अवमूल्यांकनले निम्त्याउँछ पश्चाताप

सृष्टिको प्रारम्भदेखि नै समाजमा धनवान, बलवान, रूप, कुरूप, अग्ला, होचा, विद्वान, पटमुर्ख, गुणवान विभिन्न मानिसहरूको जन्म भएको छ भने, त्यस्तै प्रकारले पशुपंछी, रुखवृक्ष आदि आदि थलचर, जलचर जीवहरूको पनि जन्मने र मृत्यु हुने क्रमबाट नै संसारको गति चलिरहेको छ र चल्दै जाने पनि छ । यो कसैको अधिनमा छैन ।
मानवजाति चेतना भएको संसारको सबै प्राणीभन्दा विवेकशील, वुद्धिमान, न्यायकर्ता, शान्ति, स्वस्ती कायम राख्ने प्राणी हो । तिथि, बार, नक्षत्र, राशीफल, समय, गुण अवगुण, हिजो, आज, भोलि (भूत, वर्तमान र भविष्य) देखि लिएर वैज्ञानिक विषयवस्तु तयार गरी व्यवहारिक रूपमा नै प्रदर्शन गरेको प्राणी हो । जस्तैः पृथ्वीमा गुरुत्वआकर्षण छ । टुक्रा–टुक्रा धातुबाट प्लेन तयार गरी प्रयोगमा ल्याइएको छ । यस्तै तमामा उदाहरणहरू छन् ।
प्रश्न सबैमा पूर्ण छ भने मूल्यांकनमा किन चुक्छ त यो प्राणी ? हामी जस्तै प्राणी पृथ्वीमा आएका छन् र स्वयम् यी प्राणीलाई दागवत्तिसहित सधैंका लागि विदा गरेका छौं । के यो पनि सपनामा हो ? चेतनामा यो काम गरेका छौं । बेहोस् पनि छैनांै र अनभिज्ञ पनि । मानिस जत्तिकै विवेक र पूर्ण चेतना भएको तर भाषा बुझ्न नसक्ने प्राणी हो, कुकुर । हामी हिन्दुहरूले मानिआएको एउटा राष्ट्रिय पर्व हो, तिहार । यसलाई पाँच दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाइ तिहार, गोबद्र्धन पूजा, गोरु तिहार, भाइ टिका यी पाँच पूजा (टिका) को आफ्नै विधि र महŒव पनि छ । कुकुर तिहार (पूजा) का दिनमा धार्मिक परम्परा अनुसार उसलाई घरमा परिवारका कुनै पनि सदस्यले टिका, माला लगाइ उसको मनपर्ने खाना (मासु, भात) दिने गर्दछन् । उसलाई मानिसले खुशी प्रसन्न भएको होला भन्ने ठान्दछन् ।
क्षणिक समयका लागि ऊ हाम्रो परिवारकै अभिन्न सदस्य हो भन्न पनि चुक्दैनन् । भलै ऊ कुकुर नामक जनावर किन नहोस् ? यो जनावरको कर्तव्यप्रायण एवम् इमान्दारी पक्षको संसारैभर प्रसिद्ध छ । उसको बारेमा यहाँ चर्चा हुन्छ । किसानले लगाएको वर्ष दिन खाने, परिवार पाल्ने, खेतीको रक्षा, रातीको समयमा अपरिचित व्यक्ति जनावर, साप, सर्प, जलचर, थलचर आएको संकेत मालिकलाई दिन्छ । जुन प्राणी कसैको भरोसा आशाबाट मात्र बाँचेको छैन, धेरैलाई बचाएको छ ।
धेरै चिज अमूल्य सम्पत्ति बचाएको छ । गुमेको प्राणी सम्पत्ति यावत आफ्नो अन्वेषण अनुसन्धानद्वारा पत्ता लगाइ व्यक्ति त के राज्यलाई पनि सहयोग गरेको छ ।
कुकुरको प्राणीले गरेको प्रसस्त योगदानलाई कसरी मूल्यांकन गरेका छन् त हाम्रा बुद्धिजीवि विवेकपूर्ण मानिसहरूले ? बसन्त ऋतृको आगनको समय भएको थियो । एउटा गाउँको टोलका १५ जना व्यक्तिहरू जम्मा भए । सबैको विचारमा जंगलमा सिकार खेल्न जाने विचार आयो । अनि सल्लाह गर्दा रामु भन्ने किसानले २ वटा घरमा पालेको सिकारी कुकुर लगेर सिकार खेल्न जाने हो भने खाली हात आउनु पर्दैन । अर्थात् घोरल, मृग, जरायो कुनै न कुनै जनावर मर्छ नै भनेर कुकुरलाई लिएर जंगलमा प्रवेश गरे, आ–आफ्ना ठाउँमा दोवा बसे । केही मानिस र कुकुर जनावर खोज्ने र दोवा बसेको स्थानमा घपाउन लागे । दिनको मध्यान्हपछि कुकुरले घेरा बन्दी पार्दै कहिले तल, कहिले माथि उकाली ओराली अनकन्टार जंगलबाट जनावर लखेट्दै मानिस दोबा बसेको ठाउँमा पु¥याइदियो त्यसपश्चात शिकारीले बन्दुक चलायो । जनावर म¥यो । अर्को स्थानमा पनि त्यही विधिले एक दिनमा २ वटा मृग मारीसकेपछि विचरा कुकुर लखतरान भइ मुखभरी ¥याल चुहाउँदै, जिब्रो बाहिर निकाल्दै ठाउँ ठाउँमा बस्दै घरमा आइपुग सिकारी समेत सबै ।
