थारु उत्थान मञ्चको अध्यक्षमा पन्ना
सुर्खेत: लखागिन थारु उत्थान मञ्च सुर्खेतको अध्यक्षमा पुनः मानबहादुर पन्ना चयन भएका छन् । मञ्चको शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो साधारण सभाले पन्नाको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा लोकबहादुर चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमरबहादुर चौधरी र सहसचिवमा नरेश चौधरी चयन भएका छन् । सदस्यहरूमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी र कलावती चौधरी रहेका छन् ।
साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ७१ हजार नौ सय ७७ रूपैयाँ बराबरको आय–व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य कृष्णबहादुर थारुले सुर्खेत उपत्यकाका मुल आदिवासीको रूपमा चिनिने थारु जातिको लोक संस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारु उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रूपमा काम गरिरहेको बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका थारु कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय पार्षद टेकबहादर चौधरी, लखागिन थारु उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारुलगायतले थारु समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक उपलब्धि भएको धारणा राखेका थिए ।
प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार ०५:०४
साझा बिसौनी ।