नेपाल विश्वकपको क्वाटरफाइनलमा

साझा बिसौनी संवाददाता
काठमाडौं, १६ माघ । 
आयरल्याण्डमाथि ८ विकेटको शानदार जीत हात पार्दै नेपाल यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको छ । सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वाटरफाइनल पुगेको भने सन् २००० पछि पहिलो पटक हो । त्यसबेला नेपाल आठौं भएको थियो । 
यू–१९ विश्वकपमा सन् २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो, जहाँ नेपाल न्यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट च्याम्पियन बन्यो । अन्य संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने २०१० र २०१४ मा छनौट नै हुन सकेन । यो पटक भने पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जीत हात पार्दै सुखद् सुुरुवात ग¥यो । आफ्नो दोस्रो खेलमा शनिवार आयरल्याण्डमाथि ८ विकेटको शानदार जीत हात पा¥यो ।  अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई एक सय २० रनले पराजित गरेपछि नेपाल समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ ।
नेपाल र भारतको समान ४–४ अङ्क भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ । न्यूजिल्याण्ड र आयरल्याण्ड अङ्कबिहीन छन् र समूह चरणबाटै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन्, यो खेलले समूह बिजेताको टुङ्गो लगाउनेछ ।
सन्दिपको ह्याट्रिक
ढाकामा भएको टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले एक सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २५.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे । तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले ।
उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रूपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे । यसअघि आयरल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।
प्रकाशित मितिः   १७ माघ २०७२, आईतवार ११:२३