सुर्खेतदेखि रारासम्मको विकास सम्भावना

अघिल्लो हप्ता अर्थात् २०७३ चैत २० गतेदेखि २५ सम्म यो पंक्तिकारसहित माधव खनाल, डिलाराम तथा रूपेश भण्डारी, सुदर्शन खड्का, बिमल भट्टराई र प्रमोद ढकाल सुर्खेत हुँदै रारा भएर पुगेर सुर्खेत फर्कियौं । गोपाल गिरीको महेन्द्रा स्कार्पीयो जीपलाई नरबहादुर हाँकेका थिए । मूल उद्देश्य यस कर्णाली प्रदेशको एउटा संस्थालाई नमुना बनाउने उद्देश्य लिएर हामीले यस कर्णाली प्रदेशमा पाँच वटा जिल्लामा गएर शैक्षिक समृद्धिको गोरेटोलाई विस्तारि गर्ने कार्यभार थियो । एक पन्थ दुई काम भन्ने नेपाली समाजमा उखान टुक्का जन्मिएको छ, बाँचेको छ र सार बोकेको छ । मैले त झन् तीन पन्थ बनाउने प्रयास गरें । अर्थात् यस अवसरमा देखिएका भेटिएका खासखास तथ्यहरू के–के हुन् ? तिनलाई कसरी विकासको मूलमार्गमा डो¥याउन सकिन्छ ? प्रचारप्रसार गर्दा के हुन्छ ? अबको हाम्रो दायित्व के हो ? जस्ता मूल समस्याहरू हल गर्न थियो ।
सुर्खेतदेखि गमगढी मुगुको दूरी झण्डै २६० किलोमिटर रहेछ । त्यहाँबाट नाक्चेलाग्ना नाका करिब १०० किलोमिटर रहेछ । यसरी जोड्दा सुर्खेतदेखि नाग्चेलाग्ना नाका जो तिब्बतको सीमासँग जोडिएको छ, त्यहाँ मोटरेबल सडक चीनले पु¥याएको छ । यसरी करिब ३६० किलोमिटर भन्दा कम दूरीमा नाग्चेलाग्ना नाका र सुर्खेत रहेका छन् । सुर्खेत तल्लो डुंगेश्वर सडक यस अघिनै कालोपत्रे भइसकेको छ भने त्यहाँबाट दुल्लू हुँदै हाउडी काटेर तिलामासम्म पग्दासम्म पनि केही ट्रयाक खुलिसकेको छ भने तिलाको उत्तरी किनारा किनारै गमगढीसम बस सञ्चालनमा आइरहेको छ । गमगढी कै दायाँ पाखै पाखो नाक्चलाग्ना प्रादेशिक सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले लिइ धमाधम काम भइरहेको छ । तर ढुंगेश्वरदेखि नाग्नाबजारसम्मको बाटो कालोपत्रै भए पनि राँचुली भीर लगायत थुप्रै ठाउँमा बन्दै गरेका तीला कर्णालीका सहायक खोलाका निर्माणाधीन पुलहरूले सुर्खेत–जुम्ला सडकलाई कठिन बनाएका छन् । यसअघि मृत्युमार्गको उपनाम पाएको कर्णाली राजमार्गले हिजो आज राती ६ बजे उता दैलेखदेखि गमगढीसम्म राती गाडी चलाउन निषेध गरेको छ । पीली लगायत थुप्रै ठाउँमा भएका ठूला बस दुर्घठना, ट्रयाक्टर दुर्घटना तथा अन्य सवारी साधनका खण्डहर सामग्रीले जोखिमयात्रा पुष्टि गरेका छन् । यातायातका सामग्रीको चाप त छँदैछ हिमाली, पहाडी, नदी तटीय बाटो हुँदै रारा हाँक्किने युवा लोर्के केटाको बाइक हाँकाइमात्र हैन यातायातको संस्कार अनिर्माणका कारण कच्ची सडकका साँघुरा सडक , नजिकका घुम्ती, रारा राष्ट्रिय निकुञ्जका कारण यातायात जोखिमपूर्ण, कहरलाग्दो र भयपूर्ण छ । माथि पहरो तल छहरो अनकन्टार पहाड सडकका सापीहरू हुन् । नाग्मादेखि उता रेष्टुरा, होटेल, आकास त्यति आकर्षक छैनन् र सुलभ छैनन् तर रारा हेर्ने आन्तरिक पर्यटकको चाप, उखरमाउलो लाग्छ ।
