीवनमा पहिलो पटक पाएको रोजगारीले गर्दा होला, यो पारिलो घामको समेत कुनै पर्वाह थिएन । घरदेखि स्कुल जान करिब एक घण्टा लाग्थ्यो तर पनि म पारिलो घाममा छाता समेत नओडि लुरुलुरु हिँड्न थाले ।
प्लस टु को परीक्षा सकेर रिजल्टको प्रतिक्षामा बसिरहेको थिएँ । मेरो शैक्षिक योग्यताले मलाई लगभग आठ कक्षासम्म पढाउन सक्ने बनाएको थियो । त्यसैले पनि होला म आठ कक्षासम्म कै लागि नियुक्ति पाएको थिएँ । स्कुलमा पढाउन थालेको करिब एक महिना भएको थियो । मलाई कक्षा नौ मा जानको लागि भाइस प्रिन्सिपल सरले रिक्वेस्ट गर्नुभयो । मेरो लिजर प्रियड भएता पनि, नौ कक्षामा भनेपछि म तुरुन्त पोजेटिभ भइदिएँ ।
कक्षा कोठामा प्रवेश गरें । यो भन्दा पहिले कहिल्यै नाइन कलासमा छिरेको थिएनँ । अब्सेन्ट टिचरको सट्टामा कलासमा छिरेको हुनाले म आफ्नै सब्जेट पढाउने निधो गरें । म पढाउनमा नै बिजी थिएँ, प्रियड सकिएको बेल बज्यो । म बाहिरिएँ । मनमा कता कता खुशीका तरंग बज्न थाले । कारण भने थाहा भएन । दुई÷तीन दिनपछि मलाई नाइन कलासमा पनि एउटा प्रियड थपिएको जानकारी प्रिन्सिपल सरबाट भयो । अब भने मनमा बजिरहेका खुशीका तरंगहरू मुहारमा समेत देखिन थाले । त्यसैले पनि होला मुहारमा नयाँ चमक थपिएको थियो रे ।
एक दिन थर्ड फ्लोरबाट कलास सकेर सेकेन्ड फ्लोरमा झर्दै थिएँ, ‘सर, एक छिन ल ?’ भन्ने वाक्यले म भ¥याङको त्यही सिंढीमा नै रोकिएँ । फर्किएर हेरेँ, कक्षा नौ कि नानीले बोलाएको रहिछन् । उनी म भएको ठाउँ नजिकै आइपुग्न नपाउँदै सोधें, ‘किन नानु ?’ 
‘सर, हजुरको फेसबुक छैन ?’ सानो स्वरमा सोधिन् ।
‘छ न त छ, बट अहिले डिऐक्टिवेट छ ।’ 
‘किन सर ?’
‘यत्तिकै’ मात्र उच्चारण गरें र उनीबाट छुट्टिएँ । डिटेल्स बताउनुपर्ने कुनै कारण देखिनँ । नत मेरो डिऐक्टिवेट अकाउन्टको उनी सोलुशन नै थिइन् । 
भोलिपल्ट मर्निङ एसेम्लीमा मेरो नजर हिजो भ¥याङमा बोलाएको नानीमा पर्न गयो । उ हल्का मुस्कुराइ, जवाफमा मैले पनि ओठ तन्काए । त्यसपछिका दिनहरूमा यो क्रम भने सधैं नै दोहोरिरह्यो, लाग्थ्यो उ लाइनमा मर्निङ प्रेरको लागि होइन मुस्कान साट्नको लागि आउँछे । किनकि म उसलाई नहोरुन्जेल उ मलाई एकटकले हेर्ने गर्दथी । हेरेपछि भने मुस्कुराउँदै अर्केतर्फ । शुक्रवारको दिन थियो, स्कुलमा फ्राइडे स्पेशल प्रोग्राम चल्दै थियो । उनी पनि म भए नजिक आएर बसिन् । म भने उनको ब्यवहार आँखा बङ्गाइबङ्गाइ नियालिरहेको थिएँ । ‘हजुरको फेसबुक किन नि डिएक्टिवेट ?’ उनको प्रश्नले मेरो एकाग्रता भंग ग¥यो ।
‘रिजन अन्नोन’ म थोरै मात्र हासें ।
‘केही न केही त भएर नै हो । त्यसै नि कसैले खोलिसकेको अकाउन्ट डिएक्टिवेट गर्छ र सर ?’ अगाडि झरेको कपाल कान पछाडिसम्म पु¥याउँदै उसले थपी ।
‘वास्तवमा भन्ने हो भने मलाई फेसबुक लग इन गर्ने टाइम नै छैन ।’ 
‘ए हो ?’ उनी फिस्स हासिन्, पत्याइन पनि होला ।
‘मिल्छ भने प्लीज फेसबुक एक्टिवेट गर्नुहोस् 
न ल !’
