सकारात्मक सोचको शक्ति

विगत केही वर्ष यता नेपालका सकारात्मक सोचको अभियान नै चालिएको छ । यसमा विभिन्न समुदायका व्यक्ति तथा विभिन्न उद्देश्य लिएर अगाडि आएका संस्थाहरू निकै सक्रिय रहेको हामी पाउन सक्छौं । के हो सकारारात्मक सोच ? कस्तो छ सकारात्मक सोच ? कसरी बुझ्ने सकारात्मक सोचलाई ? के हुन्छ सकारात्मक सोचले ? यसबारे यस्ता प्रश्नहरू हाम्रो मनसायमा प्रष्ट रूपमा आइरहेका छन् र हाम्रो वर्तमान आवश्यकता पनि सकारात्मक सोच नै हो । देशमा रहेको अस्थिर राजनीति र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा भन्दा पनि हानी पुगेका अधिकांश नागरिकहरूका लागि सकारात्मक सोचको आवश्यकता वर्तमान पक्ष हो । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सकारात्मक सोचको आवश्यकता घरको सामान्य चुलोदेखि लिएर संसद भवनसम्म रहेको छ । विकासोन्मुख देशहरूमा सकारात्मक सोचको भूमिका अपरिहार्य रहेको हामी मान्न सक्छौं । सामान्य अर्थमा बुझाइ, प्रस्तुती र कार्यशीलता सकारात्मक नै सकारात्मक सोच हो, यसका पक्षहरू हुन् । एउटा घरको अर्थमा बच्चाको सिकाइ, व्यवहार तथा उसको आचरण सकारात्मक रहनु नै सकारात्मक सोचको प्रतिफल हो ।
हामीले संसारमा रहेका कति शक्तिहरूको बारेमा विश्वास गर्छौं ? नेपालमा पनि धामी तथा झाँक्रीहरूलाई कानुनले अन्धविश्वासको रूपमा लिएको छ । तर पनि समाजमा शिक्षित कहलिएका व्यक्तिहरू धामीलाई अनुसरण गरिरहेको हामी देख्न सक्छौं, र हामी पनि गछौं । कतिपय घटनाहरूमा अन्धविश्वासका कारण मानिसहरूले आफ्नो ज्यान समेत गुमाउन परेको समाचारहरू सञ्चारमाध्यममा नआएका भने होइनन् । धामी तथा झाँक्रीहरूले देखाएको बाटो अपनाउनुमा हाम्रा आशाहरू सँगै हाम्रो सकारात्मक सोच जोडिएको पक्कै छ । तर हाम्रो सकारात्मक सोचको अगाडि धामी तथा झाँक्रीको नाकारात्मक सोच हावी भइदिँदा समाजमा कहिले काही अश्वभाविक तथा अपत्यारिला घटनाहरू भइरहेका हुन्छन् ।
विश्वमा धेरै समाजसेवीहरू रहेको हामी पाउँछौं । समाजसेवीहरूको कारण पनि आज समाज अडिएको छ । समाजसेवीहरूको कारण पनि आज समाजमा सकारात्मक सोच विद्यमान छ । र, त्यही सकारात्मक सोचले नै मानिसलाई पुनः ढुङ्गेयुगमा फर्कन दिएको छैन, समाजमा माया, स्नेह तथा सहयोगको अवस्थालाई प्रेरित गरिरहेको छ, सकारात्मक सोच । समा यस्तो भइसक्यो जहाँ विना स्वार्थ मानिस केही पनि गर्न रुचाउँदैन । विना स्वार्थ मानिस आफ्नो उपस्थिति तथा सहयोग वर्तमान समाजमा चाहँदैन । कतिपय स्वार्थहरू प्रत्यक्ष रूपमा देखिदिन्छन् त कतिपय स्वार्थहरू अप्रत्यक्ष रूपमा । कोही स्वार्थहरूले ठूलो भार बोकेर आएका हुन्छन् भने केहीले सानो । कतिपय स्वार्थहरू मानिसको लालच हुन्छ, भने केही स्वार्थहरू सकारात्मक समाजको भविष्य निर्माणको लागि । हरेक कार्यमा स्वार्थ । उदाहरणको लागि आउँदो स्थानीय निकायको निर्वाचन २०७४ मा उम्मेदवारहरूको स्वार्थ । सबैको आ–आफ्ना स्वार्थहरू । कोही यहाँ पद तथा पावरको स्वार्थ राख्ने तरखरमा छन् । कोही आर्थिक चलखेलको भने कोही सकारात्मक सोच भएका व्यक्तिहरू समाज निर्माण तथा राज्यद्वारा प्रदान गरिएका सेवा सुविधामा हरेक नागरिको पहुँचमा अभियन्ताको
