प्रदेश नं. ६ मा वित्तीय क्षेत्रः आकर्षण कम, अवसर धेरै

भेरी अञ्चलका तीन, कर्णालीका पाँच र राप्तीका दुई जिल्ला मिलेर बनेको प्रदेश नं. ६ मा वित्तीय क्षेत्रका लागि धेरै अवसरहरू रहेका छन् । अवसर हुँदाहुँदै पनि प्रदेश नं. ६ मा ठूला कलकारखाना, उद्योगधन्दा र व्यापारको सीमित दायराका कारणले अझैं पनि वित्तीय क्षेत्रको पहुँच वृद्धि हुन सकेको छैन् । वित्तीय क्षेत्रको चहलपहलको कमीका कारणले यस क्षेत्रमा आर्थिक वृद्धिदर पनि न्यून अवस्थामा रहेको
छ । आर्थिक क्षेत्रको विकासले गति लिन सकेको छैन । आर्थिक क्षेत्रको विकास नहुँदा यस प्रदेशमा बैंकिङ क्षेत्रको लगानी निकै न्यून देखिन्छ ।
बैंकिङ क्षेत्रले लगानी बढाए अवसर
बजार क्षेत्रको कमी उत्पादनमूलक क्षेत्रको अभावका कारणले प्रदेश नं. ६ मा बैंकिङ क्षेत्रको लगानी निकै न्यून देखिन्छ । सुर्खेतमा बजार क्षेत्रको विस्तार हुँदै गएका कारणले बैंकिङ क्षेत्रले केही गति लिएको भए पनि अन्य जिल्लामा भने वाणिज्य बैंकहरू निकै कम मात्रामा रहेका छन् । कर्णाली करिडोर, भेरी करिडोर निर्माण र नवलसिंहगाड जलविद्युत आयोजना, तिला कर्णाली आयोजना लगाएतका काम सुरु हुने हल्ला चलेपछि कालिकोट र जाजरकोटमा केही वित्तीय संस्थाहरूले खुल्ने क्रम बढेको भए पनि अन्य क्षेत्रमा खासै बैंकिङ क्षेत्रहरूले चासो दिएका छैनन् ।
जल, जंगल, जडिबुटी, पर्यटन क्षेत्रको प्रचूर सम्भावना लगायतका लगानीका क्षेत्र प्रशस्त भए पनि वित्तीय क्षेत्रको ध्यान त्यतातर्फ जान नसकेका कारणले कर्णाली प्रदेशमा बैंकहरूले लगानी गर्न नसकेका कारणले वित्तीय पहुँच बढ्न सकेको छैन् । वित्तीय क्षेत्रका लागि लगानी गर्नसक्ने धेरै क्षेत्रहरू रहेका छन् । जल जडिबुटी, जंगल र पर्यटन धनी प्रदेश हो । तर, पनि लगानी मैत्री वातावरण नहुँदा यी क्षेत्रमा वित्तीय क्षेत्रको आकर्षण बढ्न सकेको छैन् । वित्तीय क्षेत्रको आकर्षण बढ्न नसक्दा यो क्षेत्रमा आर्थिक विकासले गति लिन नसकेको र लगानीका क्षेत्र धेरै हुँदा पनि बैंक तथा वित्तीय संस्थाहरूले लगानीको सुरक्षा नदेखेका कारणले लगानी कम गर्ने गरेका छन् । लगानीका क्षेत्र कम हुँदा वित्तीय क्षेत्रको आकर्षण देखेका छैनन् । यस क्षेत्रमा बैंक र वित्तीय संस्थाहरू पनि निकै कम रहेका कारणले लगानी वातावरण बन्न सकेको छैन ।
विभिन्न क्षेत्रमा न्यून
एउटा तथ्यांक अनुसार यस प्रदेशमा २८ हजार नौ सय ७३ वर्ग किलोमिटर जमिन अथवा नेपालको कूल जमिनको १९.६८ प्रतिशत भू–भाग रहेको छ । यो प्रदेशको भू–भाग अन्य प्रदेशको भू–भागभन्दा बढी भए पनि भू–उपयोग हुन सकेको छैन् । न्यून भू–उपयोगको कम आवादीका कारणले कृषि क्षेत्रमा परनिर्भर रहेका कारणले पनि बैंक र वित्तीय क्षेत्रहरूले कृषि लगायतका क्षेत्रमा लगानी बढाउन कञ्जुसाइ गरिरहेका छन् । भू–भाग ठूलो हिस्सामा आवादी छैन् । कृषिमा लगानी निकै कम रहेको छ । भू–उपयोगको कम भएका कारणले आवादी लगायतका कारणले कृषि क्षेत्रमा बैंक र वित्तीय क्षेत्र लगानी गर्न सकेका छैनन् ।
