वर्षातले क्षति

सुर्खेत: निरन्तरको वर्षात्ले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा क्षति पु¥याएको छ । मुख्य सडक तथा राजमार्गहरू पहिरोले अवरुद्ध भएका छन् भने केही घरमा समेत क्षति पुगेको छ ।

विशेषगरी माथिल्लो कर्णालीमा शुक्रवारदेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार कर्णाली राजमार्ग, कर्णाली करिडोर र भेरी करिडोरको ठाउँ–ठाउँमा पहिरो जानुका साथै कतै पुल बगाएको छ भने कतै पानीको सतह बढेकाले सडक अवरुद्ध भएका छन् । वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको छ । शुक्रवार मध्यराति नै पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । विशेषगरी राजमार्गको कालीकोट सडकखण्डका ठाउँ–ठाउँमा पहिरो गइरहेको छ ।

अविरल वर्षाले कालीकोटको शुभकालिका–६ मुडिकाटियाका वीरेन्द्रबहादुर शाहीको पसल भएको घर भत्किँदा सामान क्षति भएको छ । त्यस्तै, रास्कोट–५ आरसिपि बजार नजिकै रहेको नरेन्द्रवहादुर रोकायाको दुई तले चार कोठे घर पहिरोले भत्किएको छ । मान्म बजारस्थित अग्रबहादुर शाहीको घर पनि वर्षाले भत्किएको छ ।

प्रकाशित मितिः   २५ असार २०८१, सोमबार ०५:०१