‘किन ? नाइ म एक्टिभ गर्न सक्दैन’ टाउको हल्लाउँदै भनें ।
‘इफ सो, भाइबर चलाउनु हुन्छ ?’
‘कहिले काही मात्र ।’
‘के हजुर मलाई भाइवरमा म्यासेज गर्न सक्नुहुन्छ ?’
यो प्रश्न सुन्ने बित्तिकै ‘नो थ्याङ्स’ भनेर रिजेक्ट गरिदिएँ । उनको मुहारको स्वरूपमा केही चेन्ज आएको महसुस गरें । सायद उनी रिसाइन होला । उसको मुहारमा आएको परिवर्तनले मलाई नि नरमाइलो लाग्यो । मलाई आफ्नो रुखो जवाफप्रति आफैलाई चित्त बुझेन । उनको मन दुखाएको महसुस गरें र थप्दै भनें, ‘ल भन त किन चाहियो तिमीलाई मेरो फेसबुक र भाइबर ?’
‘एउटा टिचर र स्टुडेन्ट फेसबुकमा एड हुनु कुनै नराम्रो मानिन्छ र ?’
‘त्यसो त मैले नि कहाँ भनेको छु र ? नराम्रो त केही हुने थिएन तर…’ म बीचमा नै रोकिएँ । मेरा नजरहरू सम्पूर्ण प्रोग्रामतर्फ नै थिए तर ध्यान भने थिएन । एक पटक ध्यान पनि प्रोग्रामतर्फ मोडें । उनले केही भन्न खोज्दै थिइन म उनीतर्फ फर्किएँ र चोर औंला ओठमा राख्दै उनलाई बीचमा नै रोकें । एक छिन मौनता छायो । ध्यान जति जम्मै प्रोग्राममा गयो । मौनता तोड्दै म बोलें ‘एउटा कुरा सोध्छु ल ?’
‘एस प्लीज’ हातले मुख छेक्दै भनिन् ।
‘तिम्रो नाम भन्न मिल्छ ?’ मधुरो स्वरमा उच्चारण गरें ।
‘कठैं, अहिलेसम्म एउटा स्टुडेन्टको नाम नि थाहा छैन है ?’
‘सरी, याद नै भएन ।’ मैले जवाफ फर्काएँ ।
‘भो, भन्दैन’ अलि निमोठिएर बोली ।
‘भन्न नै नमिल्ने हो भने कर नि गर्दैन’ पोलाइट स्वरमा बोलें ।
‘त्यसो त होइन तर पनि आफ्नो स्टुडेन्टको नाम त हजुरलाई थाहा हुनुपर्छ नि ।’
‘हुनुपर्ने सम्पूर्ण चिज कहाँ हुन्छ र ?’
