गरीब

धेरै वर्ष पहिलेको कुरा हो, एकादेशमा एउटा गरीब परिवारका एक जना किसान बस्थे । उनीलाई सबैले किसान भनेर बोलाउँथे । उनको घरमा आफू लगायत एक छोरा, दुई छोरी थिए । उनको घरमा एउटी आप्mनै भाइको छोरी थिइन । उनले आफ्ना छोराछोरीलाई दिने माया भाइको छोरीलाई दिन्थे । उनी एउटा गरीब परिवारमा जन्मिएका किसान, उनका छोरीहरू धेरै राम्री थिइन । छोरो अलि चनचले स्वभावको थियो । किसानले आफ्नो छोरा छोरीलाई दिने माया भाइको छोरीलाई दिन्थ्यो ।
किसानको एउटा सानो घर थियो । घरमा सम्पत्तिको नाममा एउटा गाई र एक हल गोरु बाहेक अरु केही थिएनन । उनले खेतिपाती गर्ने गाई गोरु चराउने गर्थे । उनको एउटा सानो झुपडी (घर) भए पनि त्यही घरमै सुख दुःखमा रमाइलो गर्थे । घरमा छोराछोरीहरूलाई चिसोको समयमा चिसोले सताउने, भोक लागेको बेला भोकले सताउने । सुख दुःखमा विताउने किसानका छोराछोरी बिदाको समयमा साहुहरूको नौकरी गरेर आफूलाई कापीकलम किन्ने पैसा कमाउँथे । उनका परिवारलाई गरिबीले सताएका कारण आफ्ना आफन्तहरूले कहिले काहीं खानाका लागि सहयोग गर्थे । एक दिन किसानका छोराछोरीहरू घरमा खाना नहुँदा भौकै बस्नुपर्ने अवस्था थियो ।
भोलिपल्ट बिहानै उठेर हिजोदेखि भोकाएका छोराछोरीहरूलाई भनेर खाना बनाइ छोराछोरीहरू खाना खुवाइ आफू भने खेत बारीतिर घाँस काट्न गए । बारीमा घाँस काट्दा उनको बायाँ हातको माझी औलाको नङ समेत औंला काटिएछ । अब आफू गरीब छोराछोरीहरूलाई कापी कलम कलम लुगाफाटो समेत बदल्न नसक्ने किसान आफूलाई औषधी गर्नको कल्पाना समेत गरेनन् । उनी एउटा गरीब परिवारमा जन्मिएर दुःख कष्ट काट्न बाध्य भएका थिए ।
एक दिन उनेले खेतबारीमा मकै लगाउने बेलामा गोरु, हलो, जुवाली, कुटो, कोदाली, छोराछोरीहरूसहित बारीमा गएका किसान मकै रोप्दा रोप्दै आफूसहित छोराछोरीहरू भोक प्यासले तिर्खाएपछि पानी ल्याउन भनि कान्छी छोरीलाई माथिको एउटा मुहानमा पानी ल्याउन जाँदा पानीको मुहान सुकेको अवस्था थियो । गर्मीको समयमा खेतिपाती गर्न जाँदा घाम, भोक प्यासले सताएका किसानकी कान्छी छोरी बिरामी भएकी थिइन । छोरी बिरामी भएको कारण औषधि उपचार गर्न पैसा नभएपछि किसान एक जना साहुसँग ऋण माग्न गयो । किसानको गरिबीको अवस्था देखेर साहुले ऋण नपत्याएको अवस्था थियो । साहुसँग ऋण माग्न गएका गरीब किसान साहुले ऋण नदिएपछि घर फर्किएका थिए । छोरीको अवस्था गम्भीर थियो । गरीब किसान हैरान भएपछि आफ्ना देवी देवतासँग भातिबिन्ती गर्न लागेछन् । गरीब किसान छोरीलाई उपचार गर्न पैसा नपाएर हैरान भएको अवस्थामा छोरी विस्तारै–विस्तारै आफै निको हुँदै गइन् । छोराछोरीहरूको चिन्ताका लागि किसान बनमा घाँस काट्न जाँदा उनको मन साह्रै दुख्ने रहेछ ।
त्यस्तै सुख दुःख काट्दा–काट्दै जेठी छोरीको भने बिहे गर्ने अवस्था भइसकेको थियो । किसान आफ्नो गाउँ नजिकैको अर्को गाउँबाट एक जना त्यस्तै गरीब परिवारको छोरासहित एउटा बटुवा किसानको घरमा आएका थिए । किसानसँग तपाईंको छोरी मेरो छोरासँग बिहे गर्ने कुरा स्वीकार्नुस् भने पछि गरीब किसानले स्वीकारे छ । भोलि पल्ट बिहान वटुवा छोरोसहित आफ्नो घर गएछन् । गरीब किसान छोरीको बिहे गर्ने बेला आइसक्यो अब त छोरीलाई दाइजो के दिने भन्ने कुराको चिन्ता किसानलाई थियो । अब छोरीलाई विवाहमा दिनसक्ने कुरामा के दिने भन्ने बिषयमा