आज सहिद दिवस
सुर्खेत, १५ माघ । (साबिस)
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज (शनिवार) देशभर सहिद दिवस मनाइदैछ ।
यो दिवसमा खासगरी नेपाली जनतामा सार्वभौम अधिकारनिहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उठाउने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ । उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
यसैबीच ब्राइटल्यान्ड सेकेण्डरी स्कुलले सहिद सप्ताहको अवसरका विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । रचनात्मक कार्यक्रममा खेलकुद तथा अतिरिक्त कार्यक्रमबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । प्रमुख अतिथि संस्थापक बिमला कँडेल, शिक्षक कमानसिंह राना क्षेत्री, विद्यार्थीको सहभागिता रहेको कार्यक्रम प्रिन्सिपल जीवनकुमार आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
साझा बिसौनी संवाददाता ।