कर्णाली राजमार्गको तल्लो डुंगेश्वरदेखि कुनापारीसम्मको खण्ड एकदम जर्जर खण्डहर भयग्रस्त र दुर्घटनाग्रस्त रहँदा सरकार यसमा मौन छ । यहाँ भएका ठूला साना दुर्घटनाले कर्णालीका पीडा बुनेका छन् । यात्राका क्रममा जिल्ला सदरमुकाम जोड्ने विभिन्न नामका निर्माणोन्मुख कच्ची धुले सडक, बग्रेल्ती छन् । जेसीभीले ठूला–ठूला काम पाएका छन् । गमगढी हुम्ला जाने बाटो अपूर्ण छ, मध्यपहाडी राजमार्गको दुर्दशा छ । यद्यपि जुम्लाबाट मात्रै जाजरकोट जिल्ला जोड्नका लागि चार वटा सडकहरू निर्माणाधीन छन् । ती सडकहरू पूर्ण बनेपछि राजमार्गको किनारै किनार पोखरा पुग्नेछ । त्यो भन्दा पनि हिमाल राजमार्ग बनेपछि खसान क्षेत्र र जडान क्षेत्रका यात्रा समानान्तर रूपमा पूर्वतिर लाग्ने छ । कालिकोटको कोटबाडा एयरपोर्टमा यात्रु र जहाज छैन, जुम्ला मन राख्नेछ । किनभने पक्की छ, पुरानो छ र यात्रुसम्पन्न छ । मुगुको ताल्चा विमानस्थल दारुणस्थितिमा छ । विमान चल्दा आधापछि खेलमैदान पक्की भए पनि गौचरणभन्दा भिन्न छैन । एउटा होटेलले आवश्यक सेवा सुविधा र अवसर दिन सकेको छैन ।
जब हामी कालिकोट पुग्यौं अध्यारोबीच रह्यौँ । भोलिपल्ट हामीले नागेन्द्र शाहीको नेपालभित्रको कर्णाली, विगत, वर्तमान र भविश्य नामक पुस्तक, काञ्जिरोवा सप्ताहिक पत्रिका, चंखेली, कर्णाली लगायत केही व्यक्तिहरू पायौं । एमालेको समाचार, तराई तथा प्रधानमन्त्रीका प्रतिबद्धता फोइमहादेवको अभियान, कालिकोटको स्वास्थ्य अवस्था, निर्वाचन सम्बन्धी समृद्धि सम्बन्धी लेखहरू पत्रिकामा पाइए । खाना खाएर चैत्र २१ गते हामी गमगढीतिर लाग्यौं, नाग्मामा खाना खाएर अगाडि पुग्दा हिमनदीका साँघुमा संलग्न तत्कालीन राजा रानी सिपाहीका फोटाहरूले हाम्रो दिन तान्यो हामीले तिनीहरूलाई कैद ग¥यौं । डिलाराम भण्डरीका अनुसार ती काष्ठकलाहरू अचम्मका प्राप्तीहरू हुन् र विछ्याइएका भीमकाय फलेकहरूको व्यवस्थापन आश्चर्यका विषयहरू हुन् । साँझ मुलमुले जुम्लामा पुगेर बास बस्यौं । करिब ३२०० मिटरको उचाइमा रहेको मुलमुलेमा सल्यानी होटेल सबैभन्दा पूरानो रहेछ । खोलाको किनारै किनार हिँड्दा देखिकै होटेलकी साहुनी सल्यानी चन्दचेली रहिछन् । भण्डारीहरूको बस्ती रहेको लेकाली गाउँबाट उनका श्रीमान् सल्यान मोख्ला पुग्दा जुम्ला हुँदै जाजरकोटबाट चौरजहारी निस्किएर ससुराली पुग्दा चाखुरेलेक काटेर जाँदा चार दिन लागको थियो रे । मुलमुलेमै रारा निकुञ्जको सेनाको सानो विट रहेको छ । यस विटले फर्कदा नियम विपरित चलाएकाले ड्राइभरको ब्लूबुक राखेको थियो । बाटोबाटै हामीले हिमाल देख्यौं र बाटोमै हिउँका ढिस्का पायौं ।
तेस्रो दिन २२ गते विहानै ६ बजेपछि हामी, हाम्रो गाडी र मन सिधै गमगढीतिर लाग्यौं । सानो, पुरानो, बाक्लो अव्यवस्थित गमगढी बजार टाढाबाट देख्दा सानो लाग्यो तर पुगेपछि ठूलाठूला पसलहरू पनि देखिए । नगरपालिका सबैभन्दा तल, उच्च मावि अनि बजार रहेछ । धुलौटे माटोले बनेको मुगु सदरमुकाम २४ गाविसका जनताको ओइरो लाग्दो रहेछ । अहिले तीन गाउँपालिका र एक मात्र नगरपालिकामा संरचित नगरपालिकामा एमालेले डम्बर रावल पूर्व क्याम्पस प्रमुखलाई मेयरमा उठाउने रणनीति लिएको रहेछ । रावलसँग हामीले