सरकारी विभिन्न तथ्यांक अनुसार नेपालकै यो प्रदेशमा मानव विकास सूचकांक ०.४०९ छ, जुन औसत भन्दा कम छ भने कृषि क्षेत्रको सूचकांक ०.०७७ रहेको छ, जुन अन्य प्रदेशहरूको तुलनामा ज्यादै न्यून हो । केन्द्रीय राजस्व संकलनमा यस प्रदेशको योगदान सबैभन्दा न्यून ०.१२ प्रतिशत छ भने राजस्व बाँडफाँट यस प्रदेशमा ३ प्रतिशत रहेको हुन आउँछ । यो प्रदेशको प्रतिव्यक्ति आय आठ सय आठ अमेरिकी डलर छ, जुन अन्य प्रदेशहरूको तुलनामा कम हो । प्रतिव्यक्ति आय न्यून, कृषि, पशुपालन, बैंकिङ क्षेत्रको गतिविधि न्यून, लगायतका कारणले बैंकहरूले कर्जा प्रवाह कम गर्ने गरेको कठिन भूगोलका कारणले ग्रामीण इलाकासम्म बैंक तथा वित्तीय क्षेत्र पुग्न सकेको छैन् । कठिन भूगोल, यातायातको सबै ठाउँमा पहुँच हुन नसक्दा बैंक तथा वित्तीय क्षेत्रलाई निकै कठिन भएको छ । त्यसै कारणले कर्जा प्रवाहमा सुरक्षा नदेखेर लगानी गर्न पनि वित्तीय क्षेत्रलाई अप्ठ्यारो भएको छ ।
बैंकिङ पहुँचमा कमजोर
कालिकोटमा रहेको कूल जनसंख्याको एक लाख २० मध्ये १२ हजारकोे मात्र राष्ट्रिय वाणिज्य बैंकमा खाता रहेको थियो (गत साल एउटा मात्र बैंक हुँदाको अवस्था) रहेको थियो । यो झण्डै कूल जनसंख्याको १२ प्रतिशत मात्र हो । यसले पनि देखाउँछ कि प्रदेशभन्दा यस प्रदेशका अधिकांश मानिस बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका छन् । तुलनात्मक रूपमा सुर्खेतमा बैंकिङ कारोबार बढी रहेका भए पनि सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुममा निकै कम मानिसहरू बैंकिङ कारोबार गर्ने गरेको तथ्यांकले देखाएका छन् । विगतको भन्दा अहिले प्रदेश नं. ६ मा वित्तीय पहुँचको वृद्धि हुँदै गएको पछिल्लो चरणमा वित्तीय संस्था खुल्ने क्रम तीव्र भएको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनाएको छ । पहिलाको भन्दा अहिले ६ नम्बर प्रदेशमा वित्तीय संस्था खुल्ने क्रम तीव्र भएको छ । वित्तीय संस्थाहरूले कर्जा वितरण र ऋण लगानी र निक्षेप संकलन पनि वृद्धि गरेका छन् ।
राष्ट्र बैंक क्षेत्रीय अनुसार कर्णाली र भेरी केही जिल्ला मिलेर बनेको ६ नम्बर प्रदेश बनेकाले त्यो प्रदेशको वित्तीय संस्थाहरूको अवस्था र कर्जा प्रवाह ऋण लगानी लगायतका विषयमा छुट्टै अध्यापन नगरेको र साविकको मध्यपश्चिम अवस्था बारे मात्र राष्ट्र बैंकले अध्यापन गर्ने गरेको छ । हामी साविकको मध्यपश्चिको वित्तीय अवस्थाका बारे जानकारी लिने गरेका छौं । छुट्टै ६ नम्बर प्रदेशको विषयमा जानकारी लिने गरेका छैन् । खासगरी पहाडी भेगमा पर्ने जिल्लाहरूमा अधिकांश नागरिक बैंकसँग कारोबार गर्दैनन् । त्यसैले तुलनात्मक रूपमा प्रदेशमा बैंकहरूले कर्जा प्रवाह र निक्षेप संकलन पनि निकै कम गर्ने गर्दछन् । निक्षेपको अनुपातमा पहाडी जिल्लामा लगानी हुन नसक्दा त्यहाँका नागरिकको आयस्तर वृद्धि हुन सकेको छैन् ।
