शुभकामना आदान–प्रदान

सुर्खेत: भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेश कार्यसमिति सुर्खेतले विजयादशमी, दिपावली र छट पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार वीरेन्द्रनगरमा प्रतिष्ठानको कर्णाली प्रदेशका अध्यक्ष काँशीराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकै केन्द्रिय उपाध्यक्ष यज्ञप्रसाद उपाध्याय प्रमुख अतिथि थिए ।

शुभकामना आदानप्रदानसँगै भट्टराइ परिवारमा घटस्थापनाको महŒवका साथै वंशावलीमा छुट भएको परिवारको लगत संकलन गरी नाम समावेश गर्नेबारे पनि छलफल गरिएको जनाइएको छ ।

प्रतिष्ठानका केन्द्रिय सदस्य देवी भट्टराई, प्रेमप्रसाद भट्टराई, समाज सेवी एवम् प्रतिष्ठानका सल्लाहकार गंगाराम भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईलगायतको उपस्थित रहेको कार्यक्रमको सहजिकरण तथा सञ्चालन प्रतिष्ठानका सचिव शोम भट्टराईले गरेका थिए ।

प्रकाशित मितिः   १८ आश्विन २०८१, शुक्रबार ०५:०३