साना किसान सहकारीको साधारणसभा
सुर्खेत: साना किसान कृषि सहकारी संस्था वीरेन्द्रनगर–३, उत्तरगंगाको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षता तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सभा गरिएको हो ।
साधारणसभामा संस्थाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीले समीक्षागतरूपमा आर्थिक वर्ष २०८०/०८१ को कारोबार प्रस्तुत गरेका थिए । उनले ५१ करोड चार लाख ९१ हजार रूपैयाँ बराबरको प्रगति प्रस्तुत गरे । कारोबार गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५७ करोड ७२ लाख नौ हजार बराबरको प्रस्तावित कारोबार पनि प्रस्तुत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कँडेलले साना किसान कृषि सहकारीले कृषकहरूको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै प्रशंसा गरे । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले साना किसान कृषि सहकारी संस्थालाई पनि प्रदेश सरकारले दिँदै आएको व्याज छुट अनुदान कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषि विकास निर्देशनालयका निर्देशक परशुराम रावतले पनि संस्थाको प्रगतिको शुभकामना दिए ।
प्रकाशित मितिः ८ आश्विन २०८१, मंगलवार ०५:०२
साझा बिसौनी ।