स्वार्थ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हरेको स्वार्थ ।
अब सकारात्मक सोचमा मानिसहरूको स्वार्थ के ? साधारण अर्थमा यो हरेक नागरिकद्वारा स्वयम् उसैलाई सहयोगको स्वार्थको रूपमा पनि बुझ्न सकिन्छ । भनिन्छ नि जस्तो क्रिया उस्तै प्रतिक्रिया, विश्वमा अधिकांश सामाजसेवी तथा विभिन्न विधाका ‘आर्टिस्ट’ हरू सकारात्मक सोचको अभियन्ताहरू हुन् । र, सबैले यही सोचको अनुशरण गर्ने गरेको हामी देख्न सक्छांै । मानव जीवनलाई कसरी बुझ्छौं हामी ? मानवजीवनको लक्ष के ? उद्देश्य के ः र, के गरिरहेका छौं हामी ? भनिन्छ नि मनबाटै नमागेसम्म पाइदैन । हामी ती समाजसेवीहरू तथा सकारात्मक सोचको कुरा गरिरहेका छौं, जसको मनबाटै सकारात्मक सोच तथा समाजसेवाको धारणा आइरहेको छ । सकारात्मक सोचले सकारात्मक क्रियालाई जन्म दिने गर्दछ । साधारण उदाहरणमा, एकजना युवक विपन्न परिवारको छ । मानौं परिवारको आर्थिकस्तरको बाध्यताका कारण उसको चाहना नै एउटा गाडी किन्ने हो र आफै चालक हुँदै परिवारका आधारभूत आवश्यकता परिपूर्ति गर्ने बनेको छ भने उसको लक्ष्य प्रति ऊ सकारात्मक सोच बोक्ने गर्दछ भने उसको लक्ष्य पूरा हुन बेर लाग्दैन । उसको लक्ष्य पूराका लागि समयको निर्धारण उसको मनबाट आएको साकारात्मक सोचको शक्तिद्वारा मापन हुने गर्दछ । ऊ कसैको अन्य सवारीमा सह–चालकको काम गर्ला, सकारात्मक सोचको कारण ऊ त्यहाँ आफ्नो अवस्थाले भ्यायसम्म मेहेनत गर्ने गर्छ । विस्तारै चालक पनि बल्छ र आफ्नो लक्ष्य चुम्न बेर लाग्दैन ।
सकारात्मक शक्ति अन्तर्गत लक्ष्य प्राप्तीमा हतासियको मन तथा आत्तिएका परिस्थितिहरूमा समय–समयमा सहयोगी पक्षहरू आउने गर्छन् । ती पक्षहरू कोही अदृश्य छन् त कोही प्रत्यक्ष पनि आउने गर्छन् । जसलाई सोचकर्ताले सकारात्मक सोचका साथ सकारात्मक बाटोमा साथ लिन सक्नुपर्दछ । त्यस्तै एउटा मनैबाट समाजसेवा लिएको व्यक्ति । सकारात्मक समाज परिवर्तनका लागि हिँडेको मान्छे । उसका योजना तथा क्रियाकलापहरू सुरुको अवस्थामा रहेको नकारात्मक समाजमा हेला तथा अविश्वास गरिएता पनि विस्तारै ती अविश्वासी पक्षहरूद्वारा नै सहयोग तथा हातेमालोको हात बढाएका हुन्छन् । र, एउटा सकारात्मक सोच राख्ने व्यक्तिले अन्य व्यक्तिद्वारा आफ्नो स्वार्थको परिपूर्तिको आशा कहिल्यै राखेको हुँदैन । ऊ आफू आफैमा विश्वास गर्छ । आफैलाई नै स्रोत तथा आफ्नो शक्ति पहिचान गर्ने गर्छ । र, सँगै उसका क्रियाकलापहरू समाजमा सकारात्मक रहिरहेका हुन्छन् ।
भिन्दा–भिन्दै समाजसेवीहरू तथा विभिन्न विधा अन्तर्गतका ‘आर्टिस्ट’हरूको मानसिकतामा ‘संसारमा यस्तो शक्ति छ जसले तिमी, तिम्रो लक्ष्यमा पुग्नलाई सारा वातावरण तिमी अनुकूल बनाइदिन्छ साथै आवश्यक समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अन्य सकारात्मक हातहरू तिम्रा सामु देखा पर्दछन्’ भन्ने विश्वास पक्कै गरिरहेका हुन्छन् । यो पंक्तिकार यस कुरा दाबीका साथ लेख्नसक्छ । र, गहिरिएर हेर्दा त्यो शक्ति लक्ष्य प्राप्तीको जुनुन हो, त्यो शक्ति लक्ष्य प्राप्तीका लागि गरिएका योजना तथा क्रियाकपाल हो र समग्रमा त्यही शक्ति नै हो सकारात्मक सोच, जसले हरेक व्यक्तिलाई उसको लक्ष्य चुमाइदिन्छ ।

प्रकाशित मितिः   २० चैत्र २०७३, आईतवार १३:२४