सुर्खेतमा दोहोरी साँझ सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ । 
जिल्लामा पहिलो पटक दोहोरी साँझ सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–४ एरिचौक नजिकै काँक्रेविहार दोहोरी साँझको शुक्रवार उद्घाटन भएको छ । वरिष्ठ कलाकार भीमबहादुर कार्कीले पानसमा बत्ती बाल्दै लोकगीत गाएर दोहोरी साँझको उद्घाटन गरेका हुन् । दोहोरी साँझका व्यवस्थापक भक्तबहादुर थापाले संस्कृतिको संरक्षण गर्नका लागि दोहोरी साँझ सञ्चालन गरिएको बताए । कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरीले लोकदोहोरीको संरक्षणमा यसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । दोहोरीको नाममा विकृति र विसंगतिहरू पनि भित्रिएको भन्दै त्यसतर्फ भने सबै सचेत हुनुपर्ने उनको भनाइ थियो । 
कार्यक्रममा खीमा चन्द, सुकदेव अधिकारी, पार्वती थापा, विजय सेजुवाल लगायतले एकल एवम् दोहोरी गीत प्रस्तुत गरेका थिए । कलाकारहरू रामबहादुर बुढा, ज्ञानबहादुर नेपाली, खम्बराज गिरी, विजय सेजुवाल, पदमपुरा सेजुवाल लगायतको प्रस्तुती रहने व्यवस्थापकले जानकारी दिए  । भानुभक्त खड्का, खगेन्द्र अधिकारी, टेकेन्द्र विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम दोहोरी साँझका व्यवस्थापक भक्तबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:२८