भेट्दा विजय सुनिश्चित भएको दावी गरे । सूर्योदय र मुगु गरी दुई वटा एफएम रहेछन् मुगुमा । मुगु कर्णाली र खप्तड खोला मुगुका मुलपानीका स्रोतहरू रहेछन् । मुगु कर्णालीमा दोल्फू र मुगु खोला प्रमुख शाखाहरू रहेछन् । मुगुले चीनको सीमाना छोएको रहेछ र उताबाट यता बग्दोरहेछ । यसैबाट पूर्व गाविसको नाम र जिल्लाका नाम निर्माण भएको रहेछ । अहिले मुगुमा एउटा गाउँपालिका बनेका रहेछ । रारा, ऋणमोक्ष अठारताल मिली बनेको भनिएको साततह, तालद्वारा, हिमालद्वारा मुगु समृद्धि बनेको छ । मुगु र कर्णालीको अझै सही सदुपयोग भएको छैन ।
राराताल भनेजस्तो पाइएन । ताल्चा विमानस्थलबाट हिँडेर एकघण्टाभित्र पुगिने रारातालको करिब तीन किलोमिटर बाटैसम्म जीपहरू पुगेका छन् । यहाँबाट रारा पुग्दा घोडाको व्यवस्था छ । हामी घोडा चढेर आधार बाटो गयौं । जंगलबीचका पाटन वरपर देखिने हिमाली काग अचम्म लाग्दा लागे । घोडा, भेडाको चरण आकर्षण लाग्यो । धर्तीको स्वर्ग, राराकी अप्सरा, घुम्तीकी अप्सरा, राराकी सौराहजस्ता उपमा पाएको रारा कुनै बेला महेन्द्रताल पनि भएको हो । १६ मिटर गहिराइ ५.१ किलोमिटर लम्बाइ, २.७ किलोमिटर चौडाइको आइतन पाएको राराले आफूलाई २९९० मिटर समुन्द्रमाथि उभ्याएको छ । १९७६ वर्गकिलोमिटरमा विस्तारित राष्ट्रिय निकुञ्जभित्रको राराले खप्तड खोलालाई जन्म दिएको छ । वरिपरि सिमसारले बनेको रारातल माथि बादलले छोड्दैन कहिल्यै र बिहान ११ पछि तुफान उठाउँछ । निकुञ्जमा पाइने एक हजार बढी प्रजातिका वनस्पति भए पनि अहिले फूलहरू फुलेको देखिएन । राराको सीमसार विश्वसीमसारमा सूचीकृत गरिएको छ । हिमाली र लेकाली दुवै विशेषता रारामा पाए पनि हिमाली खोला, पशुपंक्षिचरण, चरिचरणको फोहोर, लापरबाहीपूर्ण फालिएका प्लाष्टिकका सामग्रीहरूले गराको जीवनलाई सुनिश्चित गरेका छैनन् । प्रवेशस्थलदेखिनै रारामा फोहोरहरूका सिसाहरू फालिएकाले राराको संरक्षणमा सेनालाई विशेष सचेत राख्न जनचेतना फैलाउन, पर्यटकलाई नियम नलगाउँदासम्म राराको शोभा बढ्ने देखिन्न । तेस्रो दिनको जुम्ला बसाइले जुम्लाका विशिष्टता देखिन्छ । बाटामै पर्ने पिली स्मारकले संवेदनशील बनाउँछ । जुम्लाको तातो पानीका वरपरका घरहरू विस्थापित गर्नुपर्ने देखिन्छ ।
नाग्नाबजार जोखिमपूर्ण बजार हो । सेनाले बनाएको सडकको बचत पैसा सरकारलाई बुझाने सकारात्मक कार्य हो । जुम्लामा तीनतारे होटेलको व्यवस्थापन हुँदा एक गाउँ एक बगैचाको अभियानले समृद्धिको संकेत गरेको छ । जुम्लादेखि राकमकर्णालीको बासले नयाँ अनुभव अनुभूतिद्वारा समृद्ध पारिएको पृष्ठभूमिमा पाँचदिनमा दैलेख नेपा हुँदै दुल्लू दैलेख भएर माथिल्लो डुंगेश्वरमा पुगेर कटकुवाको विपस्यनास्थल हुँदै सुर्खेत सदरमुकाम फर्किदा मैले सुर्खेतदेखि रारासम्मको विकास र समृद्धिका सम्भावनाहरूकोबारेमा मनन गरिरहें । भएका सम्भावनाहरूको पहिचान र सदुपयोग गर्न सके प्रस्तावित कर्णाली प्रदेशलाई समृद्धि बनाउन सकिने आधारहरू प्रशस्तै छन् ।

प्रकाशित मितिः   २९ चैत्र २०७३, मंगलवार १२:४१