प्रभावकारी योजना
कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयहरूको निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाशयहरूको निर्माण गर्न लागिएको हो । सिँचाइ सुविधा पु¥याउने तथा जल संरक्षण गर्ने उद्देश्य राखेर बहूउपयोगी जलाशयहरूको निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा बहुउपयोगी जलाशयहरूको निर्माणका लागि १७ करोड बजेट विनियोजन गरिएको छ । यो वर्ष सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा चार÷पाँच वटा सम्भावित जलाशयहरूको सम्भाव्यता अध्ययन गरिने छ । यो वर्ष सम्भाव्यता अध्ययनका लागि १७ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले सिँचाइको सुविधा पु¥याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । पहाडबाट बग्ने वर्षातको पानी संकलन गरेर ठाउँ–ठाउँमा बहुउपयोगी जलाशयहरू बनाइनेछ । जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्नका लागि बहुउपयोगी जलाशयहरूको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । जलाशयको वरिपरि पर्यटक बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचना बनाउने, माछापालन गर्ने, होटल, रिसोर्ट र होमस्टे सञ्चालन गर्ने, डुंगा शयरको व्यवस्था मिलाउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सरकारले राखेको छ । जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महŒवपूर्ण हुने भएकाले यो वर्ष सम्भाव्यता अध्ययन गरेर निर्माणको काम थालिने छ । प्रदेश सरकारले यो वर्ष जलसंरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो वर्षबाट जल संरक्षणका धेरै कार्यक्रम थालिएको छ । जलस्रोत माथिको बढ्दो चाप तथा जलवायु परिवर्तनले पारेको प्रतिकूल असर न्यूनिकरण गर्न बहुउपयोगी जलाशयहरूको निर्माण महत्वपूर्ण मानिन्छ । पर्यावरण संरक्षण समेतमा टेवा पु¥याउन, परम्परागत मूल, ताल, तलैया, र पोखरीको संरक्षण र विकास गर्न लागिएको हो । जसबाट जल संरक्षण गरेर पर्यटन प्रवद्र्धनमा जोड दिने लक्ष्य राखिएको छ ।
प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । कर्णाली प्रदेशका दैलेख, डोल्पा र सुर्खेतमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरूको भण्डार मानिएको छ । तर ती तालहरूको संरक्षण हुन सकेको छैन । त्यसैले पनि प्रदेश सरकारले अघि सारेको जल संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयहरूको निर्माण गर्ने योजना प्रभावकारी देखिन्छ ।
प्रकाशित मितिः ६ कार्तिक २०८१, मंगलवार ०५:०३
सम्पादकीय ।