नाम थाहा नपाएर नै प्रोग्राम सकिएछ । म बसिरहेको बेन्चबाट उठें । उसले ‘बाइ’ भनि मैले जवाफमा मुस्कान दिएँ । एक दिनपछि, शनिवार साँझको समयमा मोबाइलमा म्यासेज टोन बज्यो । म्यासेजमा ‘इट्स मी रबिना । सरि फर ह्वाट आइ डिड येस्टर्डे’ लेखिएको थियो । म एक छिन त अक्क न बक्क भएँ । हिजो गरेका सम्पूर्ण क्रियाकलापहरू स्मरण गरें । एक छिन पछाडि बल्ल हिजो स्कुलमा एक जना नानुलाई नाम सोधेको र उसले नाम नभनेको पलको सम्झना भयो तर म्यासेमा केही त्यस्तो उल्लेख नगरिएको कारण स्योर हुन भने सकिनँ । मलाई कन्फ्युड भइरहन मन लागेन । ‘हु आर यु’ लेखेर सेन्ड गरें । म्यासेज सेन्ट भएको ३ सेकेन्डमा नै ‘हिजो जसलाई हजुरले नाम सोध्नु भएको थियो’ लेखिएर रिप्लाई आयो । म तीन छक्क परें । विभिन्न बाहाना बनाएर नदिएको मोबाइल नं. उसले पत्ता लगाई सकिछे । ‘नम्बर कसले दियो ?’ भनेर सोधें । ‘म आफै थाहा पाएँ’ भनि । मैले रिप्लाई गर्न पाँच मिनेट लगाउन थालें । उसले भने सकेसम्म छिटो । आफूले छिटो रिप्लाई गरेकै कारण होला किन लेट रिप्लाई ? भनेर समेत सोधेकी थिइ ।
प्रायः हरेक साँझहरूमा म्यासेज आउन थाले । कुनै खास म्यासेजको रिप्लाई नि पठाउन थालें र यो मेरो कर्तव्य पनि हो । यो क्रम विस्तारै म्यासेजबाट भाइवरतर्फ सल्कियो । त्यसपछि भने पहिलेको भन्दा बढी म्यासेज पठाउन थाली । म भने अल्छि मानी मानी २÷३ वटा म्यासेज आइसकेपछि मात्र एउटा रिप्लाई गरिरहें । ‘हाई, के छ ? खाना खानुभयो ? अनि के गर्दै ?’  यी हुन उसले हरेक साँझमा सेन्ड गर्ने म्यासेजका केही अंश । लोडसेडिङ नभएको समयका म्यासेजलाई भाइबरबाट नै रिप्लाई दिन्थें नत्र भने सकेसम्म रिप्लाई दिन्नथें । रिप्लाई नगरेको दिन मर्निङमा नै गुड मर्निङको सट्टा किन रिप्लाई नगर्नु भएको भनेर सोध्न समेत पछि परिन । भाइबरमा आउने म्यासेको बढी रिप्लाई भएर नै होला, एसएमएसमा कमी हुँदै गयो । हरेक दिन कलासमा प्रवेश हुने वित्तिकै उ मलाई एक टकले हेर्न सुरु गेरेकी थिई । उ आफ्नो सेकेन्ड बेन्चबाट सिफ्ट भएर लास्ट बेन्चमा बस्न थाली । साँझमा भाइबरमा सोधे ‘किन लास्ट बेन्चमा हँ ?’
‘हेर्न सजिलो हुन्छ भनेर’ तुरुन्त जवाफ पठाइ ।
‘के रे ?’
‘नोथिङ्ग ।’
फेरि केही प्रश्न सोध्न मन लाग्यो र लेखें, ‘लास्ट बेन्चमा सर्ने मान्छेको कलासको पोजिसन के हो 
नि ?’
