पत्रलेखन प्रतियोगिताको परिणाम सार्वजनिक
सुर्खेत: माध्यमिक विद्यालयस्तरीय पत्रलेखन प्रतियोगितामा त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीका कुशल उपाध्याय प्रथम भएका छन् । विश्व हुलाक दिवसको अवसरमा हुलाक निर्देशनालय सुर्खेतले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उपाध्याय प्रथम भएका हुन् ।
असोज १३ गते आयोजना गरिएको प्रतियोगिताको परिणाम शुक्रवार सार्वजनिक गरिएको हो । वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच प्रतियोगिता गराइएको हो । जसमा २० वटा विद्यालयका २० जना छात्रछात्राहरू सहभागी थिए ।
प्रतियोगितामा सेडा आवासिय विद्यालयका भवानी बस्नेत द्वितीय र मध्यपश्चिम बोर्डिङ स्कुलका अस्मिता देवकोटा तृतीय भए । त्यसैगरी पब्लिक एकेडेमीका मेनिका रावल, सिद्धार्थ पाठशालाका कैलाश तारामीमगर र कृष्ण संस्कृत माध्यमिक विद्यालय इत्रामका विपना रेग्मीले सान्तवना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगी विद्यार्थीहरूलाई नेपालमा हुलाक सेवाको ऐतिहासिकता र वर्तमानमा यसको महŒव प्रकाश पार्दै अभिभावक वा साथीलाई चिठी लेख्न लगाइएको थियो । सुनिताकुमारी खत्रीको संयोजकत्वमा रहेको प्रतियोगिताको निर्णायक समितिमा अतिथि सदस्यमा हितप्रसाद पौडेल र नारायण तिमिल्सेना रहेका थिए ।
प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई विश्व हुलाक दिवसकै दिन अर्थात् असोज २३ गते हुलाक निर्देशनालय सुर्खेतमा हुने कार्यक्रममा प्रमाण पत्र र पुरस्कार वितरण गरिने निर्देशनालयका सूचना अधिकारी सुनिताकुमारी खत्रीले जानकारी दिइन् ।
प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार ०९:४९
साझा बिसौनी ।