छलफल गर्दा गरीब किसानले एक ठाउँको खेत बेचेर छोरीलाई केही दिउँला भन्ने विचार गरेको थियो । त्यस्तै गर्दागर्दै छोरीको बिहे गर्ने दिन आइसक्यो भनेर एक जना साहुसँग खेत बेच्ने कुराकानी गरेर खेत बेचेछन् । त्यस्तै अवस्थामा छोरीको बिहेमा आफ्ना गाउँका साथीभाइलाई निम्ता गरेर बिहेको दिनमा सबै कुरा तयारी गरी विवाह गर्ने अवस्थामा गाउँका गाउँलेहरूले आफ्ना आफन्त जनहरूले पुग अपुग सामग्रीहरू सहयोग गरेका थिए । जेनतेन छोरीको विवाह गरियो । अब छोराछोरीहरूलाई कसरी पालन पोषण गर्ने भन्ने चिन्ताले किसान चिन्तित भएको थियो । वनमा गरिबीले सताएका गीत गाउँदै गाइ वस्तु चराउँथ्यो । छोराछोरीहरू विद्यालयबाट आइरकेपछि घरमा खाने कुरा केही पनि नभएपछि छोराछोरीहरू जंगलमा दाउरा घाँस काट्न जान्थे, वनमा काफल खाएर भोक मेटाउने र घर आइकेपछि थोरै थोरै खाना खाएर छाक टार्ने काम गर्थे । गरिबीले सताएपछि विचरा किसानका छोराछोरी कहिले काहीं भोकै बस्नु पथ्र्यो । कहिले भोकै बस्ने कहिले थोरै खाएर पनि छाक टार्ने गरीब किसानका परिवार दुःख सुखमा दिन बिताउने काम गर्थे ।
एक दिनको कुरा हो छोराछोरीहरूको पढाइका लागि किसान चिन्तित हुने गथ्र्यो । किसानको छोरा जवान दिनदिनै जवान भइरहेको थियो । उसले पढाइमा पनि मिहेनत गथ्र्यो । लेख्ने कापी कलम किन्न धौ–धौ भए पनि गरीब किसानको छोरा पढाइमा राम्रो भएका कारण किसानका छोराले जति दुःख पाए पनि एक दुई वर्ष अगाडि विवाह गर्नुपर्ला भन्ने मनमा सोचेको थियो । एक दिन बुबाले विबाह गर्नुपर्छ भन्ने आग्रह गरेका थिए । छोराले त्यो कुरा नमानेपछि बुबा रिसाउँथ्यो । एक दिन किसान बिरामी भएछन् । छोराछोरीहरू बुबा बिरामी भइसकेपछि अब बुबाको चिन्ताको लागि छोराछोरीहरू एक दुई दिन विद्यालय जान छाडेछन् । त्यस्तै गर्दागर्दै गरीब किसानलाई बुढेसकालले पनि सताउने, रोगले पनि सताएपछि घरमा खानेकुरा केही छैन, बुबालाई औषधि कसरी गर्ने भनेर छोराछोरीहरू समस्यामा परेछन् । त्यस्तै गरिबीले सताएपछि एक दिन छोराले बुबालाई औषधि गर्नुप¥यो भनेर एक जना साहुसँग पैसा ऋण माग्न जाँदा साहुले एक ठाँउको जमिन (खेत) को कागज गरेपछि ऋण दिन्छु भन्ने कुरा गरेछ । ऋण लिन गएको छोरो बुबा बिरामी भएपछि एकछिन बुबालाई सोध्छु भनि घरतिर फर्केछ । घर आइसकेपछि बुबालाई यस्तो कुरा बताएछ । किसानले भनेछन् बाबु मेरो अवस्था बुढो भइसक्यो खेत बेचेरपछि तैंले के गरेर आफ्नो जीवन बिताउने बरु मरुला खेत नबेच भनेर किसानले भनेपछि छोराले त्यो कुरा नमानी साहुसँग बरु मेरो बुबाको खेत लिनुहोस मलाई बुबाको औषधिका लागि ऋण दिनुहोस् भनेर साहुसँग आग्रह गरेछ । साहुसँग बुबाले भनेका कुरा बताएछ । त्यस्ता कुराहरू हुँदैन बरु म मरे पनि छोरालाई त जग्गा चाहिन्छ मेरो अवस्था बुढो भइसकेको छ अब मैले मर्दा पनि हुन्छ भन्ने गर्थे । किसानलाई बिरामीले सताएको कारण दिनानु दिन रोगले च्याप्दैछ ज्यादा घरमा विभिन्न किसिमका समस्याहरू देखापर्ने गरिबीले सताएका कारण औषधि गर्ने पैसा नहुने अवस्थामा विचरा गरीब किसान यता बिरामले सताएको उता घरमा खाना छैन किसानका छोराछोरीलाई समस्याले सताएको अवस्था थियो । एक दिन छोराछोरी विद्यालय गएका बेला बुढो भुँइमा पल्टिरहेको अवस्थामा बुढा किसानको अन्तिम अवस्था भइसकेको थियो । विद्यालयबाट छोराछोरी घर पुगेपछि बुबाको अवस्था गम्भीर छ, बाबुको त्यस्तो अवस्था देखेर छोराले अब आफ्नो विहे गर्नुपर्छ, विहे गरेपछि बुहारीले बुबाको सेवा गर्छे कि भन्ने आशाका साथ छोराले बुबासँग बिहे गर्ने कुरा राखेछ ।