ुज्ञद्दतजु उसले रिप्लाई गरी ।
‘मात्रै ? यो त भएन नि । मलाई म्यासेज गर्ने समयमा बरु स्टडी गर । अनि कलासमा अलि सिरिएस बन । सबैभन्दा ठूलो कुरा पढाइ नै हो ।’ पहिलो पटक यति धेरै लामो म्यासेज म्यासेज सेन्ड गरें ।
‘ओके, आई वील ट्राइ माइ बेस्ट’ उ आज्ञाकारी बनी ।
‘इफ सो, पढ्न लाग’ मैले बाइ भनें ।
‘हस, सी यु टुमारो, गुड नाइटस’ लेखी । 
भाइबरमा च्याट सुरु भएदेखि उ स्कुलमा पहिले जस्तो गरेर बोल्दैनथी । वास्ता नै नगरेको जस्तो भान हुन्थ्यो मलाई । म पनि नर्मल नै थिएँ ।  निरन्तरको म्यासेजले हामी दुई झन् झन् भाइबरमा नजिक बन्दै गइरहेको थियौ । एक दिन शुक्रवार बिदा परेको रहेछ । स्कुल लगातार दुई दिनसम्म बिदा हुने भयो भनेर म निकै रमाइ रहेको थिएँ । 
‘भोली र पर्सी बिदा मलाई कस्तो नरमाइलो फिल भइरहेछ’ घरमा प्रवेश गर्ने वित्तिकै भाइबरको उसको नामबाट म्यासेज देखियो ।
‘मलाई त कस्तो रमाइलो लागि रा’छ’ रुममा नछिर्दै रिप्लाई गरेँ। 
‘भोलिको प्लान ?’
‘नथिङ स्पेसल, ममीसँग कुरा गरेर बस्नुपर्ला ।’
‘किन ? अरु बेला बोल्नु हुँदैन र ?’ हाँसेको स्माइली समेत मिसाएर सेन्ड गरी ।
‘तिमीलाई के लाग्छ ?’
‘प्लिज लिभ दिस म्याटर, टपिक चेन्ज ल ।’
‘ओके ।’
‘पर्सी हजुर खाली हो ?’
‘खै, अहिलेसम्म त थाहा छैन, सायद खाली नै हुन्छु होला । किन ?’
‘त्यसै सोधेको ।’
यस्तै–यस्तै कुराहरूबाट च्याटिङ लम्बिरहेको थियो । जहिले पनि बाइ भन्ने म नै हुन्थें । त्यसैले आज पनि मैले नै बाइ भनें । ‘किन ?’ उसको म्यासेज आएको देखे पनि रिप्लाइ नगरी अफ लाइन भएँ । बिदाको दोस्रो दिन मध्यान्नपछि मोबाइलमा कल गरी । म साथी सँग थिएँ । त्यसैले कल रिसिभ गरिनँ । नजिकै भएको साथीले पनि कल आएको रिसिभ नगरेको थाहा पाए । कसको कल? किन रिसिभ नगरेको ? उनले जिज्ञासा व्यक्त गरे । 
‘स्टुडेन्टको । सो रिसिभ नगरेको ।’
‘किन ? रिसिभ गर्न नै नमिल्ने त होइन होला ।’ यो सुनिसकेपछि म बाध्य बनें र बाहाना बनाउँदै भने ‘फस्ट कल रिसिभ नगरेको नि । अब आयो भने रिसिभ गरौंला नि यार । विद्यार्थीको कल एण्ड म्यासेजको तुरुन्त रिप्लाई दियो भने उनीहरूले हेप्न थाल्छन् के ।’
‘अँ, हुन त हो है ।’
फोनमा र च्याटमा जे जति कुराहरू भएता पनि स्कुलमा भने कहिल्यै त्यस्तो व्यवहार देखाइन पछिल्ला दिनहरूमा । स्कुलमा पनि पहिले भन्दा केही फरक भएको महसुस गर्दै थिए सम्पूर्ण टिचर स्टाफहरू ।  रिजल्टमा नि केही सुधार भयो । ऊ मेरै कारणले फरक नै भएकी थी कि मेरो सोचाइ मात्र थियो त्यो भने स्पष्ट हुन सकिरहेको 
थिएन । हामीबीच कुरा हुन थालेको करिब तीन महिना पुग्नै आँटेको रहेछ । उसले भने दिनहरू बढे सँगै च्याटिङ र कलको टाइम पनि बढाइरहेकी थिइ। उसले बाइ भन्ने प्रतिक्षा गर्दै गर्दा एक पटक झन्डै एक घण्टा पु¥याएकी थिइ । त्यसपछिका दिनहरूमा मलाई मनमा डर पैदा हुन थाल्यो । र कलमा सिधैं भने ‘तिमी किन मलाई यसरी कल र म्यासेज गर्छौ ?’