ठूला उद्योगधन्दा कल कारखाना नहुँदा कृषि क्षेत्रमा यस क्षेत्रका नागरिकको उत्पादन वृद्धि नहुनु नागरिक आयस्तर वृद्धि नहुदाँ र वित्तीय क्षेत्रले कमी भएका कारणले कर्जा प्रवाह न्यून हुदाँ आर्थिक आयस्तर वृद्धि हुन नसकेको छैन् । ठूला कलकारखाना उद्योगधन्दा केही पनि छैन् । कृषि क्षेत्रको राम्रो विकास भएको छैन् । कृषि उद्योगधन्दा जस्ता क्षेत्रमा लगानी नभइकन नागरिकको आयस्तर वृद्धि हुनसक्दैन् ।
लगानी गर्ने दायरा धेरै
यस प्रदेशमा साना ठूला जलविद्युत आयोजना बन्ने अवस्थामा रहेको र कृषि क्षेत्रमा स्याउ, सिमी नगदे बालीतर्फ किसानहरू आकर्षित भएका, जडिबुटी र पर्यटन क्षेत्रको विकास हुँदै गएका कारणले वित्तीय क्षेत्रको दायरा बढ्दै गएको छ । वित्तीय दायरा बढ्दै गए पनि यस क्षेत्रमा लगानीका लागि ठूला घरना तथा विदेशी लगानीकर्ताले यस क्षेत्रमा चासो नदिँदा वित्तीय क्षेत्रका लागि यो प्रदेश अझैं आकर्षणको केन्द्र बन्न नसक्नु एउटा कारण हो । वित्तीय क्षेत्रको लागि आकर्षणका केन्द्रहरू बढ्दै गएका छन् । कृषि, पर्यटन र जलविद्युत यस क्षेत्रका लागि वित्तीय आक्रषर्णका केन्द्र हुन् । वित्तीय क्षेत्रको लगानीका दायरा बढ्दै गए पनि अझैं पनि ठूला उद्योगधन्दा कलकारखाना नहुनुले विदेशी लगानीकर्ताले खासै लगानीका क्षेत्रहरू नदेख्नुका कारणले पनि वित्तीय क्षेत्रहरूको ६ नम्बर प्रदेशमा आँखा लगाएका छैनन् ।
सडक सञ्जालले यस प्रदेशका सबै जिल्लालाई जोड्न नसक्नु र ग्रामीण कृषि सडकहरूको अझैं बन्न नसक्नु जस्ता कारणले पनि वित्तीय क्षेत्रहरूले सबै ठाउँमा पहुँच बढ्न नसकेको वित्तीय संस्थाहरू कृषि, पशुपालन, उद्यमशीलता लगायतका क्षेत्रमा कर्जा प्रवाह गर्न असुरक्षाको महसुस गर्ने गरेका छन् । अझैं पनि सबै ठाउँमा सडक यातायात लगायतका अन्य पूर्वाधारको विकास हुन सकेको छैन् । पूर्वाधारका सबै विकास हुन नसक्दा सधैं वित्तीय क्षेत्र असुरक्षाको महसुस गर्छ र कर्जा प्रवाह गर्न डराउने गरेका छन् । यद्यपि, यस क्षेत्रमा अहिले वित्तीय क्षेत्रको पहुँचको कमी, पूर्वाधार विकासको कमीका कारणले आकर्षित हुन नसेके पनि कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी राजमार्ग, माथिल्लो कर्णाली कर्णाली जलविद्युत आयोजना, तिला–१ र २ जलविद्युत आयोजना, कृषि उत्पादन वृद्धि पहुँचको वृद्धि हुँदै गएको र पर्यटन क्षेत्रको दायरा बढ्दै गएका कारणले वित्तीय क्षेत्रका यस प्रदेशमा अवसरै अवसरै रहेको छ । अवर धेरै भए पनि अहिले यस प्रदेशमा वित्तीय संस्थाहरूको लगानी भने निकै न्यून अवस्थामा देखिएको छ ।