‘सीसी क्यामेराले सुरक्षित सुर्खेत बनाउन सघाउँछ’
स्मार्ट सीटी’ को लक्ष्य पछ्याउँदै गएको छ । प्रमुख राजनीतिक दलहरूले प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरलाई बनाउने प्रतिबद्धता जनाएसँगै यहाँको भौतिक तथा प्राविधिक विकासले गति लिन थालेको हो । स्मार्ट सीटीको रूपमा विकास गर्न वीरेन्द्रनगरलाई आधुनिक प्रविधिसँग समेत जोड्न थालिएको छ । स्मार्ट सीटीका लागि सहरका क्रियाकलाप तथा गतिविधिहरूलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने हुन्छ । जस अन्तर्गत वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो । आपराधिक क्रियाकलापमुक्त बनाउँदै सुरक्षित सहरको रूपमा स्थापित गर्न भन्दै वीरेन्द्रनगरलाई सीसी क्यामेराबाट निगरानीमा राखिएको हो । सीसी क्यामेरा जडान भएपछि वीरेन्द्रनगरमा हुने आपराधिक क्रियाकलापमा कमी आउने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरवासीलाई सीसी क्यामेरा जडान गर्ने कार्य कस्तो लागिरहेको छ त ? हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरका केही स्थानीयवासीलाई यही प्रश्न सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तै ः
तुल्सी आचार्य शुभलक्ष्मी जनरल स्टोर
प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रूपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक सीसी क्यामेरा जोडिनु भनेको एकदमै राम्रो पक्ष हो । वीरेन्द्रनगर प्रवेश स्थल, बजारका मुख्य चौक र बजार क्षेत्रमा गरी विभिन्न ३१ स्थानमा सीसी क्यामेरा जडान गरिएको खबर हामीले पनि सुन्यौं । तर, भित्री चौक–चौकहरूमा अझै सीसी क्यामेराले भेट्ने र देख्ने गरी जडान भएको देखिदैंन । भित्री भागहरूमा समेत सीसी क्यामेरा जडान गरेको भए झनै राम्रो हुन्थ्यो । सुर्खेत जिल्लामा नै पहिलो पटक ३१ वटा सीसी क्यामेरा जडान हुनु भनेको त एकदमै राम्रो र प्रशंसनीय काम नै हो ।
बालिका आचार्य शुभलक्ष्मी जनरल स्टोर
वीरेन्द्रनगरमा ४२ वटा सीसी क्यामेरा जडान गर्ने सुर्खेत उद्योग वाणिज्य संघको योजना भए पनि तत्कालका लागि ३१ वटा मात्रै सीसी क्यामेरा जडान गरिनुए पनि आफैमा एकदमै राम्रो काम हो । वीरेन्द्रनगर बजार क्षेत्रमा हुने दैनिक घटनाहरूलाई निगरानी गरी त्यस्तो घटना कम गर्नको लागि राखिएको सीसी क्यामेराले हामी व्यापारीहरूलाई पनि फाइदा पु¥याएको छ । त्यो भने हामी व्यापारीहरूको लागि एकदमै खुशीको कुरा हो । दैनिक रूपमा हुने घटनासँगै चोरी डकैती जस्ता क्रियाकलाप पनि अब कम हुँदै जाने भए । त्यसले गर्दा हामी व्यापारीहरूलाई पनि अब पसलमा कोही छैन भन्दै पसलमै बसी रहनुपर्ने अवस्था छैन ।
ट्वीङ्कल आचार्य राधा सर्वेसर भण्डार
वीरेन्द्रनगरका मुख्य स्थानहरूमा जडान गरिएका क्यामेरा तीन मेगापिक्सेल तथा हाइ डेफिनेसन एचडी क्वालिटीका रहेका छन् भन्ने समाचारमा सुनेको हो । यो कुरा एकदमै राम्रो कुरा हो । सीसी क्यामेराले रातीको समयमा पनि ९० मिटर टाढासम्मको दृश्यलाई सहज रूपले रेकर्ड गर्नसक्ने भन्ने कुरा एकदमै राम्रो हो । यसले हामी व्यापारीहरूलाई रातीको समयमा चोरी हुने डरले पसल छिटो बन्द गर्नुपर्ने अवस्था थियो । अब त्यो डरबाट व्यापारीहरू मुक्त नै हुन्छन् । राती अबेरसम्म पनि पसल खोलेर बस्नसक्ने अवस्था सीसी क्यामराले गर्दा भएको छ । त्यसैले पनि अन्य घटनाहरूसँगै व्यापारीहरूलाई पनि फाइदा भएको छ ।
दीपक चपाईं, पञ्चकोशी भाँडा पसल
सीसी क्यामेरा जडानले व्यापारीहरूलाई फाइदा त धेरै गर्छ । तर, क्यामेरा जडान गर्दा स्टेट क्यामेरा भन्दा पनि चारैतिर घुम्ने क्यामेरा जडान सबै ठाउँमा गरेको भए भित्री भागहरूमा पनि क्यामेराले निगरानी गर्नसक्ने थियो । हुन त यो पहिलो प्रयास हो एकदमै राम्रो काम हो । तर, पनि स्टेट क्यामेरा जडान गर्दा एकै ठाउँमा मात्र देखिने भएकाले चारैतिर नदिन पनि सक्छ त्यसैले गर्दा चारैतिर घुम्ने क्यामेरा जडान गर्न सकेको खण्डमा अझै राम्रो हुन्थ्यो । एकै पटक ३१ ठाउँमा क्यामेरा जडान गर्नु भनेको सुर्खेतबासीहरूको लागि एकदमै सुखीको कुरा पनि हो ।
