सुन चोर्र्ने पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ । 
सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीवार पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधवार बिहान चोरी गर्ने सुर्खेत छाप्रे– ६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो । 
प्रहरीले मगरका साथबाट एक थान औंठी र १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औंठी चोरी भएको प्रहरीले बताएको छ ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:३२