दुल्लूको साहित्य महोत्सवमा रमाउँदा

यो कार्यक्रमको आयोजक नेपाल प्रज्ञा प्रतिष्ठान, मध्यपश्चिमाञ्चल सहित्य परिषद्, भेरी साहित्य समाज नेपालगन्ज, पद्य सिर्जना मञ्च दुल्लू र सहयोगी नेपाल संस्कृत विश्वविद्यालय दाङ, ग्रामीण विकास संस्था दुल्लू, पूर्ण स्मृती पुस्तकालय दुल्लू र मध्यपश्चिमाञ्चल गजलमञ्च दैलेख रहेको बोर्ड टाँगिएको थियो ।
स्थानीय संयोजक घनश्याम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति शिवहरी मरहट्टा, विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति गंगा उप्रेती अतिथिहरूमा इतिहासविद प्रा.डा. राजाराम सुवेद, पूर्व प्राज्ञ सदस्य डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य डा. दिपक गौतम, प्रा.डा. भगवत शर्मा लगायत हुनुहुन्थ्यो ।
स्वागत मन्तव्यका क्रममा विजय उ.मा.वि. प्राचार्य केशव भण्डारीले यो सिंजा सम्राज्यको सितकालीन राजधानी साके सम्बत् ९०३ दामुवाल साउना कार्कीको नेपाली भाषा लेखिएको पहिलो वि.सं. १३३५ कीर्तिस्तम्भ र संस्कृति इतिहास भाषाकला लोकसाहित्यको खानीले भरिएको दुल्लू दरा भएको जानकारी दिनुभयो । पाथरनाउली पञ्चदेवलको अन्वेषण बढाउन यो कार्यक्रम कोषेढुंगा हुने आशा पोख्नुभयो । मुख्य अतिथि, विशेष अतिथि, अतिथि डा. तुलसी भट्टराई, रामराम सुवेदी डा. विवेन्द्रदेव गिरीलाई सम्मानस्वरूप दोसल्ला ओढाइएको थियो । अन्य अतिथिहरूलाई सम्मान स्वरूप खादाबाट सम्मानित सभाध्यक्षद्वारा गरिएको थियो ।
निवर्तमान नेपाल संस्कृत विश्वविद्यालय दाङका रजिस्टा«र भगवतप्रसाद रिजालले दुल्लू पौराणिक वर्णन स्कन्धपुराणमा दुर्लुङ्गे नगरीको चर्चा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पादुका स्थानमा प्राप्त ५५÷५०५ सम्भवतः विक्रम सम्वत् पनि हुनसक्छ, यो दुर्लुङ्गे नगरी पौराणिक कालमा अनवरत पानी र पाखामा बल्ने ज्वालाको कारणले पनि त्यो कालमा मानव समाजले महŒव दिएको हुनपर्छ । भारतको केदारनाथ, बद्रीनाथमा आस्था बिसाउन लाखौं नेपाली जान्छौं । काठमाडौंमा रहेको केदारनाथको शिर हो, अवलोकन आस्था बिसाउन जाँदैनौं । हाम्रो पुर्खाले नौ सय वर्ष अगाडिको कुरा कीर्तिस्तम्भमा आउने पिंढीलाई गरे । नरहरि नाथले त्यो स्तम्भ पढेर नेपालको पहिलो भाषाको शिला हो भनि ऊजागर गरे । ५० वर्ष भयो उनले भनेको त्यो नेपाली भाषाको शिला अहिलेसम्म सुरक्षाराज्य स्थानीय संघ–संस्था र व्यक्तिले नदिँदा घामपानीले व्यवारिसे बन्न गएको छ । हामीले कसरी हुन्छ सुरक्षा दिने व्यवस्थापन चासो स्थानीय समुदायको दायित्व पनि हो भन्नु भएर चासो जगाउनु भएको थियो । यस भेकको प्रमुख डेउडा खेल सामूहिक रूपमा पुरुष महिलाहरू उत्सुक भएर प्रदर्शन गरेका थिए । गीतको बोल थिए,