नविन सापकोटा, तिवारी जनरल स्टोर
वीरेन्द्रनगर बजार क्षेत्रमा सीसी क्यामेरा जडान भएको एकदमै राम्रो कुरा हो । त्यसको लागि सम्बन्धित निकायहरूलाई धन्यवाद दिनैपर्छ । समग्र जिल्लाको विकास सँगसँगै बजार क्षेत्रमा सोलार बत्ती पनि जडान गरिएको थियो । अब वीरेन्द्रनगर बजार क्षेत्र पनि सीसी क्यामेराको निगरानीमा रहनु भनेको राम्रो कुरा हो । विस्तारै प्रस्तावित प्रदेश नम्बर ६ को राजधानी सुर्खेत जिल्लामा विकास पनि बढ्दो क्रममा छ । एउटा विकास सीसी क्यामेरा जडान गर्नु पनि हो । सीसी क्यामेरा जडानले हामी व्यापारीहरूलाई मात्र नभइ जिल्लाबासी तथा बाहिरबाट आउने यात्रुहरूलाई पनि सहज भएको छ । सामानहरू चोरी हुने र हराउने डर अब हुँदैन ।
टीका आचार्य , आचार्य नास्ता पसल
सीसी क्यामेरा जडानले गर्दा चोरी गर्नेहरूलाई सजक बनाउँछ । दैनिक रूपमा हुने अपराध जन्य घटनाहरूलाई कम गर्नमा मद्दत पु¥याउनुको साथै चाडपर्वको समयमा हुने अपराधिक घटनालाई नियन्त्रण गर्नमा यसले सहयोग पु¥याउने भएकाले एकदमै राम्रो कुरा हो । बजार क्षेत्रमा त सीसी क्यामेरा जडान गरिएको छ । तर, भित्री गल्ती भागमा बली बढी घटनाहरू हुने भएकाले त्यस्ता गल्तीहरूमा पनि ठाउँ–ठाउँमा सीसी क्यामेरा राख्न सके झनै राम्रो हुन्थ्यो । हुन त यो सुरुवातको समयमा नै ३१ स्थानमा सीसी क्यामेरा जडान गर्नु एकदमै राम्रो कुरा हो । आगामी दिनमा पनि सीसी क्यामेरा अझ अन्य स्थानमा पनि जडान गरियोस् भन्न चाहन्छु ।
मोतीलाल विक, व्यवसायी
सीसी क्यामेरा जडान गर्नुभन्दा पहिला व्यापारीहरूलाई आफ्नो पसलको सामान चोरी हुन्छ कि भन्ने डर पैदा हुन्थ्यो । अब सीसी क्यामेरा जडान गरिसके पनि भने व्यापारीहरूलाई पसलमा सामान ल्याउँदा चोरी हुने र पसलको सामान हराउँछ कि भन्ने डरबाट केही रूपमा भए पनि सहजता आएको छ । सीसी क्यामेराले व्यापारीलाई मात्र नभइ बाटोमा हिड्ने बटुवाहरूलाई समेत फाइदा पुग्नेगर्छ । टाढाबाट आउने बैंकमा पैसा निकाल्दा चोरी हुने जस्ता समस्याबाट अब डराउनुपर्ने अवस्था छैन । दैनिक रूपमा हुने घटनाहरूलाई पनि कम गर्न सीसी क्यामेराले सहयोग पु¥याउँछ । यो एकदमै राम्रो पक्ष हो ।
भीमबहादुर शाही, महेन्द्र कपडा पसल
सीसी क्यामेरा जडानका लागि सुर्खेत वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र विभिन्न बैंकहरूले गरेको सहयोग र कामलाई एकदमै सलाम गर्नुपर्छ । किनभने जिल्लामा हुने दैनिक घटनाक्रमलाई निगरानी गरी चोरी डकैती जस्ता क्रियाकलापलाई कम गर्नको लागि पनि सीसी क्यामेरा जडानले एकदमै ठूलो सहयोग पु¥याउँछ । त्यसमा झन् हामी व्यापारीहरूलाई फाइदा पुग्छ । पहिला व्यापारीहरूलाई पसलमा सधैं एक जना बसी रहनुपर्ने अवस्था थियो । तर, अब सीसी क्यामेरा जडान गरिसकेपछि अब भने व्यापारीहरूलाई पनि पसलमा कोही नभए चोरी हुन्छ कि भन्ने डर छैन ।
सन्तोष बराइली, न्यू रूपन्देही सुनचाँदी पसल
सीसी क्यामेरा जडान गरी समग्र जिल्ला र बजार क्षेत्रको निगरानी गर्ने परम्परा अन्तर्राष्ट्रियस्तरमा मात्र थियो । विस्तारै नेपालमा पनि यसको विस्तार भयो । अहिले भने प्रदेश नम्बर ६ को प्रस्ताविक राजधानी वीरेन्द्रनगर क्षेत्रमा सीसी क्यामेरा जडान हुँदा हामी व्यापारीहरूको लागि मात्र नभइ समग्र सुर्खेतबासीहरूको लागि सुखीको कुरा हो र सीसी क्यामेरा जडान गरिसकेपछि त्यसबाट बढी रूपमा फाइदा भने व्यापारीहरूलाई नै हुन्छ । किनकी व्यापारीहरू साझ अबेलासम्म पसल खोल्दा कोही चोर आउने हुन् भन्ने डरमा छिटो पसल बन्द गर्नुपर्ने अवस्थाबाट भने अब मुक्त नै हुन्छन् ।
साझा बिसौनी संवाददाता ।