सवस्टेशन निर्माण सुरु
हुम्ला: हुम्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सदरमुकाम सिमकोटमा हिल्दुम विद्युत वितरण केन्द्रको ग्राउण्डमा सवस्टेशन निर्माण सुरु भएको हो । सवस्टेशनको निर्माण कार्यको शिलान्याससमेत गरिसकिएको छ ।
जिल्लालाई ३३ र ११ केभी प्रशारण लाइन जोड्नका लागि आवश्यक पर्ने सवस्टेशन निर्माण सुरु भएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए । उनले निर्माण कम्पनीले दुई वर्षमा सवस्टेशनको निर्माण पूरा गर्नेगरी विद्युत प्राधिकरणसँग सम्झौता भएको बताए । यो काम सम्पन्न गर्न केआरवाईपिएस र जेटएलसिसि जेभी मैतीदेखि सेतो पुल छनौट भएको हो ।
सिमकोटका साथै हुम्ला जिल्लाकै अदानचुली गाउँपालिकाको गल्फागाड तथा मुगु जिल्लाका लागि माङ्ग्री र सैनामा पनि सोही निर्माण कम्पनीले सवस्टेशन निर्माण गर्नेछ । त्यसैगरी, हुम्ला जिल्लालाई ३३ र ११ केभी प्रशासरण लाइन तान्ने कार्य पनि उक्त निर्माण कम्पनीले गर्नेछ । यसका लागि निर्माण कम्पनी र विद्युत प्राधिकरणबीच डेढ अर्ब रूपैयाँ लाग्ने गरी सम्झौता भएको छ ।
प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार ०९:४६
साझा बिसौनी ।