रिडर्स क्लबमा पुस्तक समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ माघ ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ सुर्खेत एक्सेस सेन्टरको रिडर्स क्लबमा अध्ययनरत विद्यार्थीहरूले ‘नेल्सनको कथा’ नामक पुस्तकको समीक्षा गरेका छन् । सुर्खेतका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्यनरत ४० जना विद्यार्थीहरू सहभागी भएकोमा क्लबका सदस्यहरू गोविन्द वली, प्रकाश सुनार, विनोद वस्याल, कमल खत्री, प्रकाश बुढा, सुमित्रा चौधरी र लक्ष्मी पन्तले पुस्तकका विभिन्न पक्षमा समीक्षा गरेका थिए ।
तारा आचार्य र नवराज वलीले कार्यक्रमको नै समीक्षा गरेका थिए । अङ्ग्रेजी भाषामा उनीहरूलाई भाषिक सीपको विकास गर्न र पहुँच वृद्धि गर्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पहुँच पु¥याउने उद्देश्यले अमेरिकी राजदूतावासले  नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघसँग  सहकार्य गरी सञ्चालन गरेको उक्त लघु छात्रवृत्ति कार्यक्रम अन्तर्गत यसअघि सुर्खेत उपत्यकास्थित अमरज्योति उमावि नेवारे, श्रीकृष्ण संस्कृत तथा साधारण उमावि ईत्राम, जन उमावि वीरेन्द्रनगर, नेपाल राष्ट्रिय उमावि वीरेन्द्रनगर, भैरव उमावि भैरवस्थान र जनसेवा उमावि घुस्राबाट ४० जना विद्यार्थीलाई प्रतिस्पर्धाबाट छनौट गरेको थियो । नेल्टा एक्सेसले विद्यार्थीहरूमा अङ्ग्रेजी भाषा सम्बन्धी विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ ।
यसै क्रममा विद्यार्थीहरू रिडर्स क्लव बनाइ अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अध्ययन गरी त्यसको समीक्षा विद्यार्थी स्वयम्ले नै अङ्ग्रेजी भाषामा कार्यक्रम आयोजना गर्ने गरेका छन् । पुस्तक समीक्षामा बोल्दै नेल्टा सुर्खेतका अध्यक्ष विष्णुकुमार खड्काले अङ्ग्रेजी भाषाको विकास गर्न निरन्तर यसको प्रयोग गर्नुपर्ने र यसका लागि सिक्दाका क्रममा हुने कमी कमजोरीदेखि डराउन नहुने बताए । 
नेल्टाकै पूर्व केन्द्रीय सदस्य एवम् नेल्टा सुर्खेतका सल्लाहकार लालबहादुर रानाले अङ्ग्रेजी भाषा सिक्नु आजको युगमा अनिवार्य भइसकेकोले जति सानो उमेरमा अङ्ग्रेजी सिक्न सुरु ग¥यो त्यति नै राम्रो सिकाइ हुनेमा जोड दिए । एक्सेस सुर्खेतका अङ्ग्रेजी भाषा प्रशिक्षक नवराज पौडेलले ‘नेल्सनको कथा’ नामक पुस्तकको बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मितिः   १७ माघ २०७२, आईतवार ११:१५