भोलिपल्ट बिहान छोरो विहे गर्ने उद्देश्यका साथ एउटा आफ्नो गाउँ भन्दा पश्चिमतिरको एउटा गाउँमा पुगेछ । गाउँमा एउटा त्यस्तो गरीबको छोरालाई कसले पो पत्याउँछ भन्ने कुराको महसुस गर्दै गएको छोरो एउटा केटी पँधेरामा गाग्री लिएर पानी भर्न गएकी देखेछ । त्यो केटीलाई देखेर गरीब किसानको छोराले सोधेछ, बहिनी यो बाटो कता जान्छ ? केटीले यो बाटो माथि लेकतिर जान्छ भनि बताइछिन्, केटीले हजुर कता जाने हो दाइ भनेर सोधिछन् । केटाले आफ्नो घरका घटनाहरू बताएछ । ती घटना सुन्दा केटी पनि गरीबको एउटा परिवारमा जन्मिएर छुटिएकी केटी त्यो गरीब किसानको छोरोले आफ्ना घरका यर्थाथ कुराहरू बताएपछि केटीले पनि मनमनै केटाको कुरा बुझिछिन् । घरबाट अलि टाढाको पँधेरामा पानी ल्याउन गएकी केटी त्यो केटा बाटोमा कुराकानी गर्दै केटीको घरमा पुगेछन् । घरमा पुग्दा केटीका बुबाले छोरी तिमीले कसलाई साथ ल्याएर आएकी हौ भनेर सोधेछन् । छोरीले सबै कुरा बताएपछि हेर्दा केटा ठीकै छ, गरीब भन्ने कुरा हामीले पनि भोगेको कुरा हो भनेर त्यो केटीका बुबाले गरीब किसानका छोरासँग सबै कुरा सोध पुछ गरेछन् । ठीकै छ विहे गर्ने भए बुबालाई सँगै ल्याएर आउनु अनि कुराकानी तिम्रो बुबासँग गरौंला भनेछन् । किसानको छोरा घर आएपछि बुबासँग सबै कुरा बताएछ । किसान बुहारी माग्न गएछन् । केटीको घरमा पुगेपछि सबै कुराकानी गर्दा केटीको बुबाले छोरीको विवाह गर्ने विचार गरेछन् । गरीब किसान घर आइ छोरासँग बुहारी मागेको कुरा बताएछन् ।
एक दिनको कुरा हो गरीब किसान जेनतेन विहे गरेर बुहारी घर भित्राएछन् । बुहारी घरमा भित्र आएपछि घरमा खाने कुरा, सुत्ने विस्तारा आदि सबै समस्याहरू दुलाहाले दुलहीसँग बताएछन् । दुलही पनि गरीब परिवारमा जन्मिएकी त्यस्तै कुराको दुःख सुख गरेर दिन बिताउने गर्थे । बुहारी विहे गरेपछि किसानको बुढेशकाल बढ्दै गएको र उमेरले नेटो काट्ने बेला थियो । एक दिन बुढो किसान गाई वस्तुलाई घाँस काट्न वनमा गएका थिए । बनमा एउटा ठूलो रुखको मध्य भागमा घाँस काट्दा रुखबाट ढलेर बुढाको ज्यान गएछ । एक जना गाई वस्तु चराउन गएको केटाले त्यो किसानलाई रुखबाट लडेर हात खुट्टा भाँचिएका, शरीरभरी रगत रगतले भरिएका किसानलाई देखेर हतार–हतार घरतर्फ आएर छोराछोरी समेत गाउँका सबै मानिसहरूलाई खबर गरेछन् । विचरा किसान छोरोको विवाह गरेको एक वर्ष नबित्दै किसानी बुढाले आफ्नो ज्यान समेत गुमाएका थिए । सबै जना मानिसहरू गरीब किसान लडेको ठाउँमा पुगी ती किसानलाई घरमा ल्याएर आउँदा घरमा बुहारी छोरी आत्तिएर रुन लागेकी थिइन । मानिस मरिसकेपछि रोएर के गर्ने गाउँका सबै जना मानिसहरूले सम्झाइ बुझाइ गराउँदै मृतक किसानलाई दाह संस्कार गरेर घरतिर आएछन् । घरमा आउँदा गरीब परिवारको घरमा खानेकुरा, लुगा कपडाको अवस्था देखेर गाउँका सबै मानिसहरूले सहयोग गरेछन् । त्यस्तै काम गर्दै जाँदा गरीब किसानको १३ दिनको पूण्यतिथि सिद्धाएर सबै जना आ–आफ्नो घरतिर लागेछन् । बुबाको निधनपछि छोराछोरी र बुहारीहरू दुःख सुख गरेर दिन बिताउन थाले ।

प्रकाशित मितिः   २६ चैत्र २०७३, शनिबार १४:५०