पुरीको परिवारलाई राहत

सुर्खेत, २८ चैत ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले दुर्घटनामा निधन भएका आफ्नो शेयर सदस्य चेतन पुरीको परिवारलाई राहत रकम प्रदान गरेको छ । शेयर रकमको आधारमा सदस्य मृत्युु राहत रकम भुक्तानी दिने व्यवस्था भय बमोजिम स्व. पुरीको परिवारलाई ५० हजार रूपैयाँ राहत रकम प्रदान गरिएको हो ।
संस्थाले दुई लाख बराबरको दुर्घटना बीमा समेत गरिदिएकाले उक्त दुर्घटना बीमा बापतको रकम पनि उनको परिवारले पाउने जनाइएको छ । संस्थाले सोमवार श्रद्धाञ्जली एवम् राहत रकम भुक्तानी कार्यक्रम गरी उनको परिवारलाई राहत प्रदान गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गणेशकुमार बस्नेत, सचिव दिपेन्द्र ढकाल, कोषाध्यक्ष सुरेशबहादुर गौतम, सदस्य पूर्ण नेपाली, महेश्वर तिवारी, चन्द्रा खड्का, लेखा संयोजक राजेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।