कुस्ती संघ गठन

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ । 
जिल्ला कुस्ती संघ सुर्खेतको अध्यक्षमा गगनसिंह ठकुरी चयन भएका छन् । सिंहको अध्यक्षतामा ११ सदस्यीय समित गठन गरिएको हो ।
उपाध्यक्षमा विष्णु महतारा, सचिवमा निर्मल विष्ट, सहसचिवमा कृष्ण विक र कोषाध्यक्षमा लक्ष्मी बुढा चयन भएका छन् । यस्तै सदस्यहरूमा कमल कठायत, मिलन केसी, अनु आकुरा, सुमित लामिछाने रहेका छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरी, सदस्य चन्द्र बुढा, कार्यालय प्रमुख निलमणि आचार्य, उस्सु प्रशिक्षक रमेश तुलाधर लगायतको उपस्थिति रहेको थियो ।