है….. गाउँमा भैंसी भोका छन्, छामघाट बग्ने पानी ।
है…. आँसी बरियो लैजाउ, छामघाट बग्ने पानी ।
है…. गोठमा डोका छन्, छामखोलाको बग्ने पानी ।
है…. कीर्तिस्तम्भ पौवागढी, छामखोलाको बग्ने पानी ।
है…. बानेस्वर डुङ्गेस्वर, छामखोला बग्ने पानी ।
है…. संसदको आयु समिदो, छामखोला बग्ने पानी ।
है….छोरीले पनि गर्न सक्छौ, छामघाटको बग्ने पानी ।
है…. ठूलो विकास नेपालको, छामघाटको बग्ने पानी ।
है…. भेदभाव गरी राख्यौ भने, छामखोलाको बग्ने पानी ।
है…. पाउने छैन निकास, छामघाटको बग्ने पानी ।
है…. नेपाल कृषि खानी, छामखोलाको बग्ने पानी ।
है…. आधुनिक बनाउ, छामखोलाको बग्ने पानी ।
है…. मञ्चबाट बिदाँ माग्यौ, छामखोलाको बग्ने पानी ।
है…. मान्यजान सबैलाई, छामखोलाको बग्ने पानी ।
है…. सबैमा नमस्कार नस्कार, छामघाटको बग्ने पानी ।
नेपाल संस्कृत विश्वविद्यालय दाङका राजिस्ट्रार तथा दुल्लू निवासी जगत उपाध्याय आफ्नो स्थानीय भाषीका उक्काउँदै मन्तव्य दिँदै भन्नुभयो, बहुरानी जिया, वाउजी, भाउजी, बुबु, बई ढुंग्या धारा मंग्रा धारा बोलिन्छन् । कालिकोटमा मान्मामा भनुस्मृति रचना गरिएका कथन छ । यो सिंजा साम्राज्य, बौद्ध, हिन्दु धार्मिक स्थल हो । ज्वाला खण्ड काव्य रचना गरे र कीर्तिस्तम्भहरूमा आशी वञ्चरो उध्याउने गरियो । गोरुले भत्काउने काम गरियो । गोर्खालीको एकीकरणपछि यस्ता ऐतिहासिक कलाहरू संरक्षण गरिएन । पराजित राज्यहरूको कला संस्कृतिक संरक्षण सम्बबद्र्धन शाहवंशीय राजाहरूबाट हुन गएन । राजानीतीमा एउटाको अवशेष अर्कोले हरण गर्ने प्रक्रिया संसार भरी रहेको पाइन्छ । त्यसको जानकारी शताब्दियौंसम्म नहुँदा सिंजाराज्यका सान सौगात कैयौं भत्किएर पुरिएका होलान् साहित्य लोकसाहित्य कवि लोक भाषिकाहरू मरेर गए होलान । जे जसरी बिग्रीए भत्किए पनि अब चेतना उठेकाले संरक्षण सम्वद्र्धन साहित्य लोक साहित्यलाई जोगाउन लिपिबद्ध गर्न लाग्नुपर्छ, राज्यलाई पनि गर्न बाध्य बनाउनुपर्छ भनि पूर्वदेखि पश्चिमसम्मका प्रज्ञा, साहित्यकार इतिहासकार यो पौराणिक थलोमा आएर निभेको बत्तीमा तेलका थोपा चुहाएर बाल्ने कोसिस गर्ने जमर्काे गरेकोमा कार्यक्रम सफलताको कामना गर्नुभयो । उहाँले यहाँको नाताका भाषामा भाषीका सुनाउँदा झलक्क सिम्ताली नाता र भाषीका एक पुकारका भएकोले दुल्लू र सिम्ताली सिंह वंशको वैवाहिक सम्बन्ध भएको ‘दुल्लू माइत जाऊ’ धमारी मलाई झल्को आएको थियो । व्यापारको शिलशिलामा सिंजा उपत्यका छिरेका मुस्लिम चुरेटाहरू यी दुल्लूदरामा स्थायी बसोबास गरेका छन् रहेछन् । मुस्लिम भए पनि हिन्दुहरूसँग मिलेर बसेका उनीहरूले यो कार्यक्रममा आफ्नो खेल तरवार लठ्ठी लिएर दमाहीसँग खेलेका थिए ।

(बाँकी अर्को साता)

प्रकाशित मितिः   १९ चैत्र २०७३, शनिबार १२:५६