बौद्ध ग्रामीणको साधारणसभा

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–९, सुर्खेतको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङ्गको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा आइतवार वीरेन्द्रनगरमा सभा सम्पन्न भएको हो ।

साधारणसभाका उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले अन्य संस्थाले भन्दा फरक तरिकाले काम गरेको भन्दै बौद्ध ग्रामिणको प्रशंसा गरे । कार्यक्रमा केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानी, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ओमप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक सुर्खेतका प्रमुख सागरनाथ योगीलगायतको सहभागिता रहेको थियो ।

संस्थाका कार्यकारी प्रमुख विशाल केसीले सहजीकरण गरेको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई पुरस्कृत तथा सम्मानसमेत गरिएको छ ।

प्रकाशित मितिः   २१ आश्विन २०८१, सोमबार ०५:०४