सामाजिक सुरक्षासम्बन्धी तालिम

सुर्खेत: भेरीगंगामा वातावरण तथा सामाजिक सुरक्षासम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । पछिल्लो समय वातावरणीय प्रभाव बढ्दै गएकोबेला भेरीगंगाका नागरिकलाई वातावरण र सामाजिक सुरक्षाका बारेमा सचेत गराइएको हो ।

यूएसएडको जलजंगल क्रियाकलापअन्र्तगत भेरीगंगा नगरपालिकाका वडा नं. २, ४, ११ र १२ का दुई सय जनाभन्दा बढीलाई तालिम दिइएको छ । मानव सिर्जित तथा प्राकृतिक कारणले वातावरणमा असर परिरहेकोप्रति यहाँका नागरिकले चिन्ता व्यक्त गरेका छन् । विकासका नाममा जथाभावी बाटो, भ्युटावर र अन्य पूर्वाधारहरू निर्माण गर्दे गर्दा मानव समुदायले वातावरण र यससँग जोडिएका सबै पक्षको एथोचित योजना निर्माण र कार्यन्वयनमा ध्यान नदिएको उनीहरूको भनाइ छ ।

तालिमका सहभागीहरूलाई दिनको ६ घण्टाका दरले दुई दिनको १२ घण्टासम्म जलजंगल परियोजनाद्वारा तयार गरिएको आठवटा सत्रहरूमा ज्ञान, सीप, धारणा र ऐन, कानुन तथा परिभाषाहरूको बारेमा जानकारी दिइएको थियो ।

 

प्रकाशित मितिः   २९ भाद्र २०८१, शनिबार ०५:०४