रामु भन्ने जसको घरमा कुकुर पालेको थियो उसले समेत धन्यावाद पायो, स्यावासी पायो । त्यतिमात्र होइन ती २ वटा कुकुरले उसको घरको २४ सै घण्टा पालेपहरा दिन्थ्यो । किसानको ठूलो संयुक्त परिवारको वार्षिक खाने धान मकै (सम्पूर्ण) खेत समेत रक्षा गरिदिन्थे । सबै सिकारीका घर–घरमा मसलासहित मासु पाक्यो कुकुरले आज त पेटभरी मासु खान पाइन्छ भन्ने आशामा घरका ढोका बाहिर यताउता घुम्न र वडो करुणामय आशातितत नजरले भान्सातर्फ मात्र हेरेको थिएन कि भित्रबाट बाहिर आउने जो कुनै परिवारका सदस्यको हातमा हेर्दथ्यो, ‘मलाइ मासुको हड्डिसमेत देलान, किनभने म परिवारकै एक सदस्य हुँ, सिकार मार्नमा मेरो पनि योगदान छ ।’ जब ऊ बाहिरभित्र गर्दै थियो घरको मालिकलाई तमोगुणले आश ग¥यो । तमोगुणले कसलाई पो उन्नतिमा पु¥याउँछ र ! विद्वानले शास्त्रमा उल्लेख गरेका छन् ‘विद्वान व्यक्तिको सल्लाह गर्छ, बिग्रन लागेको सपार्छ, मुर्ख झगडा गर्छ, सप्रन लागेको बिगार्छ ।’ घरमा मालिकले नजिकै राखेको चिरपट दाउरो समायो र कुकुरको टाउको (शिरमा) बजार्यो, एउटा कुकुर वेपत्तासँग भाग्यो भने विचरा चोट खाएको कुकुरको टाउकाबाट छरर खुन आयो । काँई, काँइ गर्दै रुदै–रुदै भाग्यो ।
अर्को वर्षको राष्ट्रिय पर्व तिहारको समयमा पनि मालिकलाई याद आयो गतवर्ष २ वटा कुकुर थिए तिनी कहाँ गए हुन् ? बाँदरको हुल २५ मुरी हुने मकै, २० मुरी धान, दुम्सीले २०० केजी आलु सखाप पारे । राती बाघले खोरमा पसेर २ वटा खसी ३ बोका ३ वटा बाख्रा
मारीदियो । साउन २३ २० गते औंसीको रातमा चोरले गत साल भारतीय सेनाबाट छुट्टीमा आउँदा छोराले ल्याएको ५ तोला सुन र ५० हजार नगद लगि दियो । त्यसपछि रामु नामक किसान मात्र थिएनन् एउटा सामन्ती कुलबाट हुर्केका लिनमात्र जानेका, दिन नजानेका व्यक्ति उनले पछि गरेको पश्चातापले के नै हुन्छ र ?
सत्य सेवा सुरक्षणम भन्ने मूल मन्त्र अंगिकार गर्ने प्रहरीको सेवामा समेत संलग्न राखी काम गर्दै आएको प्राणीलाई सामान्य व्यक्तिले जानेर वा नजानेर गरेको अवमूल्यांकन अथवा अवहेलनालाई के नै भन्नु छ र ! तमोगुण र मूल्यांकन गर्ने विधिको अभाव भएका जो कुनै पनि व्यक्तिले लिन मात्र जानेको हुन्छ । न्याय के हो ? आत्मा प्रमात्मा के हो ? श्रम के हो ? विद्वानका भनाइ के हुन् ? हामी को हौं ? हिजो को थियौं ? भोलि के हुन्छौं ? नसोची हिँडेमा आफू त आफू थियो समाजलाई नै असर पर्दछ । पंक्तिकारद्वारा प्रकाशित पूर्व प्रकाशित अंकमा समावेश गरेको कुरा पुनः उल्लेख गर्न चाहन्छु । ती यस प्रकार छन् (क) शान्ति (ख) लक्ष्य (ग) योजना (घ) कर्तव्य (काम) (ङ) नतिजा । यस प्रकारले अगाडि बढेमा राष्ट्र, राष्ट्रियता, स्थायित्व एवम् दिगो विकास हुन्छ ।

प्रकाशित मितिः   २८ चैत्र २०७३, सोमबार १४:१५