तिमी र म
व्यस्त समय,
सपनाहरू र चाहानाहरूले भन्दा
तिम्रा आवश्यकताहरू अनि बाध्यताहरूले
डो¥याइरहेको तिमीलाई सोध्न मन छ,
के तिम्रो सहरको त्यो ठूलो र उघारो बाटो भन्दा भित्रको
त्यो सानो मेरो गल्लिको,
छेउको चिया पसलमा बसेर
फिक्का चिया पिउछौँ नि मसँग ?
सुनन, कसैलाई एकाअर्कालाई देख्दैमा प्रेम हुन्छ,
भने,
कतिले देख्दै नदेखी निश्चल प्रेम गरिदिन्छन्
कसैले विनाप्रेमको एक भ्रमित सम्बन्ध बनादिन्छन्
अझ कतिले प्रेमलाइ बदनाम बनाइदिन्छन्
यस्ता हजारौँ लाखौँ अनि करोडौँ अपरिभाषित प्रेमका
परिभाषाहरूबीच
के तिमी र म हामी भएर
जसोतसो आफ्नो मेहनतले बनाएको दुनियाँ
कतै उध्रीन लाग्दा,
कतै च्यातिन लाग्दा,
बडो जतनको साथ सिउछाँै नि मसँग ?
हो,
समय सधैँ उस्तै नरहला,
कहिले घाम लागेको दिन जस्तो सम्बन्ध रमाइलो होला,
कहिले पानि परे जस्तो चिसो
अझ,
कहिले त न घाम न पानी जस्तो घरमैलो
यहि चक्रहरूबीचमा,
खुसी खोज्दै दुखको महŒव बुझ्दै
अनि हारेको कठिन परिस्थितिहरूमा,
आँखा चिम्म गरेर एकअर्काको साथ रोज्दै
सारा जिन्दगी जिउछाँै नि मसँग ?
मसँगै बसेर फिक्का चिया पिउछौँ नि ?
हाम्ले बनाएको हाम्रो दुनियाँ च्यातिन लाग्यो भने,
एक छेउबाट म सिउँला,
अर्को छेउबाट तिमी सिउछौँ नि ?
मेरा कुरा सायद व्यवाहारिक नहुन सक्छन्
तिमीले सोचेजस्तो म नहुन सक्छु
तर,
के यो निश्चलतामा हराएर
थोरै रिसाएर थोरै मनाएर
सारा जिन्दगी जिउँछौँ नि मसँग ?
जया कोइराला ।