‘किन र ? एउटा स्टुडेन्टले टिचरलाई कल गर्नु हुँदैन र ?’ उल्टै मलाई नै प्रश्न गरी ।
‘गर्नु नै हुन्न त मैले नि कहाँ भनेको छु र ? तर तिमीले जुन सपना देखेको छौ त्यो कदापी सम्भव छैन रबिना ।’
‘त्यस्तो केही होइन, मैले निस्वार्थ भावमा टिचरलाई कल गरेको हो ।’ यो भन्दै गर्दा बीचमा नै केही रोकिएकी थिइ ऊ ।
‘भोलिका दिनहरूमा हाम्रो यो सम्बन्ध स्थापित हुँदै गयो र कसैले थाहा पायो भने नि सम्पूर्ण दोषहरू मलाई नै आउने छन रबिना । गल्ति जहिले नि ठूलो मान्छेको नै हुन्छ ।’
‘म आउन दिने छैन’ भ्वाइस चेन्ज भएको थियो । मलाई लाग्थ्यो ऊ रोइ रहेकी छे ।
फेरि सम्झाउँदै थपें, ‘म एउटा टिचर, नामको पछाडि जोडिएर आउने अर्को उपनाम ‘सर’ यो शब्दले मलाई मेरो ईज्जत, गाउँ, समाज र समग्र देशको नै जिम्मेवारी बोध गराइरहेको छ । यदि मैले नै यस्तो नाजायज काम गरें भने देख्नेले पनि के भन्लान ?’ म अझै केहिी थप्दै थिएँ, उसले ‘कसैलाई माया गर्नु नि नाजायज काम हुन्छ र ?’ भन्दै गर्दा थामीरहेको उसको रुवाइ नियन्त्रण बाहिर पुग्यो । जो म सहजै सुनिरहेको थिए । म चाहेर पनि केही गर्न सक्दैनथें । उ रोएको सुनेर मेरो नि मुटु भक्कानिएर आयो । आँखाहरू रसबरी डुबे झै आँशुमा डुबेँ । त्यसपछि म केही बोल्न सकेन । नत उसले नै केही सोधी । एक छिनपछि मुटुमा परेको गाँठो फुकाउँदै ‘रबिना ?’ उच्चारण गरें । उ केही बोलिन । केही सेकेन्डपछि फेरि बोलाएँ तर पनि केही बोलिन र फोन कामी । अन्तिम पटक कल गर्छु भनि एक पटक उसको नम्बर डायल गरें, ‘माफ गर्नुहोला, तपाईंले डायल गर्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ’ भन्ने टोन बज्यो । त्यसपछि भने म झनै पिरोलिएँ । कहिले काही कुरा गर्दै जाँदा बीचमा नै ‘वाउ, बिचार त यस्तो पो होस्’ भनेकी थिइ । उसले कलमा साटेका फिलिङ्सहरू मलाई नि मन नपरेका भने होइनन् तर पनि म बाध्य थिएँ । केही विचारहरू उसका पनि निकै राम्रा थिए । उसको उमेर सानो नै भएता पनि निकै म्याच्युर कुरा शेयर गर्दथी । निकै दिनसम्म आउट अफ कन्ट्याक्ट भयौं । कलासमा पनि पहिले जस्तो हेर्न छाडेकी थिइ । सधैं बिहानको मर्निङ प्रेरमा मुस्कान साट्ने ती ओठहरू खुम्चिएर बसेका थिए । लाग्थ्यो ती ओठहरू केही दिनदेखि नै जाम भएका छन् । वीर नेपालीको उच्च रहने शीर पनि निहुरिरहेको थियो । यो देख्दा त अहिले भर्खर उसलाई ‘एस’ भनुँ र उसलाई खुशी पारुँ भन्ने झै लाग्यो । तर म उस्लाई क्षणिक हाँसो दिन चाहदैनथे । दुई दिनको लागि फेक लभ गर्न चाहदैनथेँ उसले त्यो बुझ्ने प्रयास कहिल्यै नि गरिन । उसको सोचाइमा म एउटा केटो मात्र थिएँ । म एउटा टिचर पनि हो भन्ने भुलेकी थिइ । 
‘सरी, आई वील नेभर बी कम्प्लिट वीथ वाउट यु । बिकउज, वीथ वाउट फस्ट लेटर अफ योर नेम माइ नेम क्यानन्ट कम्प्लिट’ लेखेर म्यासेज आयो । 
‘त्यस्तो होइन । प्लीज रबिना कन्ट्रोल योरसेल्फ, यु आर क्यापेबल अफ सो मच देन यु’ टाइप गरे र रिप्लाइ गरें । 
‘हजुर आफै हेर्नुहोस् न वीथ आउट ‘बि’ हाउ इज इट पोसिबल टु बि अ रबिना ?’
