प्रेस मजदुर युनियनमा कुर्मी

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ माघ । 
नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन जिल्ला समिति सुर्खेतको अध्यक्षमा अजयकुमार कुर्मी चयन भएका छन् । युनियनको शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनले  कुर्मीको अध्यक्षतामा १३ सदस्यीय नया“ जिल्ला समिति चयन गरेको हो ।
समितिको आर्थिक उपाध्यक्षमा इन्द्रजित पहाडी, सचिवमा निमबहादुर बुढा, सहसचिवमा रामबहादुर रावल चयन भएका छन् भने सदस्यहरूमा हिराकुमारी आचार्य, कमल भट्टराई, लक्ष्मी विक, लालबहादुर विक, निलकुमार तामाङ्ग, बलबहादुर सोती, गंगाराम उपाध्याय, बिमला पौडेल, भुवन बुढाथोकी रहेका छन् । त्यस्तै ललित गन्द्रमा, सत्येन्द्र दर्लामी र जगत उपाध्याय (वाशिष्ट) सदस्य रहेको सल्लाहकार समिति चयन गरिएको छ । 
अधिवेशनबाट सुर्खेतमा सञ्चालित छापाखानाहरूमा कार्यरत कर्मचारीहरूलाई नेपाल सरकार श्रम ऐन अनुसार सेवा सुविधा दिलाउन भूमिका खेल्ने प्रस्ताव पारित गरेको छ । साथै छुटेका नया“ सदस्यहरूलाई सङ्गठित गर्दै विभिन्न क्षमतामूलक कार्यक्रम सञ्चालन गर्ने र नया“ प्रविधिस“ग सबै प्रेसमा कार्यरत मजदुरहरूलाई जोड्ने लक्ष्य राखेको छ । अधिवेशन सत्येन्द्र दर्लामीको सभापतिŒव एवम् केन्द्रीय सदस्य तेजप्रकाश जीसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।