कुनै पनि किसिमको उत्तर लेख्न मन लागेन र मोबाइल अफ 
गरें । भोलिपल्ट स्कुल जान मन लागेन र बिदामा बसें । एक दिन मात्र बिदा हुँदा पनि फोन र म्यासेज गर्दथी तर मोबाइल नै अफ भएपछि त्यो कुराबाट मुक्ति मिल्यो । पर्सीपल्ट मात्र स्कुल गएँ । कलासमा कुनै त्यस्तो बोलचाल गरिन । मैले पनि केही वास्ता गरेन । एकै छिन पछाडी ऊ एक्कासी रुन थाली । उसको बेन्चमा रहेका साथीहरू अचम्ममा परे । कलासका सबै जना दङ्ग परे । सबैको ध्यान रबिनातर्फ मोडियो र म पनि पढाउन बन्द गरें । बेन्चका साथीहरूले उसलाई सोधेस ‘के भो रबिना ? किन प्लीज भनन ् ।’ तर उसले कुनै जवाफ निकालिन । एकै छिनमा यो कुरा अफिसमा पुग्यो । प्रिन्सिपल सर कलासमा नै आउनु भयो । 
‘के भयो र सर ?’ मलाई सोध्नु भयो ।
‘उनी एक्कासी रुन सुरु गरिन् । हामीले केही थाहा नै पाएनौं’ रबिनातर्फ हेर्दै बोलें । मलाई नरमाइलो महसुस भयो । उ रुनुको कारण म नै थिएँ त्यो मलाई थाहा थियो । तर म चाहेर पनि प्रिन्सिपल सरसँग यो कुरा व्यक्त गर्न सक्दैनथें ।
मोबाइल अफ भएता पनि रबिना मसँग झन्–झन् क्रेजी हुँदै गइरहेकी थिइ । अफ गर्दा पनि समाधान हुन नसकेपछि मलाई स्कुल जान पनि मन लाग्न छाड्यो । स्कुल नजिक पुग्नै लाग्दा मनमा डर भरिन थाल्यो। स्कुलको सिंढीमा विभिन्न बाहानामा केही न केही सोधेकै हुन्थी । अनलाइन भए नि उसका नै म्यासेजको वर्षात । उसको मायाबाट टाढा भाग्न कै लागि स्कुल छोडें । अफ गरेको मोबाइल अझ पनि अफ नै छ सर । एउटा टिचर प्रति स्टुडेन्टको आकर्षण कुनै नौलो र ठूलो मानेन । मैले कहिल्यै पनि उसको मायामा सिरियस बन्न सकिन । म अपराधी हो सर । उसको सु–साइडको कारण म नै हुँ ।’  
म यो सुनिसके पछि थप अरु सुन्न चाहिनँ, जुरुक्क उठें र पार्कबाट बाहिर निस्किएँ । सरको गल्ती हो या होइन छुट्याउन नै सकिरहेको छैन अझै पनि ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:१०